CG Electronics
Ncell NPL
NIMB

एक वडा एक नमूना कृषि फार्म अभियान

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

पर्वत –फलेवास नगरपालिकाले एक वडा एक नमूना कृषि तथा पशु फार्म स्थापनाको अभियान थालेको छ । फलेवास नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाका ११ वटै वडामा कृषि तथा पशु फार्म स्थापना गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरपरिषद्मा प्रस्तुत भएको बजेटमा कृषि फार्म राख्न १० रोपनी र पशु फार्मका लागि कम्तीमा ५० पशु अटाउने फार्म अघि सारेको नगरप्रमुख पदमपाणि शर्माले बताए । नगरपालिकाले भाँडाकुँडा तथा घरेलु सामग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने भएको छ भने एक घर एक खानेपानीको धारा निर्माण अभियानलाई थप प्रभावकारी बनाउने भएको छ ।
यस्तै तीनवटा चक्रपथ निर्माण गर्न नगरपरिषद्ले बजेट विनियोजन गरेको छ । नगरपालिकाका बाहिरी क्षेत्र समेटेर बाहिरी चक्रपथ, भित्री सडकको सञ्जाल जोडेर भित्री तथा फलेवास क्षेत्रका देवीस्थान, खानीगाउँ र मुडिकुवा जोड्ने मुख्य चक्रपथ निर्माण गर्न बजेट विनियोजन गरेको छ । नगरसभामा उपप्रमुख मञ्जु अधिकारीले प्रस्तुत गर्नुभएको बजेटमा भुजेलस्वारा–पतेयार–मुडिकुवा–कुर्घा–श्रीकाङ–आम्डी–पाङराङ–कुर्घाडाँडा–सलिनधारा–पतियार–थापाठाना सडकका लागि रु ६० लाख विनियोजन गरिएको छ । देवीस्थान–शंकरपोखरी–थापाठाना–कार्किनेटा–भंगारा–ठानामौला–लिमीठाना–खानीगाउँ सडकका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ । फलेवासले आगामी आवका लागि कूल आयतर्फ रु ४६ करोड ७६ लाखमध्ये चालू खर्चतर्फ रु ३३ करोड पाँच लाख ५१ हजार तथा पूँजीगततर्फ रु १३ करोड ७१ लाख ४४ हजार विनियोजन गरेको छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...