CG Electronics
Ncell NPL
NIMB

नेकपाको प्रदेश कमिटीमा गर्लफ्रेण्ड काण्डले तनाव,सूचि सार्वजनिक नहुँदै किचलो

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । बुधवार साँझ बालुवाटारमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘ब्यक्ति–ब्यक्तिमा छलफल गरेर प्रदेश कमिटीहरुलाई पूर्णता दिएका छौ । विहीबार सवै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक गरिनेछ’ ।

प्रवक्ता श्रेष्ठको भनाई र नेकपा सचिवालयको कार्यप्रति रुष्ट बनेका स्थायी समिति सदस्य तथा प्रभावशाली नेता घनश्याम भूसालले विहीबार नेतृत्वलाई चुनौति दिदै भने ‘स्थायी कमिटीबाट पारित नै नगरी नामावली सार्वजनिक गरे, त्यो नामावली उल्ट्याई दिन्छौ, प्रदेश कमिटीको अनुमोदन स्थायी कमिटीले गर्ने हो ।’

बुधबार बसेको स्थायी कमिटीको बैठकले प्रदेश कमिटीका सदस्यहरुको सूचि टुंग्याएको थियो । तर पार्टीभित्रका प्रभावशाली नेताले स्थायी कमिटीबाट पारित नगरेसम्म सूचि सार्वजनिक नगर्न चुनौति दिएपछि सचिवालय पछि हटेको छ । पार्टीका प्रभावशाली स्थायी कमिटीका सदस्य र केन्द्रीय सदस्यहरु सचिवालयसँग असन्तुष्ट बन्दै गएका छन् । उनीहरुले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक माग गरिरहेका छन् । तरपनि सचिवालयले स्थायी र केन्द्रीय बोलाएको छैन ।

प्रदेश कमिटी र जिल्ला कमिटी गठनका लागि प्रदेश सचिवालयबाट सिफारिस मागिएको थियो । २ नम्वर प्रदेश बाहेक सवै प्रदेशले सर्वसम्मतिबाट प्रदेश र जिल्ला कमिटीको सिफारिस गरेको थियो । तर पछि फेरी सचिवालयले महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलको दुई सदस्य कार्यदल बनायो । पौडेल र थापाको कार्यदलले बनाएको सूचि नै आधिकारिक प्रदेश कमिटी हुने भएपछि प्रदेशका इन्चार्ज र अध्यक्षहरु रुष्ट बनेका छन् ।

नेकपाको सचिवालयले राम्रै पाटी बनाउने भयो– नेता कँडेल

‘नेकपाको सचिवालयले प्रदेश र जिल्ला कमिटी गठन सम्बन्धमा सुझाव दिन कार्यदल बनायो । सुझाव छिटो बुझाउन ताकेता पनि गरयो, कर्णाली प्रदेशको कार्यदलले सर्वसम्मत प्रदेश सदस्यको नामावली पनि बुझाइयो । एवं रितले अरु कार्यदलले सुझाव बुझाएपछि नेकपाको सचिवालयले आवश्यक निर्णय गर्नुको सट्टा सचिवालयबाटै अर्काे कार्यदल बनाइयो’ नेकपा केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सहइन्चार्ज यमलाल कँडेलले शनिवार विहान सामाजिक सञ्जालमा आक्रोस पोख्दै लेखेका छन् ‘कार्यदलको सिफारिसमा सचिवालयको निर्णयको हवाला दिँदै सामाजिक सञ्जालमा प्रदेश कमिटीका नामावली सार्वजनिक भइरहेका छन् । जसमा विगतमा प्रदेश कमिटीमा रहेका अन्चल वा जिल्ला कमिटीम रहेका पुराना कमरेडहरुको नाम नै छैन, नेकपाको सचिवालयले राम्रै पाटी बनाउने भयो ।’

नेता कँडेल जस्तै अन्य केन्द्रीय र स्थायी कमिटीका सदस्यहरुले प्रदेश कमिटीको गठन प्रति शंका गरेका छन् । प्रदेश कमिटीमा प्रभावशाली नेताका स्वकीय सचिव, सल्लाहकार र गर्लफ्रेण्डसम्म भरिएका छन्, तर पार्टीभित्र लामो राजनीतिक यात्रा गरेका नेताहरु प्रदेशको रेल यात्रामा छुटेका छन् । सार्वजनिक भएको नामावलीमा अधिकाँस नेताका आसेपासे र नेताका नजिकै रहने  केटी साथीहरु प्रदेश कमिटीमा परेका छन् ।

काठमाडौं । बुधवार साँझ बालुवाटारमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘ब्यक्ति–ब्यक्तिमा छलफल गरेर प्रदेश कमिटीहरुलाई पूर्णता दिएका छौ । विहीबार सवै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक गरिनेछ’

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...