Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

जेठानको श्रीमती लिएर ज्वाई चम्पट कसेपछि….

 

संसारमा बाँच्नु चाँही पर्छ अनेक कुरा सुन्न र देख्न पाइन्छ भन्ने उखान उसै रचिएको होइन् ।

भारतको पिलिभित घर भई विगत डेढ दशकदेखि (नेपाल) कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासालमा बस्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले जेठान हरिस नेपालीकी श्रीमती द्रोपती नेपाली भगाएर लगेका छन् । मार्याले उनलाई माया प्रेममा परेर लगेको वा बेच्नका लागि लगेकोबारे नखुलेको परिवारजन बताउँछन् ।

बहिनी ज्वाईले आफ्नै श्रीमती भगाएपछि जेठान हरिश नेपाली हैरान छन् । हरिस आमा रोहिता नेपाली, दिदी ईश्वरी मोर्यासहित उनीहरुलाई खोजबिन र कार्बाहीका लागि शुक्रबार उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएका थिए ।

पन्नालालकी श्रीमती ईश्वरीले बिहीबार दिउँसो १२ बजेतिर श्रीमान तरकारी ल्याउँछु भन्दै बजार हिंडेको बताएकी छन् । उता भीमदत्त नगरपालिका १० तिलकेनीका हरिसकी श्रीमती द्रोपति नेपाली पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल आउँछु भन्दै घरदेखि हिंडेका थिइन् ।

‘दुवै जना एकै साथ एकै समयमा आ–आफ्नो घरबाट निस्किए, अबेरसम्म पनि दुवै घर आएनन्, ‘ईश्वरीले भने, ‘मैले मेरा श्रीमान घरमा नआएपछि उता माइतमा फोन गरेर द्रोपतीबारेमा बुझें । उनी पनि घर आएकी थिइनन्, मलाई थाहा भयो, कि दुवै जना भागेर भारत गए ।’

दुवैले चलाउँदै आएको फोन पनि नलागेपछि भागेको थाहा भएको उनले बताइन् । पन्नालाल र ईश्वरीको ११ वर्ष पहिले मागी विवाह भएको थियो । उनीहरुका दुई छोरा मात्रै छन् ।

यता हरिस र द्रोपतिको पनि १२ वर्ष अघि मागी विवाह भएको थियो । उनीहरुको दुई छोरी मात्रै छन् । पन्नालाल र द्रोपतिबीच फोन सम्पर्क हुने गरेको पन्नालालकी श्रीमती ईश्वरीले बताइन् । ‘दुवै जनाबीच फोन हुन्थ्यो ।’

उनले भनिन्, ‘मै त सोच्थे भाउजुसँग फोन गर्दैमा के हुन्छ ।’ आज श्रीमानका कारण दाजु र बहिनीको जिन्दगी बर्बाद भएको उनले दुःखेसो पोखिन् । हरिसले ज्वाईसँगै भागेर गएकी श्रीमतीलाई कुनै पनि हालतमा स्वीकार नगर्ने जिकिर गरेका छन् । ‘मेरी बहिनीका श्रीमानसँग गएकी श्रीमतीलाई राख्ने कुरै भएन’ उनले भने, ‘यस्तो धोका दिनेसँग कसरी बस्न सकिन्छ ।’

लिङ्ग फेरेर विहे गरि डिभोर्स मागेपछि ……

लिङ्ग परिवर्तन गरेर एकापसमा बिहे गरेका दुई युवती डिभोर्स माग्दै अदालत पुगेका छन् । लिङ्ग फेरेर बिहे गरेका दुई युवतीले कुनै पनि हालतमा आफूहरुलाई डिभोर्स चाहिएको भन्दै अदालतको ढोका ढक्ढक्याएका हुन् ।

 

यो घटना भारतको हरियाणा राज्यको हो । बिहीबार दुवै युवती जिल्ला महिला एवम् बाल संरक्षक अधिकारी कार्यालय पुगे । समाचार अनुसार पाँच वर्षअघि लिङ्ग परिवर्तन गरेर एक युवती परुष बनेकी थिइन् । पुरुष बनेकी उनले आफ्नै साथीसँग बिहे पनि गरिन् ।

 

बिहेपछि उनीहरुले अढाई सालको एक बालकलाई छोराका रुपमा अपनाए पनि । दुवै युवतीले निवेदन दिएपछि जिल्ला महिला एवम् बाल संरक्षक अधिकारीको टिमले दुवैलाई सुनुवाइका लागि बोलाएको छ ।

 

सोनीपत निवासी महिलाले जिल्ला महिला संरक्षण अधिकारी कार्यालयमा दिएको उजुरीमा पटियाला चौक क्षेत्र निवासी युवतीसँग आफ्नो बिहे भएको खुलाएकी छन् ।

 

पाँच वर्ष पहिले उनकी साथीले लिङ्ग परिवर्तन गराएपछि दुवैले बिहे पनि गरे । त्यसपछि दुवै पति-पत्नी बनेर बस्न थाले । तर महिलाबाट पुरुष बनेकी उनकी साथी कुनै काम गर्दिन थिइन् । आर्थिक अवस्था कम्जोर भएपछि घर चलउन संकट पर्‍यो । त्यहीकारण उनीहरुबीच झगडा पनि हुन थाल्यो । अहिले आएर दुवैजना एकअर्कासँग बस्न नसक्ने भन्दै डिभोर्सक लागि अधिकारीकहाँ पुगेका हुन् ।

 

५ वर्षअघि लिङ्ग परिवर्तन गराएर दुवै बिहे गरेका थिए । अहिले आएर युवतीले यो बिहेबाट अलग हुन डिभोर्सको माग गरेकी हुन् । निवेदन परेपछि दुवै पक्षलाई कार्यालयमा बोलाइएको छ। जहाँ अब दुवै पक्षबीच छलफल हुनेछ ।

 

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री...

वि.सं.२०८२ वैशाख २२ सोमवार २१:०६

  काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य व्यवसायलाई कागजात पेश गर्न निर्देशन

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य...

वि.सं.२०८२ वैशाख १४ आइतवार २२:१५

  काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत...

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

वि.सं.२०८२ वैशाख ११ बिहीवार २१:३४

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको...