CG Electronics
Ncell NPL
NIMB

भक्तपुरमा दुई दुर्घटना तीनको मृत्यु

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा भएका दुई सवारी दुर्घटनामा तीनजनाको ज्यान गएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले सोमबार बिहान मध्यपुर थिमी नपा ३ नमुना बस्तीमा पानी ट्यांकरले ठक्कर दिँदा तेर्‍हथुमको आठराई गाउँपालिका ७ घर भई हाल सोही ठाउँमा बस्दै आएका ७८ वर्षीय नेत्रप्रसाद पराजुलीको ज्यान गएको जानकारी दिए।

उनका अनुसार बा ४ क ४२१४ नम्बरको पानी ट्यांकरको ठक्करले घाइते भएका पराजुलीलाई उपचारको लागि मध्यपुर थिमीको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

उनका अनुसार पानी ट्यांकरका चालक फरार छन्। पानी ट्यांकर भने महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धानसँगै फरार चालकको खोजतलास भइरहेको परिसरले जनाएको छ।

त्यस्तै गए राती रोकिराखेको मिनिट्रकलाई पछाडिबाट आएको गाडीले ठक्कर दिँदा अगाडि रहेको टिपरमा ठोकिन पुग्दा दुईजनाको मृत्यु भएको छ।

भक्तपुर परिसरका अनुसार मध्यपुर थिमी नपा ४ क्षयरोग अस्पताल नजिकै काठमाडौंबाट भक्तपुर जाने सडक खण्डमा रोकिराखेको बा २ ख १६५४ नम्बर आइचर मिनिट्रकलाई सोही दिशाबाट आउँदै गरेको बा ५ ख ३७६५ नम्बरको काभ्रे काठमाडौं नगर बसले पछाडिबाट ठक्कर दिएको थियो।

बसको ठक्करले मिनिट्रक उछिटिएर अगाडि रोकिराखेको बा २ क ३९३५ नम्बरको ट्रिपर पछाडि ठोकिन जाँदा मिनिट्रक चालक र सहचालक घाइते भएका थिए।

घाइते चालक काभ्रे बनेपा नगरपालिका ४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सहचालक २८ वर्षीय टार्जन श्रेष्ठलाई उद्धार गरी उपचारको लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।

उनका अनुसार उपचारकै क्रममा गएराती दुवैको शिक्षण अस्पतालमा मृत्यु भएको थियो। घटनामा संलग्न तीनवटै सवारीसाधन र बस तथा ट्रिपर चालक महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर परिसरले जनाएको छ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...