CG Electronics
Ncell NPL
NIMB

राष्ट्रपति भण्डारीले कतारमा भने अब नेपालीले तन, मन र धन खर्चेर नेपाल बनाउने समय आएको छ

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

कतार । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गरेकी छन् ।

कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार–नेपालमैत्री संघ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले अब नेपालीले तन, मन र धन खर्चेर नेपाल बनाउने समय आएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेकी छन् ।

नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेकाले अब सरकार विकास र निर्माणका लागि लगानीमैत्री कानून र वातावरण बनाएर अगाडि बढेको छ त्यसैले सम्पूर्ण नेपालीलाई विकास र समृद्धिको यात्रामा हातेमालो गर्न आग्रह गरेकी छन् ।

कतारका अमिरसँगको वार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका क्षेत्रमा घनिभूत छलफल भएको र नेपाली श्रमिकका समस्या लागायत थुप्रै विषयमा चर्चा गरिएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल–कतार सम्बन्ध थप प्रगाढ हुने र कतारी लगानी नेपाल भित्रिने विश्वास व्यक्त गरेकी छन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कतार नेपालको विश्वासिलो मित्र रहेको र श्रम सम्बन्धले यसलाई थप प्रगाढ बनाएको बताएका छन् ।

दुई देशबीच अहिले भएका बिभिन्न सहमति र समझदारीले यस सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने छ । मन्त्री ज्ञवालीले यहाँका नेपाली उद्योगी, व्यवसायीलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

नेपाल सरकार कानूनी लगायत अन्य सबै विषयमा सहजीकरण गर्न तयार रहेको जनाउँदै उनले अबको नेपाल–कतार श्रमिक सम्बन्धको ढाँचा समेत परिवर्तन गारेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाल सधै श्रमिक निर्यात गरेर विप्रेषण भित्राएर मात्र विकसित हुन सक्दैन अब अदक्ष श्रमिकलाई श्रम सीप सिकाएर सकभर स्वदेशमै रोजगारका अवसर सिर्जना गर्ने दिशामा सरकार अगाडि बढेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले अब नेपालको समृद्धिको यात्रामा निरासा होइन बलियो आत्मविश्वासका साथ अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् ।

त्यसैगरी गैरआवासीय नेपाली, कतार शाखाका अध्यक्ष नवीन पोखरेलले आफूहरू नेपालमा लगानी गर्न तयार रहेको र सरकारले त्यस क्षेत्रमा आवश्यक वातावरण बनाई दिन अनुरोध गरेका छन् । उक्त कार्यक्रमा यहाँस्थित नेपालीहरूको उल्लेख्य सहभागिता थियो । कार्यक्रम कतारस्थित नेपाली दूतावासले आयोजना गरेको हो ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...