Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

धान र मकै मात्र संकलन

Machhapuchchhre Bank Limited

काठमाडौँ –नेपाल खाद्य संस्थानले मुलुकका विभिन्न ठाउँमा उत्पादन भएको खाद्यान्न संकलन, भण्डारण र दुर्गम क्षेत्रमा ढुवानी गर्दैआएको छ । नेपाल खाद्य संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाका अनुसार खाद्य संस्थानले विशेष गरी धान र गहुँको व्यवस्थापन गर्दै आएको छ । संस्थानले मकैको व्यवस्थापन भने गर्न सकेको छैन । “मंसिरमा धान, वैशाख र जेठमा गहुँ संकलन गछौँ,” सापकोटाले भने । चालु आवमा करीब दुई लाख ५० हजार क्विन्टल धान उत्पादन भएको छ । विपत् अवस्थालाई ध्यानमा राखी संस्थानले खाद्यान्न जगेडा राख्ने गरेको छ । हाल तीन लाख ३० हजार खाद्यान्न मौज्दात रहेको उनको भनाइ छ ।
सापकोटा भन्छन्, “दुर्गम क्षेत्रसहित २३ जिल्लामा खाद्यान्न ढुवानी गर्दैआएका छौँ ।” संस्थानले यसबाहेक विपत् परेका अन्य जिल्लामा समेत खाद्यान्न ढुवानी गर्दैआएको छ । आव २०७३÷७४ मा संस्थानले देशका आठ शहरबाट चार हजार मेट्रिक टन गहुँ संकलन गर्ने लक्ष्य राखेको थियो । संस्थानले सो अवधिमा ५५ हजार मेट्रिक टन धान संकलन गरेको थियो । खाद्यान्न कारोबार तथा आपूर्तिको संस्थागत व्यवस्था सरकारीस्तरमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा शुरु भएको इतिहास छ । त्यसबेला गुठी र रैकर जग्गाबाट तिरोभरोका रूपमा धान संकलन हुने प्रचलन थियो । उपत्यकाको उत्पादन अपर्याप्त हुँदा खाद्यान्न अभाव हुन नदिन तराईबाट प्रतिवर्ष दुई हजार मन चामल झिकाउने व्यवस्था मिलाइएको थियो ।
विसं २०१८ मा अतिवृष्टि तथा भूःस्खलनबाट पहाडी जिल्ला प्रभावित भएपछि सो समस्या समाधान गर्न तथा आपूर्ति व्यवस्था मिलाउन २०२१ सालमा संस्थान ऐन, २०२१ अन्तर्गत खाद्य व्यवस्था संस्थानको गठन भएको हो । साविकको सम्पत्ति, जग्गा जमीन र दायित्व खाद्य व्यवस्था संस्थानको जिम्मेवारीमा सारिएको थियो । विसं २०३१ मा नेपाल खाद्य संस्थान खडा गरिएको हो । नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्रयास भइरहेको बताए । “प्राविधिक पूर्वाधार तथा संयन्त्रको व्यवस्था भइसकेकाले उपकरण जडान गरी साउनभित्र सञ्चालन गर्ने लक्ष्य रहेको छ,” सापकोटाले भने ।

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण, दैनिक १० लाखको कारोवार

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण,...

वि.सं.२०८१ माघ २७ आइतवार १६:२५

  काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार...

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ २७ आइतवार १५:०३

  काठमाडौं। अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

वि.सं.२०८१ माघ २७ आइतवार १४:२३

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ...

वि.सं.२०८१ माघ २७ आइतवार १४:१४

  काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय...

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०६

  जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड...

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी...