IME Life
NIMB

सेनाको जहाज बाजुरामा दुर्घटना

NIMB
Himalayan Bank

१६ जेठ, काठमाडौँ –  नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना भएको छ । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो

नेपाली सेनाका अनुसार नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर खाद्य सामाग्री लैजाने क्रममा खराब मौसमका कारण दुर्घटनामा परेको हो । बाजुरा प्रहरीका अनुसार उद्धारका लागि प्रहरी नायब निरिक्षक लोकसिंह भाटको नेतृत्वमा म्यादी प्रहरीसहित ५० जनाको टोली खटाइएको छ ।

खराब मौसमपछि हुम्लातर्फ उडेको विमानलाई बाजुरा जिल्लाको बुढीनन्दा नपा–२ स्थित कोल्टी विमानस्थलमा आकस्मिक अवतरण गर्न खोजिएको थियो । अवतरण गर्ने क्रममा विमानस्थलबाट ५० मिटर तल रहेको खेतमा क्र्यास ल्यान्डिङ भएको नेपाली सेनाले जनाएको छ ।

घटनामा एक महिला को पाइलट घाइते रहेको समाचार भए पनि उनको नाम हालसम्म खुल्न नसकेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए । यसअघि, शनिबार गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...