गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपाने “ढिकिच्याउ” बजारमा (भिडियो सहित)
Saturday Sep 22, 2018
वि.सं.२०७५ असोज ६ शनिवार ११:००
काठमाडौँ । चर्चित गायिका सहिमा श्रेष्ठ गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नया गित “ढिकिच्याउ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक श्रेष्ठले दर्जनौ गीतहरुमा सुमधुर आवाज भरिसकेका छन् ।
यस्तै नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गित सांगीतिक बजारमा लिएर आएका हुन ।
गायक सन्दिप न्यौपानेको शब्द, संगीतकार गोबिन्द मधुर आचार्यको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार टंक केसीले छायांकन गरेका हुन् छन् भने निर्देशक सुनिल क्षेत्रीले निर्देशन गरेका छन् ।
भिडियोलाई बिकाश ज्ञवालिले सम्पादन गरेका छन । म्युजिक भिडियोमा नायिका खुस्बु खड्का तथा ठिटोज एण्ड टिम र सुनिल क्षेत्रीको दमदार अभिनय र नृत्य देख्न सकिन्छ । अहिले यो गीतको भिडियोले बजारमा छुट्टै क्रेज स्थापना गरेको छ । हेर्नुहोस भिडियो :
https://youtu.be/gsKS5daFYHg