CG Electronics
IME Life
NIMB

आर्सनलले पहिलो प्रमुख खेलाडीको प्रति साता पारिश्रमिक बढाउने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१० असार, लन्डन-  इंग्लिस प्रिमियर क्लब आर्सनलले इतिहासमै पहिलो प्रमुख खेलाडीको प्रतिसाता पारिश्रमिक बढाउने तयारी गरेको छ । आर्सनलले आफ्नो योजना पूरा गरे इंग्लिस प्रिमियरसिप लिगमा ठूलो हलचल हुनेछ । आर्सनलले चिल्लि स्ट्राइकर एलेक्सिस सान्चेज र जर्मन मिडफिल्डर मेसुत ओसिलका प्रतिसाता पारिश्रमिक लगभग दोब्बर पार्न लागेको ब्रिटिस मिडियाहरूले जनाएका छन् ।

प्रतिवर्ष ७० लाख पाउन्ड वृद्धि
प्रिमियर लिगकै ठूला क्लब मान्यता पाए पनि आर्सनलले कहिल्यै खेलाडी भिœयाउन र पारिश्रमिक बढाउन खासै खर्च गरेको देखिँदैन । आर्सनलले अक्सर औसत खेलाडी मात्र भिœयाउने गर्छ । अति नै आवश्यक पर्दा मात्र आर्सनलले ठूलो रकम खर्चन तयार हुन्छ । यसबाहेक आर्सनलले ठूला क्लबबाट कीर्तिमानी रकममा खेलाडी भिœयाएको खासै इतिहास भेटिन्नँ । तर, आर्सनलले प्रत्येक वर्ष खेलाडीको पारिश्रमिक बढाउने गरेको छ । आर्सनलले हरेक वर्षजसो खेलाडीलाई ७० लाख पाउन्ड थप गर्छ ।

नयाँ सम्झौताको तयारी
आर्सनलले सान्चेज र ओजिलसँग नयाँ सम्झौता गर्ने तयारी गरेको छ । सो सम्झौताअनुसार दुवै खेलाडीका प्रतिसाता २ लाख ८० हजार पाउन्ड हुने छन् । पुरानो सम्झौताअनुसार सान्चेजले १ लाख ३० हजार तथा ओजिलले १ लाख ४० हजार पाउन्ड प्रतिसाता बुझ्थे । नयाँ सम्झौता हुँदा सान्चेज र ओजिलले आर्सनलबाट प्रतिवर्ष १५ करोड पाउन्ड लिने छन् ।
आर्सनल समस्यामा पर्न सक्छ

यसपटक आर्सनल युरोपियन च्याम्पियन्स लिगमा छनोट हुन सकेन । आर्सनल केवल एफए कप र युरोपा लिगमा मात्र सीमित भएको छ । यी दुई प्रतियोगिताबाट आर्सनलको खासै आर्थिक वृद्धि नहुने विश्लेषकहरूको भनाइ छ । च्याम्पियन्स लिग खेल्दा मात्र क्लबहरूको आर्थिकस्तर बढ्ने उनीहरूको तर्क छ । यस अवस्थामा आर्सनलले दुई स्टार खेलाडीलाई दोब्बर पारिश्रमिक दिँदा आर्थिक संकट आउन सक्ने सम्भावना छ । दुई खेलाडीको पारिश्रमिक बढ्दा अन्य खेलाडीको पनि त्यही अनुपातमा बढाइनुपर्ने विश्लेषकहरूले प्रतिक्रिया दिएका छन् । यही अवस्थामा आर्सनलले आफ्ना खेलाडीको तलब वृद्धि गर्दा नयाँ सिजनमा आर्थिक संकट पर्न सक्ने धारणा उनीहरूले राखेका हुन् ।

खेलाडी बिक्रीमा
आर्सनलले आर्थिक संकट मोचन गर्न युवा खेलाडीलाई बेच्ने तयारी पनि योजना अगाडि ल्याएको छ । ब्रिटिस मिडियाका अनुसार नयाँ खेलाडी किनबेच सिजनमा एलेक्स ओक्सडे र ओलिभर गिरुडजस्ता प्रतिभाशाली खेलाडीलाई मोटो रकममा अन्य क्लबमा पठाउन लागेको एजेन्सीहरूले जनाएका छन् । एलेक्सलाई लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले भित्रयाउने चलखेल गरेका छन् । एलेक्सको प्रारम्भिक भाउ २ करोड ५० लाख पाउन्ड तोकेको छ । गिरुडको भने स्थानान्तर रकम राखेको छैन ।

साभरः नया पत्रिका

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...