CG Electronics
Ncell NPL
NIMB

विकास निर्माणको काम प्रभावित हुने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

वीरगञ्ज –वीरगञ्ज महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित हुन नसक्दा विकास निर्माणको काम प्रभावित हुने भएको छ । बन्दसत्रमा १६२ सदस्यमध्ये ११९ सदस्यले बहिष्कार गरेपछि हालसम्म परिषद् बैठक स्थगित छ । जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकाको परिषद् सम्पन्न भइसके पनि वीरगञ्जको परिषद् सदस्यको बहिष्कारका कारण नीति तथा कार्यक्रम पारित हुन नसकेको हो ।
महानगरपालिकाको वडाध्यक्षले पाउने सेवा सुविधा जस्तै आफूहरूले पनि पाउनुपर्ने माग राख्दै नगर सदस्यहरूले परिषद्को बन्दसत्र बहिष्कार गरेका हुन् । मासिक तलब रु १० हजार, मासिक १० वटा बैठक, भ्रमण भत्ता, औषधि भत्ता, बीमा व्यवस्था, मोटरसाइकल सुविधा, मासिक १० लिटर इन्धन, वडाको विकासे बजेटमध्ये ६० प्रतिशत बजेट नगर सदस्यले खर्च गर्ने गरी बाँडफाँड हुनुपर्नेलगायत माग गर्दै परिषद्को वहिष्कार गरेको वडा नं ५ का सदस्य सुरज कुर्मीले बताए ।
महानगरपालिकाका प्रमुख विजय सरावगीले नीति तथा कार्यक्रम पारित गर्न आवश्यक ३३ प्रतिशत बहुमत आफूसँग भएको बताए । उनले कानूनविपरीत कुनै काम नगर्ने बताए । महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले आर्थिक वर्ष २०७५÷७६ को लागि रु चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...