CG Electronics
IME Life
NIMB

काठमाण्डौको धुवाँधुलो र नेपालको राजनीति

NIMB
Himalayan Bank
फणिन्द्र प्रसाद तिमल्सिना, केन्द्रिय सदस्य दर्शक श्रोत नेपाल

 

नेपालको राजधानी काठमाडौँ आजभोलि धुवाँधुलोले रुमल्लिएको छ । त्यसमा पनि मेलम्ची खानेपानी आयोजनाले कालोपत्रे सडक खनेर खानेपानीको पाइप विछ्याउनु, विछ्याइसकेपछि त्यत्तिकै अलपत्र पारेर सडक छाडिदिनु नै काठमाण्डौवासी तथा आन्तरिक र वाह्य पर्यटकको लागि एउटा ठुलो समस्या वनेको छ । पानी परे सडक पुरै हिलाम्मे हुने, वाटोमा हिड्ने वटुवा देखि साइकल र मोटरसाइकलमा सवार यात्रुलाई पनि सडकको हिलोले प्रत्यक्ष प्रभाव पार्दछ भने घाम लागेको दिन पूरै धुलो उडेर सडकमा हिँड्न सक्ने अवस्था छैन ।

 

त्यसमा पनि गाडीले सडकमा फ्याँकेको धुवाँले त अझ बटुवा पूरै धुवाँमय भएर रुमल्लिन्छ । यसको व्यवस्थापन गर्नुपर्छ, नगरी हुँदैन भन्ने सोच हाम्रो देशका सरकार सञ्चालकहरुलाई नभएको होइन भन्ने कुरा उहाँहरुले विदेश भ्रमण गर्ने क्रममा हाम्रा पत्रकार साथीहरुलाई दिनुभएको अन्र्तवार्ताले थाहा पाउन सकिन्छ । उहाँहरुको एउटै उत्तर हुन्छ। जलवायु प्रदुषणको रोकथाम र हरितगृहको निर्माण । तर उहाँहरुले आफ्ना सल्लाह सुझावलाई अन्र्तराष्ट्रिय समुदायसँग जसरी राख्नु हुन्छ । त्यसरी नै हाम्रो आन्तरिक समस्यालाई पनि ध्यान दिएको भए आज काठमाण्डौँ उपत्यका धुँवाधुलोको चपेटामा पर्नुपर्ने थिएन । तर एउटा गज्जबको कुरा के छ भने कसैलाई केही गरी धुँवाधुलोको रोकथाम किन नगरेको होला भनेर सोध्दा एउटै उत्तर सुनिन्थ्यो जनप्रतिनीधि नभएर ।

 

जनप्रतिनीधि भएका भए पहिल्यै विकास हुन्थ्यो भन्ने सम्मको आवाज हामी प्रायजसो मानिसको मुखबाटै सुन्न सक्छौ । त्यही महशुस भएर होला २० वर्षपछि हाम्रो देशमा स्थानीय जनप्रतिनीधिको प्रथम चरणको निर्वाचन प्रदेश नं ३,४ र ६ मा सम्पन्न भएको छ । मतगणना कार्य पनि अव यी क्षेत्रहरुमा अन्तिम चरणमा पुगेका छन् वा लगभग सकिएकै अवस्थामा छन् । तर काठमाण्डौँको धुँवाधुलो र यसको समाधानको लागि नेपालका राजनैतिक दल र तिनका चुनावी जनप्रतिनीधिलाई कसरी तपाईहरु जनतालाई आश्वस्त पारी चुनाव जित्नुहुन्छ भनि नेपालको एक टिभी च्यानलले कार्यक्रम टपसफमा गरिएको अन्र्तक्रियामा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारहरु नेकपा एमालेका तर्फबाट विद्यासुन्दर शाक्य, नेपाली काङग्रेसका राजुराज जोशी र माओवादी केन्द्रका सर्वोत्तम डङ्गोल, नयाँ शक्तिको पवित्र मानन्धर, विवेकशीलकी रन्जु दर्शना र साझा पार्टीका किशोर थापा हुनुहुन्थ्यो ।

 

उहाँ सवै जनलाई एउटै प्रश्न सोधिएको थियो । तपाईहरुको भावी योजना के छ ? अव काठमाण्डौ महानगरको विकास कसरी गर्नुहुन्छ ? भनी सोधिएको थियो । सवैको एउटै उत्तर थियो । धुँवाधुलोरहित काठमायौँ महानगरपालिका र अव्यवस्थित सवारी साधन र तिनको व्यवस्थापनको लागि वैकल्पिक वाटोको निर्माण भन्ने सुनियो । यसमा कसैले आकाशेमार्गबाट भने, त कसैले वैकल्पिक मार्ग नै भने ।

 

जे होस् सबैको चाहाना एउटै देखियो । त्यो काठमाडौँ सहरलाई सुन्दर र विश्वस्तरीय वनाउने । तर जे भएपनि उहाँहरु मध्येबाट एकजना चुनावी मैदानबाट मेयर बन्दै हुनुहुन्छ । सकभर उहाँहरु यो समाचार तयार पार्दासम्म चुनावी नतिजाको प्रतीक्षामा हुनुहुन्छ । पक्कै पनि एक जित हासिल गर्नुहुन्छ र उहाँको कार्यकालको सफलता मिलोस् । जे भएपनि उहाँ सामु पक्कै पनि काम गर्न सजिलो देखिँदैन किनभने नेपाल सरकारले काठमान्डौ वाहिर जनसंख्याको अनुपाल अनुसार राम्राराम्रा कलेज, हस्पिटल र रोजगारीको अवशर सिर्जना नगर्नु नै काठमाडौँमा धुँवाधुलोको सिर्जना भएको हो । गाउँघरमा तपाई कहाँ अध्ययन गर्नु हुन्छ भनी सोध्यो भने उत्तर आउँछ काठमाण्डौँ । रोजगारीको अवशर कहाँ छ भन्यो भने उत्तर आउँछ काठमाण्डौँ । राम्रो उपचार कहाँ हुन्छ भन्यो भने काठमाण्डौँ । अव सवथोक काठमाडौँमा पाईन्छ भने यहाँको जनसंख्याको चाप बढ्ने भयो ।

 

जनसंख्याको चापसँगै सवारीसाधनको चाप पनि वढ्ने भो । सवारीसाधनको चापसँगै धुँवाधुलोको चाप पनि वढ्ने भयो । त्यसकारण यसलाई नियन्त्रण गाह्रो पर्छ कि भन्ने एउटा भनाई हो । अर्को सरकारले ओपन नेपाल भनी सन् १९९८ देखि यो व्यवस्था लागु गर्यो । विश्वका सबै देश सामु नेपाल भ्रमणका लागि सरकारले खुल्ला आवहन गरेको छ ।

 

जसबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या कति छ भनेर सोध्दा सरकारले यति लाख भन्छ । अव १४ अञ्चल ७५ जिल्लाका मानिस र विश्वका २०७ देशका पर्यटक काठमाडौँमा आइपुग्दा यहाँको अवस्था कस्तो होला । अनि भावी मेयरले यसबारे अपनाउनु पर्ने सोच कस्तो होला ? यो हेर्दा हलुका तथा सोच्दा गभ्भीर विषय हो ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...