नेप्से १२ सय अंकबाट पनि तल

Friday Jun 29, 2018
वि.सं.२०७५ असार १५ शुक्रवार ०३:३१
नेप्से १२ सय अंकबाट पनि तल
काठमाडौं–झण्डै दुई बर्षअघिसम्म बढेर झण्डै १९ सय बिन्दुसम्म पुगेको नेप्से मंगलबारबाट १२ सय अंकबाट पनि तल झरेको छ । साताको तेस्रो कारोवार दिन मंगलबार मंगलबार नेप्से १५ दसमलव २९ अंकले घटेर ११ सय ९४ दसमलव ८० बिन्दुमा झर्दा सेन्सिटिभ तीन दसमलव ११ अंकले घटेर दुई सय ५० दसमलव ८६ बिन्दुमा झरेको हो । एक सय ६० कम्पनीहरुका तीन हजार छ सय २३ वटा कारोवारम छ लाख २१ हजार सात सय ९६ कित्ता सेयर खरिद बिक्री भएका छन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम मंगलबार २३ करोड १० लाख तीन हजार पाँच सय ७२ रुपैयाँ पुगेको छ । नेप्सेमा नौ वटा समुहको कारोवार भएकोमा सबै सुचक घट्दा नेप्से पुरै रातो भएको छ । बाँणिज्य बैक समुहको सुचक १२ दसमलव ७३ अंकले घटेर एक हजार १० दसमलव २८ बिन्दुमा झर्दा नौ करोड ४८ लाख ७१ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
जलबिद्युत समुहको सुचक पनि मंगलबार ११ दसमलव आठ अंकले घटेर १४ सय ७५ दसमलव नौं अंकमा बिन्दुमा झर्दा एक करोड सात लाख ६४ हजार नौ सय रुपैयाँको खरिद बिक्री भएको छ । बीमा समुहको सुचक पनि मंगलबार ७८ दसमलव सात अंकले घटेर छ हजार ४० दसमलव ८३ बिन्दुमा झर्दा चार करोड २१ लाख ७७ हजार सात सय रुपैयाँको सेयरख खरिद बिक्री भएको छ ।
बिकास बैंक, उत्पादनमुलक, लघुबित्त, होटल, फाईनान्स र अन्य समुहको सुचकमा पनि मंगलबार उच्च बिन्दुले गिरावट आउको छ । मंगलबार बढी कमाउने कम्पनीको सुचीमा परेको आरम्भ माईक्रो फाईनान्स बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ७९ पैसाले बढेर चार सय ५९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको सप्तकोशी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ३७ पैसाले घटेर एक सय १५ रुपैयाँमा कारोवार भएको छ । रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नविल बैंकको संस्थापक सेयरतर्फ सात सय २० रुपैयाँ अन्तिम मुल्यमा एक करोड ३१ लाख ८६ हजार सात सय ७० रुपैयाँका कारोवार भएको छ ।