गायक तिलक ओलीको ‘दात भाचियो” बजारमा (भिडियो सहित )

Monday Jul 31, 2017
वि.सं.२०७४ साउन १६ सोमवार ०७:३७

बिरेन्द्र ओली / १६ साउन काठमाडौँ- गायक तिलक ओलीको तिज गीत बजार मा आएको छ तीज गीत बजारमा आए पनि धेरै गीत हरुले बजार पाउन सकेका छैनन हिन्दु नारीहरुको महान चाड हरितालिका तीज लाइ समेटेर धेरै गीत हरु बजारमा आउने गरेका छन् जसमा दात भाचियो अहिले बजारमा आएको हो ।
तिलक ओली र करिश्मा बि सी को स्वर रहेको छ भने सब्द संगीत र एरेन्ज पनि ओली आफैले गरेका छन् भने गामबेसी म्युजिक प्रालि बाट यो गीत बजारमा आएको छ ।
असोक बिक को निर्देशन मुकेश हुमागाईको क्यामरा बाट तयार भएको भिडियो लाइ रबिन बिक ले सम्पादन गरेका छन् उक्त भिडियो को दृस्य निर्माण नटराज फिल्मस ले गरेको छ । म्युजिक नेपालको अफिसियल युटुब च्यानल बाट बाजरमा आएको भिडियोमा रीना थापा, धुर्ब कमेडि ,नरेश र काउली बुढीको दमदार अभिनय रहेको छ ।