Global IME Bank Limited
Everest Bank
Nmb bank

नेकपामा पाखा लाग्दै माधव नेपाल, क कसले छोड्दैछन् साथ ?

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा नै लेखिन्– अब म कुनै गुटमा रहन्न । स्वतन्त्र बस्छु ।

तत्कालिन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष समेत चलाइसकेकी झाँक्री कहिले पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गुटनजिक भइनन् ।

 

ओलीइतरका विभिन्न नेताका समूहमा सक्रिय भइन् तर सुरक्षित नभएको महसुस गरिन् । तत्कालिन अध्यक्ष झलनाथ खनाल गुटमा सक्रिय रहेकी उनी पछिल्लो कालमा ओलीइतरको गुटको नेतृत्व गरेका नेता माधवकुमार नेपालको लाइनमा थिइन् । सायद उनको ठम्याई छ, नेपालले अवसरलाई पक्रने र अवसर नपाउनासाथ कार्यकर्तालाई वास्ता गर्दैनन् ।

 

नेपाल समुहका होनाहार नेता भएर पनि योगेश भट्टराईले अवसर पाएनन् । सांसद जित्दा जित्दै उनी मन्त्री बन्ने चर्चा थियो । तर नेता नेपालले मन्त्रीका लागि उनको नाम अघि सार्न सकेनन् । तत्कालिन एमाले सचिव भट्टराई पनि अब नेपाल समूहबाट दिक्क भइसकेका छन् ।

 

उनी पार्टीको जिम्मेबारीमा स्वतन्त्र भएरै अघि बढ्ने तयारीमा छन् । ‘न सरकारमा जिम्मेबारी न पार्टीमा कुनै हैसियत भएपछि नेताको पछि लागेर हिँड्नु वा त्यो समूहको भन्नुको के अर्थ रह्यो र ?’, भट्टराईनिकट एक नेताले भने,‘यसैले अब युवा र मनमिल्ने साथीहरूको नयाँ समूह बनाएर प्रभावकारिता देखाउने योजना बन्नेक्रममा छ ।’

 

पार्टीमा वैचारिक र सैद्धान्तिक दृष्टिकोण राखेर अघि बढे नेता घनश्याम भुसाल । उनका कतिपय विचारलाई अन्य पार्टीले आफ्ना अवधारणापत्र समेत बनाए । उनको वैचारिक र राजनीतिक हैसियतका आधारको दबाबले नेताहरू बोल्न सकेनन् नत्र नेपाल समूहका व्यक्ति भन्ने ट्याग लागिरह्यो ।

 

उनी पनि स्वतन्त्र हिसाबले नै कम्युनिस्ट विचार र समाजवादको सैद्धान्तिक पक्षका विषयमा विमर्श र मन्थनमा व्यस्त हुने मुडमा छन् ।

 

विद्यार्थीको नेतृत्व गरेर पार्टीमा पनि लामो समयसम्म वैकल्पिक केन्द्रीय सदस्य बनेका ठाकुर गैरे पनि स्वतन्त्र वैचारिक समूहको पक्षमै उभिने तयारीमा छन् । झन् तत्कालिन माओवादी केन्द्रसँगको एकीकरणपछि उनलाई दबाबमा मात्र राखियो, मौका दिने छाँटकाँट नै देखिएन ।

 

नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष ओलीको सशक्त समूह छ । उनले आफ्नो टोलीलाई सुरक्षित गरेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीलाई पार्टी र सरकारमा सकेसम्म समेट्ने प्रयास गरेका छन् । तर, तेस्रो वरियतामा रहेका नेता नेपालले भने आफ्नै समूहका ‘प्रभावशाली’हरूलाई बेवास्ता गरेका छन् ।

 

एक नेता भन्छन्,‘वरियतामा तेस्रोमा पर्दा उहाँ खुशी हुनुभयो त्यसपछि टिमको वास्ता पनि गर्नु भएन । अहिले उहाँलाई नसोधी गरिएका निर्णयमा विवाद गरिरहनु भएको छ । त्यस विषयमा पनि टिमसँग छलफल गर्नु भएन ।’

 

ओली अगाडी खनालको समूहमा रहेका यी युवा नेता नवौं महाधिवेशनमा नेपालको सहयोगसहित समूहमा स्थानान्तरण भएका थिए । खनालले गर्न नसकेको काम नेपालले गर्छन् भन्ने विश्वास थियो ।

 

तर त्यसैबेलादेखि नै मौका नपाएका युवा नेतालाई पार्टी एकीकरणपछि झन् भित्तामै पुराएपछि गुटगत राजनीति त्याग्ने मनसायमा पुगेका छन् ।

 

‘पार्टीमा एउटा लाइन हुन्छ तर त्यो लाइनले पनि सुरक्षा गर्न नसक्ने र प्रभावकारिता देखाउन नसकेपछि साथ दिनुको अर्थ हुँदैन ।

 

हामीले पनि पार्टीमा योगदान गरेका कारणले नै यहाँसम्म आएका हौं तर यहाँभन्दा माथि त नेताले पनि सोच्नुपर्छ’, नेकपाका एक युवा नेताले भने,‘यसैले हामी यस्तो मनस्थितिमा पुगेका छौं ।’

 

यसै पनि केही दिन यतादेखि नेकपामा नेपाल र अध्यक्षद्वयको कटाक्ष चलिरहेको छ । प्रचण्ड मध्यमार्गी भएर बसेका छन् भने ओलीसँग नेपालको कटाक्ष चलिरहेको छ ।

 

सरकारको काम कारबाहीप्रति नेपालले असन्तुष्टी जनाउँदै संसदमा आलोचना गरेका थिए भने स्थायी कमिटीको छुट्टै बैठक डाकेर असन्तुष्टी पोखेका थिए ।

 

विहीबार दिउँसो मुलुक आइपुगेका अध्यक्ष ओलीले नेपाललाई पुराना गीत र कविता भनेर असन्तुष्टी पोख्नु स्वभाविक भएको भनी व्यंग्य समेत गरेका थिए ।

 

यस्तो अवस्थामा नेपाल समूहलाई नै अघि बढाएका युवा नेताको मनस्थिति परिवर्तन भएपछि नेकपामा पनि युवाको चौथो धारको उदय हुनसक्ने अनुमान गरिएको छ ।

नेता सुरेनद्र पाण्डेले पनि आउने महाधिवेशनलाई ध्यानमा राखेर गुट चेन्ज गर्न सक्ने बुझिएको छ ।

वनको काठ हिनामिना आरोपमा लुम्बिनीका प्रदेश सांसदसहित १९ विरुद्ध मुद्दा

वनको काठ हिनामिना आरोपमा लुम्बिनीका प्रदेश सांसदसहित...

वि.सं.२०८० फागुन ८ मंगलवार १८:१२

काठमाडौं । वनको काठ तथा दाउरा हिनामिना गरेको आरोपमा अख्तियार...

सहकारी नियामक निकाय गठन हुँदैछ : अर्थमन्त्री महत

सहकारी नियामक निकाय गठन हुँदैछ : अर्थमन्त्री...

वि.सं.२०८० फागुन ८ मंगलवार १८:०६

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा। प्रकाशशरण महतले...

‘देउवा–प्रचण्ड एमालेलाई ललिपप बाँडिरहन्छन्’

‘देउवा–प्रचण्ड एमालेलाई ललिपप बाँडिरहन्छन्’

वि.सं.२०८० फागुन ८ मंगलवार १८:०२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र...

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए सपथ

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए सपथ

वि.सं.२०८० फागुन ८ मंगलवार १७:३५

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पद...

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

वि.सं.२०८० फागुन ८ मंगलवार १२:५२

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर...

इटहरीमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

इटहरीमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

वि.सं.२०८० फागुन ८ मंगलवार १२:४८

इटहरी । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता...