CG Electronics
IME Life
NIMB

भारतीय आतंवादीलाई नेपालमा सहिद घोषणा, परिवारलाई १० लाख रुपैयाँ क्षतिपुर्ति

NIMB
Himalayan Bank

 

 

भारतमा आतंकवादी गतिविधिमा गर्दै आएका तथा भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका खुर्सिद अन्सारीलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ ।

 

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले शुक्रबार राती बसेको मन्त्रीपरिषदको बैठकले खुर्सिद अन्सारीलाई सहिद घोषणा गरिएको जानकारी दिए ।

 

खुर्सिद अन्सारीको बिहीबार सुनसरीको एक स्कुलमा रहेका बेला भारतबाट आएको हतियारधारी समुहले गोली हानि हत्या गरिएको थिए ।

 

अन्सारी भारतमा आतंकवादी गतिविधि गर्दै आएपछि भारतको प्रहरीले उनलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो ।

 

त्यसपछि नेपाल आएर शिक्षण पेशा गर्दै आएका उनले तत्कालीन नेकपा एमालेको सदस्यता लिएका थिए । जसका कारण तत्कालीन एमालेले उनलाई संरक्षण दिइरहेको थियो ।

 

बिहीबार दिउँसो मृत्यु भएका अन्सारीलाई नेपाल सरकारले सहिद घोषणा गर्दै उनको परिवारलाई १० लाख रुपैयाँ क्षतिपुुर्तिको समेत घोषणा गरेको छ । अन्सारी सुनसरीमा स्कुल सञ्चालन गरेर आतंकवादीलाई प्रश्रय दिँदै आएका थिए ।

 

कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डका विषयमा गम्भीर नभएको केपी ओली नेतृत्वको सरकारले खुर्सिद अन्सारीको हत्या भएको भोलीपल्टै छानविनका लागि एसएसपीको नेतृत्वमा समिति समेत गठन गरेको नेपालपानाले जनाएको छ ।

 

भारतले मागेको थियो खुर्सिदलाई

 

सुनसरी जिल्लामा गोली हानेर हत्या गरिएका खुर्सिद अन्सारी पूर्वएमालेका जिल्ला कमिटी सदस्य समेत मात्रै थिएनन् । उनी भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका व्यक्ति थिए ।

 

प्रहरी उच्च स्रोतका अनुसार बिहीबार हरिनगर गाउँपालिकाको भुटाहामा हत्या गरिएको प्रकृति र सुटरहरूको गतिविधिले उनीहरू भारतीय सुरक्षाकर्मी हुन् । भारतले खुर्सिदलाई आतंकवादीको सूचीमा राखेर उच्च निगरानीमा राख्दै आएको प्रहरी स्रोतको भनाइ छ ।

 

सन् २००८ मा भारतका केही शहरमा भएको शृङ्खलाबद्ध बम आक्रमणका आरोपीलाई खुर्सिदले संरक्षण दिएको आरोप भारतीय सुरक्षाकर्मीको छ । भारतीय सुरक्षाकर्मीले कुटनीतिक माध्यममार्फत खुर्सिदलाई सुपुर्दगी गर्न पत्राचार गरेको थियो ।

 

तर, त्यस बेला गृहमन्त्री एमालेका प्रभावशाली नेता वामदेव गौतम थिए । गौतमले आफ्नै पार्टीका जिल्ला नेता खुर्सिदलाई भारतलाई दिन मन गरेनन् । भारत त्यस बेला नै गौतमसँग रिसाएको थियो । खुर्सिदले इन्डियन मुजाहिद्दीनका व्यक्तिहरूलाई सेल्टर दिएको भारतीय सुरक्षाकर्मीको आरोप छ ।

 

खुर्सिदको घरमा पटक पटक भारतीय सुरक्षाकर्मीले छापामार्ने गरेको थियो । तर, खुर्सिदलाई पक्राउ गरेर लैजान सकेको थिएनन् । खुर्सिदको बारेमा काठमाडौंको लैनचौरस्थित राजदूतावासमा रहेको ‘रअ’का प्रतिनिधिहरूले नै सूचनाहरू संकलन गरेर भारतीय सुरक्षाकर्मीलाई दिएको उच्च स्रोतको भनाइ छ ।

 

खुर्सिदलाई पक्राउ गर्न खटिएका प्रहरी शिव पौडेललाई सुटरले नै गोली हानेर घाइते बनाएका छन् । प्रहरीलाई गोली हानेर सानका साथ भारततिर लागेका उनीहरू साधारण व्यक्ति नभएको प्रहरीको भनाइ छ ।

 

‘रअ’का लागि काम गर्दै आएका एकजना नेताका अनुसार खुर्सिदले भारतका विभिन्न शहरमा बम विष्फोट गराउने आतंकवादीहरुलाई नेपालको नागरिकता र पासपोर्ट बनाइदिएर सेल्टर दिएका थिए ।

 

नेपाली नागरिक भएपछि भारतमा जति दिन बस्न पाइन्छ । पाकिस्तानीहरू भारतमा धेरै दिन बस्न सम्भव थिएन । त्यसैको फाइदा उठाउँदै खुर्सिदले नेपाली नागरिकता र पासपोर्ट दिलाएकाहरू भारतमा निस्फिक्री बसेर आतंकवादी घटना गराए नेपाल फर्किएको ‘रअ’का ती नेताको भनाए छ । नेपाल आएपछि ती आतंकवादीहरूलाई खुर्सिदले नै पाकिस्तान उडाएको भारतीय पक्षको दाबी छ ।

 

भारतीय सुटर रवि पाण्डेयले २०७० सालमा बारास्थित जितपुर–३ का पेट्रोलियम व्यवसायी आफताव आलमको गोली प्रहार गरेर हत्या गरेका थिए । उनै पाण्डेयले २०६८ सालमा काठमाडौंको महानगरीय प्रहरी कार्यालयको फैजान अहमदलाई गोली हानेका थिए । पाण्डेय जेलमा छन् ।

 

इस्लामिक संघका तत्कालीन महासचिव फैजान अहमद, सञ्चार उद्यमी जमिम शाह र पूर्वसांसद मिर्जा दिलसाद बेग, कमलसिंह नेपाली, नेपालगञ्जका अब्दुल मजिद मनिहार, वुटबलका सौकद अली र युनुस अन्सारीमाथि गोली प्रहार गर्ने भारतीय समूह एउटै रहेको प्रहरी भनाइ छ ।

 

२०६७ साल फागुन २६ गते केन्द्रीय कारागारको सुरक्षा घेरा पार गरेर युनुस अन्सारीमाथि गोली प्रहार भएको थियो । अन्सारीलाई भारतीय नागरिक जसजीत सिंहले गोली प्रहार गरेका थिए । सिंह पनि जेलमा छन् । सिंह भारतीय प्रहरी हुन् ।

 

यसैबीच गृहमन्त्रालयले खुर्सिद हत्या घटनाको अनुसन्धान तथा छानविन गर्न एसएसपी किशोर दाहालको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...