CG Electronics
Ncell NPL
NIMB

ट्रम्प नआउने भएपछि भारतको गणतन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्र प्रमुख अतिथि बन्दै

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ ।  सन् १९५० देखि प्रत्येक जनवरी २६ मा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ । आउँदो गणतन्त्र दिवसको दिन भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुख अतिथि बनाउने प्रस्ताव गरेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको गणतन्त्र दिवसका नआउने भएपछि भारतले गणतन्त्र दिवसको दिन प्रमुख अतिथि कसलाई बनाउँछ भनेर अहिले भारतभर चर्चा भइरहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गणतन्त्र दिवसमा भारत नआउने बताएपछि भारतको आँखा यतिबेला रुसतिर गएको छ । ट्रम्पको वैकल्पिक व्यक्ति रुसका राष्ट्रपति भ्लादिमिर पुटिन हुनसक्ने भारतीय सञ्चारमाध्यले चर्चा गरेका छन् ।

भारतले रुसबाट मिसाइल खरिद गरेकै कारण अमेरिकी राष्ट्रपति रिसाएको हुनसक्ने भारतीयले आशंका गरेका छन् । पछिल्लो समय भारतले रुससँग धेरै हातहतियार खरिद गरेको छ । सैनिक तालिममा भारत रुससँग ढल्किँदै गएका कारण पनि अमेरिका रुससँग रिसाएको हुनसक्ने भारतीय सञ्चार माध्यमको अनुमान छ । त्यसै कारण ट्रम्प भारतको गणतन्त्र दिवसमा नआएको हुनसक्ने आशंका भारतीयहरुले गरेका छन् ।

गणतन्त्र दिवसको दिन भारतले भियतनामका प्रमुखलाई पनि बोलाउने सम्भावना छ । चीनको भियतनामसँग राम्रो सम्बन्ध भएका कारण भारतले पनि भियतनामलाई आफ्नो पक्षमा पार्न आफ्नो गणतन्त्र दिवसमा बोलाउने सम्भावना प्रबल रहेको छ ।

चीनले भियतनामसँग भारतको बढ्दो प्रभावलाई राम्रो भने मानिरहेको छैन् । भियतनामका प्रधानमन्त्री नुवेन छुवान फुक भारतको गणतन्त्र दिवसमा अतिथिका रुपमा आउनसक्ने सम्भावना प्रबल छ ।

भियतनामका राष्ट्रपतिले #MeToo अभियानका कारण राजीनामा दिएपछि त्यहाँका उपराष्ट्रपति कार्यवाहक राष्ट्रपतिको रुपमा कार्यरत छन् । भियतनामका कार्यवाहक राष्ट्रपति महिला भएका कारण पनि भारतले कार्यवाहक राष्ट्रपति दाङ थि नोक थिचलाई बोलाउने सम्भावना रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकी पहिले’ भन्ने नीति अनुसार नेपालबाट भने नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहलाई बोलाउने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नेपालमा राजाको शासन हुँदा भारतीय गणतन्त्र दिवसमा नेपालका राजा प्रमुख अतिथिका रुपमा भारतले बोलाउने गर्थ्यो ।

तर नेपालमा वि.स. २०६५ सालपछि राजतन्त्र हटेपछि पनि पूर्व राजाको रुपमा ज्ञानेन्द्र शाह भारतको गणतन्त्र दिवसको प्रमुख अतिथि हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्रीलाई अहिलेसम्म नबोलाइएका कारण पनि नेपालका प्रधानमन्त्रीलाई भने भारतको गणतन्त्र दिवसमा बोलाउने सम्भावना कम देखिन्छ ।

बंगलादेशमा आउँदो डिसेम्बरमा चुनाव हुँदैछ । त्यसैकारण बंगलादेशका प्रधानमन्त्रीलाई भारतको गणतन्त्र दिवसमा बोलाउने सम्भावना छैन । माल्दिभ्समा भने नयाँ राष्ट्रपति भएका कारण माल्दिभ्सको राष्ट्रपतिलाई भने भारतले बोलाउने प्रवल सम्भावना रहेको छ ।

अब्दुल्लाह यामिनलाई हटाएर माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह विजयी भएका कारण पनि भारतले उनलाई बोलाउने सम्भावना प्रवल छ । नयाँ राष्ट्रपति आएका कारण भारतले माल्दिभलाई आफ्नो पक्षमा ल्याउन त्यो रणनीति लिने सम्भावना रहेको छ । अहिलेका नयाँ राष्ट्रपतिलाई खुशी पार्न सके भारतले माल्दिभ्सबाट राजनीतिक लाभ पनि लिन सक्ने छ ।

सीमा विवादका कारण पाकिस्तान र भारतबीच धेरै समयदेखि सम्बन्ध चिस्सिएको छ । भर्खरै पाकिस्तानका प्रधानमन्त्रीमा विजयी भएका इमरान खान पूर्व क्रिकेट खेलाडी भएका कारण भारतका क्रिकेट फ्यानमाझ चर्चित भए पनि उनलाई बोलाउने सम्भावना न्यून रहेको छ ।

सन् १९९५ मा भारतले पाकिस्तानका गभर्नर जनरल मलिक घुलम मोहम्मदलाई प्रमुख अतिथि बनाएर सलामी दिएको भए पनि अहिले पाकिस्तानका प्रमुखहरुलाई बोलाउने सम्भावना भने नरहेको भारतीय सञ्चारमाध्यमले बताएको छ ।

इमरान खान भारतीयहरुबीच लोकप्रिय भए पनि पछिल्लो समय भारत–पाकिस्तान सीमामा देखिएको गतिरोधका कारण उनी भारतको ६९ औँ गणतन्त्र दिवसमा प्रमुख पाहुना बन्ने सम्भावना कम रहेको छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...