CG Electronics
IME Life
NIMB

दर्शक श्रोता नेपालको अध्यक्षमा पुन: केशव भट्ट निर्वाचित

NIMB
Himalayan Bank



१५ साउन, काठमाडौं –   नेपाली मौलिक कला र संस्कृतिको संरक्षण,विकास र पर्यटन प्रवर्धनको निमित्त आफ्ना विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको संस्था दर्शक श्रोता नेपालले आफ्नो दोश्रो वार्षिक साधारण सभा तथा प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ।राजधानीको गोंगबुमा सम्पन्न भएको महाधिवेशनले केशव भट्टको अध्यक्षतामा ११ सदस्यीय केन्द्रिय कार्यसमिती र ७ सदस्यीय सचिवालय समिति पनि चयन गरेको छ।


चयन भएको नयाँ कार्यसमिती अनुसार अध्यक्षमा केशव भट्ट ,उपाध्यक्षमा सन्तोष बजगाइं,महासचिव केशर विश्वकर्मा,सचिव पार्वती तिवारी ,सहकोषाध्यक्षमा पृथ्वी पुलामी मगर सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षका लागि भने २ जनाको उम्मेदवारि परेपछी निर्वाचन भएको थियो। जसमा विनोद नेपाली विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी भवानी राउतसंग थोरै मात्र मतान्तरले जितेका हुन। अन्य केन्द्रीय सदस्यहरुमा मिरा संकल्प,सुनिल नेपाली,जीतबहादुर राई,चन्चला सुनार र सिसन कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवालय समितिमा केशव भट्ट ,केशर विश्वकर्मा,विनोद नेपाली,बरिस्ठ सदस्य भवानी राउत,सन्तोष दहाल,शिवप्रसाद चापागाईं र विष्णुकान्त न्यौपानेलाई चयन गरिएको छ।

शुक्रबार बरिस्ठ लोक गायक तथा वाद्यवादक खड्ग गर्वुजाको प्रमुख आतिथ्यतामा महाधिवेशनको उद्घाटन गरिएको थियो।निर्वाचन कार्यसमितिका अध्यक्ष ॐ भण्डारीले निर्वाचित पधाधिकारीको नाम सार्वजनिक गर्दै सबैलाइ प्रमाणपत्र वितरण गरी शपथ ग्रहण गराउनुभएको छ। नेपाली कला संस्कृतिमा पछिल्लो समय भित्रिएको अश्लीलता,विकृतिको विरुद्ध र मौलिकताको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न दर्शक श्रोता नेपालले विभिन्न सकारात्मक अभियान र खबरदारीहरु सञ्चालन गर्दै आइरहेको छ।निर्वाचित भएपछी नवनिर्वाचित अध्यक्ष केशव भट्टले अबका दिनहरुमा पनि नेपाली मौलिकता संरक्षणको लागि खटेर लागिरहने प्रतिवद्दता ब्यक्त गर्नुभयो।त्यसैगरी देशका सबै जिल्लाहरूमा पनि अब छिटै नै शाखा विस्तारको अभियानलाइ पनि तीव्रता दिइने भट्टले बताएका छन।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...