Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

एक वडा एक नमूना कृषि फार्म अभियान

पर्वत –फलेवास नगरपालिकाले एक वडा एक नमूना कृषि तथा पशु फार्म स्थापनाको अभियान थालेको छ । फलेवास नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाका ११ वटै वडामा कृषि तथा पशु फार्म स्थापना गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरपरिषद्मा प्रस्तुत भएको बजेटमा कृषि फार्म राख्न १० रोपनी र पशु फार्मका लागि कम्तीमा ५० पशु अटाउने फार्म अघि सारेको नगरप्रमुख पदमपाणि शर्माले बताए । नगरपालिकाले भाँडाकुँडा तथा घरेलु सामग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने भएको छ भने एक घर एक खानेपानीको धारा निर्माण अभियानलाई थप प्रभावकारी बनाउने भएको छ ।
यस्तै तीनवटा चक्रपथ निर्माण गर्न नगरपरिषद्ले बजेट विनियोजन गरेको छ । नगरपालिकाका बाहिरी क्षेत्र समेटेर बाहिरी चक्रपथ, भित्री सडकको सञ्जाल जोडेर भित्री तथा फलेवास क्षेत्रका देवीस्थान, खानीगाउँ र मुडिकुवा जोड्ने मुख्य चक्रपथ निर्माण गर्न बजेट विनियोजन गरेको छ । नगरसभामा उपप्रमुख मञ्जु अधिकारीले प्रस्तुत गर्नुभएको बजेटमा भुजेलस्वारा–पतेयार–मुडिकुवा–कुर्घा–श्रीकाङ–आम्डी–पाङराङ–कुर्घाडाँडा–सलिनधारा–पतियार–थापाठाना सडकका लागि रु ६० लाख विनियोजन गरिएको छ । देवीस्थान–शंकरपोखरी–थापाठाना–कार्किनेटा–भंगारा–ठानामौला–लिमीठाना–खानीगाउँ सडकका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ । फलेवासले आगामी आवका लागि कूल आयतर्फ रु ४६ करोड ७६ लाखमध्ये चालू खर्चतर्फ रु ३३ करोड पाँच लाख ५१ हजार तथा पूँजीगततर्फ रु १३ करोड ७१ लाख ४४ हजार विनियोजन गरेको छ ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...