दर्शक श्रोता नेपालको अध्यक्षमा पुन: केशव भट्ट निर्वाचित

Sunday Jul 30, 2017
वि.सं.२०७४ साउन १५ आइतवार ११:११

१५ साउन, काठमाडौं – नेपाली मौलिक कला र संस्कृतिको संरक्षण,विकास र पर्यटन प्रवर्धनको निमित्त आफ्ना विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको संस्था दर्शक श्रोता नेपालले आफ्नो दोश्रो वार्षिक साधारण सभा तथा प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ।राजधानीको गोंगबुमा सम्पन्न भएको महाधिवेशनले केशव भट्टको अध्यक्षतामा ११ सदस्यीय केन्द्रिय कार्यसमिती र ७ सदस्यीय सचिवालय समिति पनि चयन गरेको छ।
चयन भएको नयाँ कार्यसमिती अनुसार अध्यक्षमा केशव भट्ट ,उपाध्यक्षमा सन्तोष बजगाइं,महासचिव केशर विश्वकर्मा,सचिव पार्वती तिवारी ,सहकोषाध्यक्षमा पृथ्वी पुलामी मगर सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षका लागि भने २ जनाको उम्मेदवारि परेपछी निर्वाचन भएको थियो। जसमा विनोद नेपाली विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी भवानी राउतसंग थोरै मात्र मतान्तरले जितेका हुन। अन्य केन्द्रीय सदस्यहरुमा मिरा संकल्प,सुनिल नेपाली,जीतबहादुर राई,चन्चला सुनार र सिसन कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी सचिवालय समितिमा केशव भट्ट ,केशर विश्वकर्मा,विनोद नेपाली,बरिस्ठ सदस्य भवानी राउत,सन्तोष दहाल,शिवप्रसाद चापागाईं र विष्णुकान्त न्यौपानेलाई चयन गरिएको छ।
शुक्रबार बरिस्ठ लोक गायक तथा वाद्यवादक खड्ग गर्वुजाको प्रमुख आतिथ्यतामा महाधिवेशनको उद्घाटन गरिएको थियो।निर्वाचन कार्यसमितिका अध्यक्ष ॐ भण्डारीले निर्वाचित पधाधिकारीको नाम सार्वजनिक गर्दै सबैलाइ प्रमाणपत्र वितरण गरी शपथ ग्रहण गराउनुभएको छ। नेपाली कला संस्कृतिमा पछिल्लो समय भित्रिएको अश्लीलता,विकृतिको विरुद्ध र मौलिकताको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न दर्शक श्रोता नेपालले विभिन्न सकारात्मक अभियान र खबरदारीहरु सञ्चालन गर्दै आइरहेको छ।निर्वाचित भएपछी नवनिर्वाचित अध्यक्ष केशव भट्टले अबका दिनहरुमा पनि नेपाली मौलिकता संरक्षणको लागि खटेर लागिरहने प्रतिवद्दता ब्यक्त गर्नुभयो।त्यसैगरी देशका सबै जिल्लाहरूमा पनि अब छिटै नै शाखा विस्तारको अभियानलाइ पनि तीव्रता दिइने भट्टले बताएका छन।