CG Electronics
Ncell NPL
NIMB

पैसा कमाउन ओमन गएको काखमा छोरा लिएर आए

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नेपाल सरकारले खाडी मुलुकमा घरेलु काममा जाने महिलालाई प्रतिबन्ध लगाएको छ । सरकारले लगाएको प्रतिबन्धप्रति वेवास्ता गर्दै भारतको बाटो भएर दिनहुँ सयौँ बढी महिला घरेलु कामका लागि ती मुलुकमा गइरहेका छन् । कति नेपाली महिला खाडी गए रु कति फर्किए र कति त्यही छन् रु भन्ने बारेमा कसैसँग तथ्यांक छैन । तर, जाने क्रम भने रोकिएको छैन ।

त्यही खाडीमा धन कमाउन जाने नेपाली महिला धनको सट्टा केही काखमा, केही गर्भमा बच्चा दिएर फर्कन विवश छन् । कयौँ महिना हेपाटाइटिस बी, मृर्गौलाको समस्या जस्ता गम्भीर रोग लिएरसमेत फर्कन बाध्य छन् । थोरै महिलाले गरेको आर्थिक प्रगति देखेर जानेहरूले धनभन्दा बढी समस्या लिएर फर्कने गरेका छन् । ओमनबाट तीन महिनाको छोरा लिएर नेपाल फर्किएकी सल्यानकी सुनितासँग गरिएको कुरा कानीमा तयार पारिएकोः

‘जीवन के हो भविष्य के हो बुझेकै थिइन । अझ जीवन साथी कस्तो हुनुपर्छ त्यो पनि थाहा थिएन । १७ वर्षकै कलिलो उमेरमा बाबु आमाको इच्छाविपरीत आफूले रोजोको केटासँग घरजम गरे । तर, मैले जीवन सुम्पेको पति मैले सोचेजस्तो रहेनन् । उनी जिम्मेवार नबन्दा मैले कति पीडा खेपें होला रु’ सल्यान घर भएकी सुनिता (नाम परिवर्तन) आर्थिक समस्याले एक वर्ष अघि धन कमाउने आसमा काखका दुई सन्तानलाई पढाउने लेखाउने र घर चलाउने सपनाले बोकेर ओमन गएकी थिइन् ।

तर, उनले सोचेको सपना ओमनमा पाइनन् । उनी अघिल्लो महिना काखमा तीन महिनाको छोरा च्यापेर नेपाल फर्कन बाध्य भइन् । सुनौलो सपना बोकेर ओमन गएकी उनले त्यहाँ बिताएका दुःखका दिन अहिले सम्झन पनि चाहदिँनन् । तर, बिर्सेन खोज्दा पनि घरी–घरी मानसपटलमा आइरहन्छ । कहिलेकाहिँ अरूले लै सम्झन बाध्य बनाइदिन्छन् ।

गएको महिना उनलाई ओमल प्रहरीले नेपाल र्फकायो । उनी त्रिभुवन विमानस्थलबाट सिधै पौरखी नेपाल नामक सामाजिक संस्थाको आश्रयमा पुगिन र अहिले पनि काखे छोरासहित त्यहिँ आश्रित छिन् । ‘बाबुआमाले नचाहदाँ नचाहदैँ बिहे गरेर । बिहे गर्दा उनको माया बाहेक केही देखिन, तर श्रीमान त पहिल्यैदेखि रक्सीको कुलतमा फसेका रहेछन् ।

उनसँग बिताएका १० वर्षमा दुई सन्तान जन्मिए, एक छोरा एक छोरी । श्रीमान कहिल्यै पनि म र सन्तान प्रति जिम्मेवार भएनन् । रक्सी खानु झगडा गर्नु उनका दैनिकी थिए । समय बित्दै गयो मलाई सन्तान र आफ्नै भविष्यको चिन्ताले पिरोल्न पोल्न थाल्यो ।’ उनले सन्तान र आफ्नो भविष्य चारैतिर अध्यारो देखेको बताइन् ।

श्रीमानको व्यवहार, घरको आर्थिक अवस्था र सन्तानको भविष्यले पिरोलिएकी सुनिताले नेपालमा अनेक उपाय खोजिन तर पाइनन् । आफूले वेलामा पढ्न नसकेका कारण दुःख पाएको ठान्छिन् उनी । राम्रो शिक्षा दिन नसक्दा छोरा छोरीले बाबुकै बाटो समात्लान भन्ने पनि चिन्ता थियो । उनले खोजेका बाटाहरूमा एक मात्र विकल्प देखिन् विदेश जाने र पैसा कमाउने । सामान्य पढेको उनलाई कसरी विदेश जाने रु पैसा कसरी कमाउने थाहा थिएन ।विदेश गए पैसा कमाउन सकिन्छ मात्रै बुझेको थिइन् । त्यसैले उनले रोजिन वैदेशिक रोजगारको यात्रा ।

गाउँको चिनेको मान्छेमार्फत कुवेत जाने भनेर घरबाट हिँडेको उनलाई भारतको दिल्ली र श्रीलंका हुँदै ओम पु¥याइयो । नेपाल हुँदै ओमनसम्म पुग्न एक महिना लागेको उनले बताइन् । उनको चाहना कुवेत जाने थियो । ‘कुवेतमा भन्दा ओमनमा राम्रो छ, महिनाको ओमनी एक सय कमाइ हुन्छ, खाने बस्ने पैसा लाग्दैन भने । जाँदा मैले एक रूपैयाँ पनि खर्च गरिन । उनीहरूले नै मिलाइ दिए ।

मलाई महिनामा एक सय दिन्थे । उता कमाएको सबै पैसा आमाजुलाई पठाउँथेँ, साहु साहुनी बेसै थिए, घरको काम गर्नुपर्थ्यो खाना बनाउनु भाडा माझ्ने, घर सफाइ जस्ता काम गर्थे । खान बस्न समस्या थिएन । उनीहरू दिन भरी काममा जान्थे आएर पनि मसँग कुरै हुँदैन थियो ।’ उनले भनिन, यस्तैमा एक दिन साहु साहुनी घरमा थिएनन, साहुनीको भाइ पनि सँगै बस्थे । राती म काम सकाएर सुत्न लागेको थिएँ साहुनीको भाइले भन्यो, मैले भनेको मान नत्र काटिएलिस् भन्दै उसले मलाई जर्बजस्ती गर्यो ।

श्रीमानको व्यवहार, घरको आर्थिक अवस्था र सन्तानको भविष्यले पिरोलिएकी सुनिताले नेपालमा अनेक उपाय खोजिन तर पाइनन् । आफूले वेलामा पढ्न नसकेका कारण दुःख पाएको ठान्छिन् उनी । राम्रो शिक्षा दिन नसक्दा छोरा छोरीले बाबुकै बाटो समात्लान भन्ने पनि चिन्ता थियो

त्यसो नगर्न मैले अनेक बिन्ती गरे उसले मेरो अनुरोध सुनेन । त्यो दिन उसले मेरो अस्मिता लुट्यो । धन कामएर परिवारमा सुख दिने सपना लिएर ओमन पुगेको मेरो सपना, सपना जस्तै भयो । त्यो घटनाले मलाई विपनामा पुर्याएझै ठानेँ । आफ्नो काम सकाएर उसले भन्यो यो कुरा कसैलाई भनिस् भने तँलाई काटिदिन्छु ।’ उल्टै उसले मलाई धम्कायो । अरूको देशमा कसलाई सुनाउँ म आफ्नो पिडा रु कोही आफन्त थिएनन् ।’ उसलाई सराप्दै रोएर बसेँ ।

त्यसअघि पनि उसले मलाई वेला–वेला जिस्काउथ्यो मलै कयौँ पटक साहुनीलाई उसले जिस्काएको बारेमा गुनासो गरेँ । उनले हरेकपटक मेरो कुरो गम्भीर मा लिइनन्, ‘यस्को बानी यस्तै छ, चिन्ता नलिई केही हुँदैन’ मात्रै भनिरही । मलै पनि होला तनी भने साहुनीको कुरा ठिकै लाग्थ्यो । तर, त्यस दिन उस्ले मलाई जिस्काएन मात्रै भोग्यो पनि । उसको डरले कसैलाई भनिन् ।

अर्को महिना मेरो महिनावारी रोकियो, पहिला पनि बच्चा जन्माएकोले मलाई समस्या थाहा भयो । तर, भनौँ कस्लाई रु जब मौका पाउँथेँ त्यही अपराधीलाई सुनाउँथें, ‘मेरो पेटमा तेरो बच्चा हुर्कँदै छ’ भनेर । मलाई तर्साउँदै उ कराउँथ्यो, के को बच्चा कसरी रु खै बच्चा रु भन्थ्यो र धम्काउँथ्यो कसैलाई भनिस् भने काट्छु । विदेशी भूमिमा काटिने र मर्ने डरै डरमा पेटमा बच्चा हुर्कर्दै गयो । सुनेको थिएँ, ‘मर्नुभन्दा बौलाहुनु निको’ मेरा लागि पनि त्यस्तै भयो । मेरो पेटमा बच्चा बढ्दै गरेको उनीहरूले थाहा पाएनन् वा थाहा नपाए झैँ गरे मैले बुझिन ।

नौ महिना पुग्यो र मलाई सुत्केरी व्यथा लाग्यो । केही दिनदेखि अलिअलि पेट दुख्दै थियो सहेर बसेँ गाह्रो भएर रुन थालेपछि साहुनीले अस्पताल लगिन्, डाक्टरले पेटमा बच्चा छ अप्रेसन गर्नुपर्छ भन्यो । अप्रेसन गरेर छोरा निकाले । अस्पतालमा लागेको सबै खर्च उनीहरूले नै तिरे । मैले साहुनीलाई तपाईंको भाइको बच्चा हो भने, उनले हकार्दै भनिन्, पहिला किन भनिनस् अहिले भन्छेस् रु जसरी पनि मलाई नै दोषी ठहराइयो ।

चार दिन अस्पताल राखेपछि मलाई सिधै जेलमा पठायो । तीन महिना ओमनको जेलमा भर्खर जन्मेको छोरा लिएर बसें । सुत्केरी, न तातो खानु, न तेल लगाउनु, न सेकताप । जेलमा अपराधि बस्नुपर्ने हो । तर, मैले अरूले गरेको अपराधको सजाएँ स्वरूपम जेलमा बस्नुपर्यो । म मात्रै होइन यो छोराको तीन महिना पनि जेलमा बित्यो,’ काखमा खेलिरहेको छोरा मुसार्दै उनले भनिन्, ‘जेलमा एसी चलेको हुन्थ्यो, त्यही असरले अहिले जिउँ दुख्छ, छोराको आँखाबाट पानी बगिरहन्छ ।’ उनले पीडाको पोको फुकाउँदै गइन् ।

जेलमा बितेको तीन महिना मेरो घर परिवार कसैसँग सम्पर्क भएन । मोबाइल र पासपोर्ट पनि उनीहरूले नै राखे । मेरो लगाउने लुगा जेलमा पठाइदिएका थिए । त्यहीँको प्रहरीले राखेको छ । पठाउँछु भन्थें के गर्छ थाहा छैन । आउने वेलामा खर्च भनेर एक सय दिए । यहाँ आएको एक महिना भयो, घरमा सम्पर्क गर्न सकेको छैन । गाउँ जाउँ भने यो बच्चा लिएर कसरी जाउँ ।

यहाँ पनि कति दिन बस्ने रु उनले निन्याउरो मुख लगाउँदै प्रश्न गरिन् । हुन पनि उनी कसरी गाउँ जाउन् एकातिर हाम्रो साघुँरो सोचाइ भएको समाज । अर्कोतर्फ पहिला त वेवास्ता गर्ने श्रीमानले अब के भन्लान् रु परिवारले के सोच्लान् रु तनाव नै भए पनि हुँदा खादाँको परिवार छोडेर विदेश गएको उनका अघि अहिले अझै बढी समस्या थपिएको छ । श्रीमानसँग सम्पर्क नभएको लामो समय भएको उनले सुनाइन्, ‘सम्पर्क नभएको धेरै भयो इन्डिया तिर बस्छन् भन्ने सुनेको छु, उनीसँग पहिले नै मन मरेको हो, अहिले त समस्यामाथि समस्या थपिएको छ ।’

‘ओमनको जेलमा विना कसुर तीन महिना बिताएँ । त्यहाँ मेरो जस्तै समस्या भएका श्रीलंका, बंगलादेश लगाएतका महिला पनि थुप्रै रहेछन् । उनीहरूको पनि समस्या उस्तै हो । उनीहरू आफू अपराध गर्ने सजाएँ हामीले भोग्नुपर्ने कस्तो कानुन रहेछ १ मोज गर्थे हामीलाई भोग्थे र जेल पठाउँथे कस्तो अपराधी समाज रहेछ रु’ उनले आक्रोस पोख्दै भनिन्, हामी काम गरेर दुई पैसा कमाउँ भनेर गएको थियौं । तर, त्यहाँको मान्छेलाई हाम्रो कामले मात्रै हुँदो रहेनछ । यस्तो समस्या व्यहोर्नुपर्छ भन्ने थाहा पाएको भए यहिँ कोदालो खनेर खान्थें, किन जान्थें रु’ उनले समस्या बिसाउँदै गर्दा कहिले आखाँ रसाउँथे कहिने भक्कान्निथिइन् । वेला–वेला उनका आवाज रोकिन्थे र पोखिने गर्थे ।

‘छोरा लिएर गाउँ जान भएन यतै केही काम पाए गर्थे र गाउँका छोरा छोरी ल्याएर पढाउथेँ ।’ आगामी योजना सुनाइन्, ‘के गर्ने जसको भए पनि जन्म मैले दिए माया लाग्छ फालेर हिँड्नु भएन, त्यो पापीले गरेको पापको सजाएँ मैले त्यहाँ मात्रै भोगिन, अहिले पनि भोग्दै छु । अब ति भोग्नुपर्ने हो थाहा छैन । आफू भित्रको ममता सुनाइन् । उनी अवसरको खोजीमा पौरखी नेपालको आश्रयमा छिन् तर, त्यहाँको बसाइ कति दिन हुने हो उनलाई पनि थाहा छैन ।

सुनिता जस्तै महिलाहरूलाई आश्रय दिएको पौरखी नेपालको अध्यक्ष मन्जु गुरुङले उनीतिर देखाउँदै भनिन्, ‘यो महिलाको पीडा सुन्नुभयो, यस्ता समस्या दैनिक दर्जनौँ नेपाल भित्रिने गरेको छ । सरकारलाई भन्यौँ, यस्तै हुन्छ भनेर हामीले रोकेको हो भन्छ । तर, जाने क्रम त रोकिएको छैन नी । उताबाट कति फर्कन्छ त्यस बारेमा पनि उनीहरू बेखबर छन् । अब यो बच्चा कुन देशको नागरिक भन्ने रु यो बच्चा राज्य विहीन बन्ने भो भन्ने मा मलाई चिन्ता छ ।’ उनले सुनिताको चार महिने छोराको भाविष्य अन्योल रहेको बताइन् ।

मञ्जुले सरकारलाई सुझाव दिँदै भनिन्, ‘सबै कुरा थाहा भएको भए यिनिहरू जाँदैन थिए होलान् । घरका अनेकौं समस्याले त्यहाँ पुगे, यो मात्रै होइन यस्ता जति पनि समस्या आउने गरेको छ । जानेहरू प्रायः पारिवारिक तनावका कारण गएका छन् । समस्या परिसकेपछि अब जेसुकै गर भनेर हुँदैन, सरकारले यस्ता महिलाका लागि उनीहरूले क्षमताले भ्याउने काम गर्ने वातावरण बनाएर बस्न सक्ने व्यवस्था मिलाउनुपर्छ । आफ्नो देशको नागरिक समस्यामा परे पनि त्यसको जिम्मेवार राज्य बन्नुपर्छ ।’ उनले भनिन् ।

उनको संस्थामा यहि महिनामा नै सुत्केरी हुने अर्को महिला पनि छन् । जो केही समय पहिला खाडीबाटै आएकी हुन् । मोरङ घर भएकी उनको पासपोर्ट पनि च्यातिएकाले उनको वास्ताविक ठेगाना भन्न सकिँदैन । ‘उनको श्रीमानले उनीसँग भएको पैसा लिएर उनलाई छोडी गएपछि उनी आश्रयको खोजी गर्दै हामी कहाँ आइन, अब जाउँ भनौं भने कहाँ पठाउने रु सुत्केरी हुने वेला भएको छ ।’

श्रीमती लिन गाउँबाट आएको श्रीमानले उनको अवस्था देखेर भएको पैसा लिएर भागेछ । त्यस्ताले उनलाई के हेर्ला रु उनले ती महिलाको समस्या सुनाइन् । त्यस संस्थामा अहिले विदेशबाट विभिन्न प्रकारका समस्या लिएर आएका पाँचजना महिला आश्रित रहेको उनले बताइन् । ‘कहिलेकाहिँ बिस पच्चिस जना पनि हुन्छन् कोही राती खोज्दै आउँछन्, राज्य यस्ता समस्यामा बेखबरजस्तै छ,’ उनले भनिन् ।

खाडी मुलुकमा महिला कामदार पठाउने वा नपठाउने विषयमा वेला वेला बहस हुन्छ । तर, सरकारले लगाएको प्रतिबन्ध नागरिकले टेरेका छैनन् । टेरेका भए ५–६ घटाको हवाइ यात्राको बाटोमा महिनौं लगाएर विभिन्न मुलुक हुँदै किन जान्थे रु त्यसैले यस्ता समस्या आउन नदिन वा पूर्ण रूपमा रोक्ने बारेमा के गर्न सकिन्छ सोच्नुपर्ने वेला भएको छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...