CG Electronics
IME Life
NIMB

जेठ १९ पछि मात्रै देउवाको सत्तारोहण

NIMB
Himalayan Bank

१० जेठ, काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारोहणको तयारीमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार देशबासीलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । त्यसलगत्तै उनले शीतलनिवास पुगेर राष्ट्रपतिलाई राजीनामा पत्र बुझाए ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड एमालेसँगको गठबन्धन तोडेर गत साउन १९ गते नेपाली कांग्रेस, मधेसी मोर्चासहितका दलहरुको समर्थनमा प्रधानमनन्त्री चुनिएका थिए ।
प्रचण्डको राजीनामा स्वीकृत गर्दै राष्ट्रपतिले सहमतीय सरकार गठनको आहृवान गर्नेछिन् । यो समयमा दलहरुबीच सहमति नभए बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुनेछ । यसका लागि राष्ट्रपतिले संसदलाई पत्र पठाउनु पर्नेछ । र, संसदले प्रधानमन्त्री चयनको प्रक्रिया सुरु गर्नेछ ।

अहिलेसम्मको अवस्था हेर्दा प्रमुख दलहरुबीच सहमतीय सरकार गठनमा सहमति जुट्ने सम्भावना कमै छ ।

बहुमतीय सरकार गठन हुँदा कुनै आकस्मिक घटना नभए देउवा प्रधानमन्त्री हुने निश्चित छ ।

यो सरकार गठनका समयमा नै माओवादी केन्द्र र नेपाली कांग्रेसबीच पहिले प्रचण्ड र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको थियो । त्यही समझदारी कार्यान्वयनका लागि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएका हुन् ।
अहिले संसदको बजेट अधिवेशन चलिरहेको छन् । तर, भोलि बिहीबार सरकारको नीति तथा कार्यक्रम र १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यक्रम छ ।

त्यस्तो अवस्थामा देशले कहिले नयाँ प्रधानमन्त्री पाउँछ त भन्ने प्रश्न धेरैको छ ।

यदि राष्ट्रपतिले तत्काल राजीनामा स्वीकृत गरेर सहमतीय सरकार गठनको आहृवान गरिन् भने पनि यसका लागि सात दिनको समय दिनेछिन् । यो समयमा सहमति जुट्न सकेन भने संसदले बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

स्रोतका अनुसार नयाँ सरकार गठन जेठ १९ पछि नै हुन सक्छ । किनकि राष्ट्रपतिले तत्काल सहमतीय सरकार गठनको आहृवान गरे पनि १६/१७ गतेसम्मको समय दिन सक्छिन् । जेठ १९ गते दोस्रो चरणको चुनावको मनोनयनको समय तय भइसकेको छ । त्यसैले बहुमतीय प्रधानमन्त्री चयनका लागि उम्मेदवारी दर्ता लगायतका प्रक्रिया १९ पछि नै सुरु हुने सम्भावना छ ।
यस्तो अवस्थामा जेठ २२/२३ तिर नयाँ प्रधानमन्त्री चयन हुने सम्भावना छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...