CG Electronics
IME Life
NIMB

महतो आएपछि राजपामा विवाद

NIMB
Himalayan Bank


काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)मा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो भएपछि पार्टीभित्र विवाद देखिएको छ ।
केहीकेहीले महतोलाई संयोजक दिनु हुँदैन भन्दै आएका थिए । विशेषगरी निवर्तमान संयोजक महन्थ ठाकुर पक्षधरका भने ठाकुरलाई संयोजक परिवर्तन गर्न चाहँदैनथे । २०७४ वैशाख ७ गते ६ वटा पार्टी मिलेर राजपा बनेको थियो । विधानमा दुई–दुई महिनामा नेतृत्व परिवर्तन गर्ने उल्लेख भएपनि ठाकुरले नछोडेपछि अनिल कुमार झा र राजकिशोर यादवको संयोजक बन्ने संभावना गुम्दै गएको छ ।
ठाकुरले १७ महिना संयोजक खाए । राजपाले आगामी वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने जनाएको छ । त्यसो हुँदा अव महतोपछि महिन्द्र राय यादव र त्यसपछि शरतसिंह भण्डारी संयोजक बन्नेछन् । वैशाखमा अधिवेशन भए त्यतिबेला भण्डारी संयोजक रहनेछन् । महतो मंसीर ४ गते संयोजक भएका हुन् । अवको नयाँ नेतृत्वमा एकमात्र अध्यक्ष रहनेछन भने पदाधिकारी र केन्द्रीय समितिको विषयमा टुंगो लागिसकेको छैन । अहिले ८५१ जनाको केन्द्रीय कमिटी छ ।
अध्यक्ष मण्डलको संयोजक र सदस्यलाई बस्ने कुर्सी र कोठा भएपनि अरु पदाधिकारीहरुलाई भने राम्रो ढंगले बस्ने कुर्सी र कोठा समेत छैनन् । निर्वाचन अघि विभाजित उनीहरु एकता भएपछि भने ठुलो पार्टीमा परिणत भएका हुन् । थोरै सिट हाँसिल गरेपनि पद र प्रतिष्ठाका लागि भनेर विभाजन भइरहने उनीहरुबीच एकता भएपछि अहिले पार्टी ठुलो भएको छ । प्रतिनिधिसभामा राजपाले ११ सिट जितेको छ भने समानुपातिकतर्फ ६ सिट आएको छ । राजपाले राष्ट्रिय सभामा २ सिट जितेको छ ।
राजपाभित्र विवाद बढ्दै गएपछि समयमै महाधिवशेन हुँदैन कि भन्ने शंका पनि गरिएको छ । राजपा महासचिव केशव झाले जेजस्तो भएपनि समयमै अधिवेशन गर्नुपर्ने बताएका छन् । तर झाले अहिलेकै गतिविधि हेर्दा महाधिवेशन होला भन्नेमा विश्वास गर्न नसकिने बताए । २०७४ साल असार २३ गते निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको राजपालाई आयोगले ३० गते पार्टीको मान्यता दिएको थियो । राजपाको अहिलेको विधानमा महाधिवेशन ३ महिनासम्म लम्ब्याउन सकिने जनाइएको छ । निर्वाचन आयोगलाई राजपाले असार ३० भित्रमा नयाँ नेतृत्वको नामावली बुझाउनु पर्नेहुन्छ । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको छ ।
आफूहरुका माग पूरा नभएको भन्दै राजपाले सरकारसँग असन्तुष्टि जनाउँदै आएको छ । २ नम्बर प्रदेशमा राजपा र संघीय समाजवादी फोरम नेपालको सरकार बनेको छ । त्यहाँ नेपाल कम्युनिष्ट पार्टीले पनि सरकारलाई समर्थन जनाएको छ । राजपाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए र नेकपाले २ नम्बरमा समर्थन फिर्ता लिएपनि कुनै पनि सरकार संकटमा पर्दैनन् ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...