IME Life
NIMB

नेपाल मात्र धर्मनिरपेक्ष राष्ट्र किन ? -दीर्घराज प्रसाईं

NIMB
Himalayan Bank
                                                   दीर्घराज प्रसाईं

नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने हो भने, विश्वका अनेकौं धर्म सापेक्ष राष्ट्रहरु, सबैले धर्मनिरपेक्ष घोषित गर्नुपर्दछ । धर्मको उत्पति र विशालताको कुरा गर्ने हो भने विश्वमा वैदिक सनातन हिन्दु धर्म विश्वको प्राचीन, जेठो र सर्वाधिक प्राचीन धर्म हो ।

धेरै पछि विकसित भएका धर्म र राष्ट्रहरु चाहिं मुस्लिम, क्रिस्चियन् राष्ट्र घोषित हुनुपर्ने संसारका राष्ट्रहरु मध्यको सबैभन्दा परानो हिन्दुस्थल चाहीं धर्म निरपेक्ष ? यो कस्तो न्याय हो ? क्रिश्चियन्हरुले–‘क्रस’,यहुदीहरुले–‘षडकोण’, मुसलमानहरुले–‘काबा’ त्याग्न सक्छन् र सबै राष्ट्रहरु धर्म निरपेक्षको नीति अवलम्वन गर्छन् भने नेपाल पनि धर्मनिरपेक्ष राष्ट्र बन्नसक्छ । तर अन्य राष्ट्रहरु धर्मनिरपेक्ष हुन चहादैनन् भने नेपालले मात्र किन धर्मनिरपेक्ष राष्ट्र ? हिन्दुधर्म भित्र रोगको रुपमा देखापरेको लिंगभेद र छुवाछत प्रथालाई उन्मूलन गर्ने पक्षमा हामी सबैको ध्यान केन्द्रीत हुनुपर्छ ।
नेपाल अधिराज्यमा बासिन्दाहरुलाई एकताको सूत्रमा आवद्ध गर्नसक्ने स्थायी संस्थाको रुपमा स्थापित राजसंस्था र राष्ट्रिय पहिचानसँग गाँसिएको हिन्दुअधिराज्यलाई धर्मसँग गाँसेर राजनीति मुद्धा बनाउनु हुँदैन ।

अतः जातीय विखण्डनको दलदलबाट मुक्त हुँदै नेपालको राष्ट्रियता, राजतन्त्र, प्रजातन्त्रबीचमा समझदारी र समन्वय राखेर नेपालको संरक्षण गर्न निर्णयक भूमिका अधय गर्ने समय यही हो ।

अनर्गल कुरामा फसेर देशलाई लथालिङ्ग बनाएर विदेशीको शरणमा पर्ने होइन अव २०४७ सालको संविधानलाई नैं कार्यान्वयन्गर्दै देशद्रोहीहरुको कब्जाबाट नेपालको अस्तित्व बचाउनु पर्छ ।

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...