CG Electronics
IME Life
NIMB

विवाह नभएपछि मुद्दा बलात्कारको ?

NIMB
Himalayan Bank

भरतपुर । केटा १९ वर्ष र केटी १७ वर्षकी । नयाँ कानुनअनुसार यो उमेरका केटाकेटीबीच विवाह हुन सक्दैन । अर्थात् त्यस्तो बिहेले वैधता पाउँदैन । नेपालको कानुनले बिहे गर्न केटा र केटीको उमेर २० वर्ष कटेकै हुनुपर्छ ।

भरतपुर–११ का एकजोडी केटाकेटीबीच विवाह असम्भव भएपछि दुवैको परिवार समस्यामा छन् । गुरूङ थरका केटा र परियार थरकी केटीबीच प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न चाहे । एक महिनाअघि घरबाट भागेर हिँडे । तर, उनीहरुको बिहे कानुनतः सम्भव भएन ।

घटना प्रहरीसम्म आइपुग्यो । उमेर नपुगेकाले प्रहरीमा दुवैलाई मिलाउने कुरै भएन । केटी पक्षले बिहेका लागि प्रहरीमा निकै दबाब दियो, तर प्रहरीले एउटै जवाफ दियो, ‘कानुनले मिल्दैन ।’
केटा पक्षले केटी अस्वीकार गरेपछि घटनाले फरक मोड लिएको स्थानीयको भनाइ छ । बिहे नहुनुमा कानुनका साथै जातीय मुद्दा पनि अघि सारिएको स्थानीय बताउँछन् । बिहे गर्छु भनी एक महिनादेखि राखेको केटीलाई अहिले आएर अस्वीकार गरेपछि केटी पक्षले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिए ।
प्रहरीमा बलात्कार मुद्दा

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले केटी पक्षले केटाविरुद्ध आइतबार प्रहरीमा बलात्कार गरेको आरोपमा जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दिएका छन् । यस मुद्दाका आरोपित भने फरार रहेकाले पक्राउ पूर्जी जारी भई खोजी भइरहेको समेत उनले बताए ।

कानुनले निषेध गरेको उमेरका केटाकेटीबीच भागेर हिँड्ने र पछि गाउँटोल छिमेकले बिहे हुनुपर्छ र गराउनुपर्छ भनी प्रहरीमा अनावश्यक दबाब दिने गरेको प्रवक्ता ढकालले बताए ।

उनले भने, ‘उमेर नै नपुगी गरिने बिहेलाई कानुनले वैधता दिने छैन भनी अब घरघरमा सूचना पु¥याउनुपर्ने समय आएको छ ।’

प्रहरीमा अहिले उमेर नपुगी भागी बिहे गरेर विवाद ल्याउनेहरु बढेको उनले बताए । ‘प्रहरीले कानुनले नगर भनेको कुरा गर्दैन, कसैले उमेर नै नपुगी जबर्जस्ती बिहे गर भनेर दबाब दिन्छ भने उहीविरुद्ध मुद्दा चलाउन प्रहरी बाध्य हुन्छ,’ प्रवक्ता ढकालले भने ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...