CG Electronics
Ncell NPL
NIMB

चिनी मिल सञ्चालन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

गौशाला –महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित एभरेष्ट सुगर मिल दुई महिनापछि मंगलबारदेखि सञ्चालनमा आएको छ । किसानलाई उखुको मूल्य भुक्तानी गर्न सहमत भएपछि उक्त मिल सञ्चालनमा आएको हो । मिलले करीब रु दुई अर्ब भुक्तानी गर्न बाँकी राखेपछि किसानले सो मिलमा तालाबन्दी गर्दैआएका थिए । जिल्ला प्रशासन कार्यालय, उखु उत्पादन कृषक संघ र चिनी मिलबीच सहमति भएपछि मिल सञ्चालनमा आएको हो । सो मिलले महोत्तरी, धनुषा र सर्लाहीका किसानको रु एक अर्ब ७८ करोड भुक्तानी दिन बाँकी छ । मिलले आउँदो साउन मसान्तसम्ममा किसानलाई रु ६० करोड भुक्तानी दिने सहमति गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शम्भूप्रसाद यादव, चिनी मिलका उखु महाप्रबन्धक युगलकिशोर चौरसिया, उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहा तथा सरोकारवालाबीच किसानलाई भुक्तानी उपलब्ध गराउन सहमति भएको हो । किसानको भुक्तानीका लागि तालिका सार्वजनिक गर्ने र कुनै समस्या आएमा जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्न सहमति भएको छ । प्रशासकीय अधिकृत सुमितकुमार ठाकुरको संयोजकत्वमा चिनी मिलका वित्त प्रबन्धक विमलचन्द्र ठाकुर र उखु उत्पादन कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहा रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।
समितिले १५–१५ दिनमा चिनी मिलको उत्पादनको अनुगमन गर्ने, असार १४ गते किसानको भुक्तानी तालिका सार्वजनिक गर्ने र भुक्तानी गर्न बाँकी रहेको रकम भुक्तानीका लागि पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...