नेपाल मात्र धर्मनिरपेक्ष राष्ट्र किन ? -दीर्घराज प्रसाईं

Monday May 29, 2017
वि.सं.२०७४ जेठ १५ सोमवार ०८:१९


नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने हो भने, विश्वका अनेकौं धर्म सापेक्ष राष्ट्रहरु, सबैले धर्मनिरपेक्ष घोषित गर्नुपर्दछ । धर्मको उत्पति र विशालताको कुरा गर्ने हो भने विश्वमा वैदिक सनातन हिन्दु धर्म विश्वको प्राचीन, जेठो र सर्वाधिक प्राचीन धर्म हो ।
धेरै पछि विकसित भएका धर्म र राष्ट्रहरु चाहिं मुस्लिम, क्रिस्चियन् राष्ट्र घोषित हुनुपर्ने संसारका राष्ट्रहरु मध्यको सबैभन्दा परानो हिन्दुस्थल चाहीं धर्म निरपेक्ष ? यो कस्तो न्याय हो ? क्रिश्चियन्हरुले–‘क्रस’,यहुदीहरुले–‘षडकोण’, मुसलमानहरुले–‘काबा’ त्याग्न सक्छन् र सबै राष्ट्रहरु धर्म निरपेक्षको नीति अवलम्वन गर्छन् भने नेपाल पनि धर्मनिरपेक्ष राष्ट्र बन्नसक्छ । तर अन्य राष्ट्रहरु धर्मनिरपेक्ष हुन चहादैनन् भने नेपालले मात्र किन धर्मनिरपेक्ष राष्ट्र ? हिन्दुधर्म भित्र रोगको रुपमा देखापरेको लिंगभेद र छुवाछत प्रथालाई उन्मूलन गर्ने पक्षमा हामी सबैको ध्यान केन्द्रीत हुनुपर्छ ।
नेपाल अधिराज्यमा बासिन्दाहरुलाई एकताको सूत्रमा आवद्ध गर्नसक्ने स्थायी संस्थाको रुपमा स्थापित राजसंस्था र राष्ट्रिय पहिचानसँग गाँसिएको हिन्दुअधिराज्यलाई धर्मसँग गाँसेर राजनीति मुद्धा बनाउनु हुँदैन ।
अतः जातीय विखण्डनको दलदलबाट मुक्त हुँदै नेपालको राष्ट्रियता, राजतन्त्र, प्रजातन्त्रबीचमा समझदारी र समन्वय राखेर नेपालको संरक्षण गर्न निर्णयक भूमिका अधय गर्ने समय यही हो ।
अनर्गल कुरामा फसेर देशलाई लथालिङ्ग बनाएर विदेशीको शरणमा पर्ने होइन अव २०४७ सालको संविधानलाई नैं कार्यान्वयन्गर्दै देशद्रोहीहरुको कब्जाबाट नेपालको अस्तित्व बचाउनु पर्छ ।