CG Electronics
IME Life
NIMB

सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाए विराट कोहलीले

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

२ असार, काठमाडौं – भारतीय टिमका कप्तान विराट कोहलीले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाएका छन् । उनले एबी डी भिलियर्स, सौरभ गांगुली, सचिन तेन्दुलकर तथा ब्रायन लारालाई पछि पार्दै कीर्तिमान आफ्ना नाममा लेखाएका हुन् ।

च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा बिहीबार राति बंगलादेशसँगको खेलमा नटआउट ९६ रन बनाएका विराटले इनिङका हिसाबमा यस्तो कीर्तिमान बनाएका हुन् । एक दिवसीय क्रिकेटमा बंगलादेशसँगको खेलमा विराटको एक सय ७५ औं इनिङ थियो ।

बंगलादेशसँगको खेलमा ७८ बलमा १३ चौकाको मद्दतमा ९६ रन बनाएका विराटले समग्रमा ८ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका हुन् । दोस्रो स्थानमा रहेका डी भिल्लियर्सले ८ हजार रन पूरा गर्न एक सय ८२ इनिङ खेल्नु परेको थियो । यस्तै गांगुलीले दुई सय, तेन्दुल्करले दुई सय १० र लाराले दुई सय ११ इनिङमा ८ हजार रन पूरा गरेका थिए ।

विराटले बंगलादेशसँगको खेलमा ८८ रन बनाउँदा नै समग्रमा ८ हजार रनको आंकडा पूरा गरेका थिए । विराटले अहिलेसम्म एक दिवसीय क्रिकेटमा ८ हजार ८ रन बनाएका छन् । यसक्रममा उनले सात सय ४७ चौका र ८५ छक्का हानेका छन् । यस्तै उनले अहिलेसम्म एक दिवसीय क्रिकेटमा २७ पटक शतक तथा ४२ पटक अर्धशतक बनाएका छन् ।

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...