nic bank
himalayan everesat
Nmb bank

सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाए विराट कोहलीले

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

२ असार, काठमाडौं – भारतीय टिमका कप्तान विराट कोहलीले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाएका छन् । उनले एबी डी भिलियर्स, सौरभ गांगुली, सचिन तेन्दुलकर तथा ब्रायन लारालाई पछि पार्दै कीर्तिमान आफ्ना नाममा लेखाएका हुन् ।

च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा बिहीबार राति बंगलादेशसँगको खेलमा नटआउट ९६ रन बनाएका विराटले इनिङका हिसाबमा यस्तो कीर्तिमान बनाएका हुन् । एक दिवसीय क्रिकेटमा बंगलादेशसँगको खेलमा विराटको एक सय ७५ औं इनिङ थियो ।

बंगलादेशसँगको खेलमा ७८ बलमा १३ चौकाको मद्दतमा ९६ रन बनाएका विराटले समग्रमा ८ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका हुन् । दोस्रो स्थानमा रहेका डी भिल्लियर्सले ८ हजार रन पूरा गर्न एक सय ८२ इनिङ खेल्नु परेको थियो । यस्तै गांगुलीले दुई सय, तेन्दुल्करले दुई सय १० र लाराले दुई सय ११ इनिङमा ८ हजार रन पूरा गरेका थिए ।

विराटले बंगलादेशसँगको खेलमा ८८ रन बनाउँदा नै समग्रमा ८ हजार रनको आंकडा पूरा गरेका थिए । विराटले अहिलेसम्म एक दिवसीय क्रिकेटमा ८ हजार ८ रन बनाएका छन् । यसक्रममा उनले सात सय ४७ चौका र ८५ छक्का हानेका छन् । यस्तै उनले अहिलेसम्म एक दिवसीय क्रिकेटमा २७ पटक शतक तथा ४२ पटक अर्धशतक बनाएका छन् ।

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश गर्ने तयारी

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश...

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:४८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा...

ब्याटिङमा दिपेन्द्रको चमत्कार : नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

ब्याटिङमा दिपेन्द्रको चमत्कार : नेपालले कतारलाई दियो...

वि.सं.२०८१ वैशाख २ आइतवार १३:३७

एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा अल राउण्डर दिपेन्द्र सिंह ऐरी...

जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो : राष्ट्रिय झन्डा किन झुकाइयो ?

जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो : राष्ट्रिय...

वि.सं.२०८० चैत २७ मंगलवार १७:४२

  काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा...

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन : मन्त्री श्रेष्ठ

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन...

वि.सं.२०८० चैत १५ बिहीवार १७:३४

  काठमाडौं । आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली...

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...

वि.सं.२०८० चैत १४ बुधवार २३:१६

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल...

तामाङ र अधिकारी एनएनआइपीए सर्वोत्कृष्ट खेलाडी घोषित

तामाङ र अधिकारी एनएनआइपीए सर्वोत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८० चैत १२ सोमवार १८:५३

  काठमाडौं । बक्सिङका सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी...