Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

चिनी मिल सञ्चालन

Machhapuchchhre Bank Limited

गौशाला –महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित एभरेष्ट सुगर मिल दुई महिनापछि मंगलबारदेखि सञ्चालनमा आएको छ । किसानलाई उखुको मूल्य भुक्तानी गर्न सहमत भएपछि उक्त मिल सञ्चालनमा आएको हो । मिलले करीब रु दुई अर्ब भुक्तानी गर्न बाँकी राखेपछि किसानले सो मिलमा तालाबन्दी गर्दैआएका थिए । जिल्ला प्रशासन कार्यालय, उखु उत्पादन कृषक संघ र चिनी मिलबीच सहमति भएपछि मिल सञ्चालनमा आएको हो । सो मिलले महोत्तरी, धनुषा र सर्लाहीका किसानको रु एक अर्ब ७८ करोड भुक्तानी दिन बाँकी छ । मिलले आउँदो साउन मसान्तसम्ममा किसानलाई रु ६० करोड भुक्तानी दिने सहमति गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शम्भूप्रसाद यादव, चिनी मिलका उखु महाप्रबन्धक युगलकिशोर चौरसिया, उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहा तथा सरोकारवालाबीच किसानलाई भुक्तानी उपलब्ध गराउन सहमति भएको हो । किसानको भुक्तानीका लागि तालिका सार्वजनिक गर्ने र कुनै समस्या आएमा जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्न सहमति भएको छ । प्रशासकीय अधिकृत सुमितकुमार ठाकुरको संयोजकत्वमा चिनी मिलका वित्त प्रबन्धक विमलचन्द्र ठाकुर र उखु उत्पादन कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहा रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।
समितिले १५–१५ दिनमा चिनी मिलको उत्पादनको अनुगमन गर्ने, असार १४ गते किसानको भुक्तानी तालिका सार्वजनिक गर्ने र भुक्तानी गर्न बाँकी रहेको रकम भुक्तानीका लागि पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...