Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कवि भवानी पौडेलको कवितासङ्ग्रह ‘समयको सारङ्गी’ बिमोचन

काठमाडौँ- कवि भवानी पौडेलको कवितासङ्ग्रह ‘समयको सारङ्गी’ सार्वजनिक भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा पुर्ब गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले सो पुस्तक लोकार्पण गर्दै सामाजिक वञ्चितीकरणमा परेका पक्षका सपना र आकांक्षालाई कविताले प्रस्तुत गरेको बताउनुभयो ।

कविता संग्रहबारे टिप्पणी गर्दै नियात्राकार प्रतीक ढकालले कवि पौडेलले जीवन र जगतका यथार्थलाई सुन्दर ढङ्गले कवितामा प्रस्तुत गरेको बताए। ‘अहिले सबैभन्दा धेरै लेखिने साहित्यिक विधा कविता हो, तर उत्कृष्ट कविता खोज्न भने घोत्लिनै पर्छ,” उनले भने।

समालोचक प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले पौडेलका कवितामा कवित्व पाइएको छ भन्दै उहाँ साहित्यिक निरन्तरताको कामना गर्नुभयो । बयानब्बे पृष्ठको सो पुस्तकको प्रकाशन धर्मराज रेग्मीले गर्नुभएको हो । नेपालीमा स्नातकोत्तर, कानुन र शिक्षा विषयमा स्नातक गर्नुभएका पौडेल पेशाले शिक्षक हुनुहुन्छ । पत्रकार तीर्थ कोइराला र रामचन्द्र हुमागाईं, लोकसंचारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपाललगायतले पौडेलका कविताबारे समीक्षा गर्नुभएको थियो ।

 

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने,...

वि.सं.२०८१ साउन १५ मंगलवार २२:४१

  काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने...

बरिष्ठ गीतकार टेक तामाङको ‘एउटा जून’ को म्युजिक भिडियो सार्वजनिक

बरिष्ठ गीतकार टेक तामाङको ‘एउटा जून’ को...

वि.सं.२०८१ असार १६ आइतवार १८:४७

काठमाडौं । वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा...

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...