CG Electronics
IME Life
NIMB

स्कुलबाट फर्किदै गरेकी बालिका बाटैमा बलात्कृत

NIMB
Himalayan Bank

 

कञ्चनपुर  । कञ्चनपुरको पुर्नबासमा १० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्व पक्राउ परेका छन् ।

पुर्नबास नगरपालिका–१० का ६९ वर्षीय ओम प्रकाश पौडेललाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो । मंसिर ११ गते मंगलबार स्कुलबाट घर फर्किरहेको समय बालिकालाई बलात्कार गरेको भनी परिवारले प्रहरीमा उजुरी गरेका थिए ।

उजुरीका आधारमा आरोपी पौडेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर वमले जानकारी दिए ।

प्रहरीलाई परिवारले दिएको जानकारी अनुसार स्कुलबाट फर्किँदै गर्दा ती वृद्धले ललाई फकाई बाटोमा रहेको पसलमा बलात्कार गरेका हुन् । पसलको पछाडि रहेको सानो कोठामा लगेर बालिकाको कपडा खोलेर बलात्कार गरेको बुझिएको प्रहरीले जनाएको छ ।

‘बालिकाको अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरी निरीक्षक वमले भने, ‘रिपोर्ट आएको छैन, रिपोर्ट आएपछि थाहा हुन्छ ।’ प्रहरीले हिरासतमा रहेका पौडेलमाथि शुक्रबार नै जिल्ला अदालतबाट १५ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

जबरजस्ती करणी मुद्दा दायर गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बालिकाको स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ ।

 

श्रीमान विदेश गएपछि जेठाजु र ससुराबाटै बारम्बार बुहारी बलात्कृत

 

रुपन्देही, १५ मंसिर । लुुम्बिनीको शिवगढियाकी ३२ वर्षीय एक युवती आफ्नै ससुराको यौन शोषणबाट पीडित छिन् ।

बाबु समानका ससुराबाट दैनिक जसो हुने जबरजस्ती यौन शोषणका कुरा सुनाउन उनी स्थानीय प्रहरी चौकीसम्म पुगिन् । तर प्रहरीमा लिखित उजुरी हाल्नुअघि उनका ससुराको धम्की आयो ।

घर तथा गाउँबाटै निकाला गर्नसक्ने ससुराको धम्कीका कारण उनी उजुरी नदिई घर फर्किइन् । प्रहरीसम्म पुगेर आफूविरुद्ध उजुरी हाल्न खोजेको रिसमा उनका ससुराले अहिले झन् बढी प्रताडना दिन थालेका छन् ।

रोजगारीका लागि उनका श्रीमान् मलेशियामा छन् । तर उनी आफ्नो मनको पीडा मनमै राखेर बस्न बाध्य छिन् । घटनाका विषयमा प्रहरीले जानकारी त पायो तर लिखित उजुरी नपरेपछि पक्राउ गरेर कारवाही चलाउन सकेन ।

लुम्बिनीको मधुवनीकी नजिरा खातुनको समस्या पनि ठ्याक्कै त्यस्तै छ । तीन वर्षअघि रुपन्देहीको बेथरीका युवकसँग विवाह गरेकी खातुनलाई घरमा जेठाजु र ससुराले जबरजस्ती गर्न खोज्छन् ।

नमाने कुटपिट गर्छन् । घटनाका विषयमा श्रीमानलाई पनि जानकारी गराइन् । तर आफ्नै बाबुका विषयमा नचाहिने आरोप लगाएको भन्दै श्रीमानले समेत कुटपिट गरेपछि उनी माइतीमै बस्न थालेकी छन् ।

प्रहरीमा उजुरी हाल्न खोजेपछि बिग्रिएको घरबार फेरि सपार्न सकिन्छ कि भन्ने अपेक्षामा माइती पक्षले समेत उजुरी गर्न मानिरहेका छ्रैनन् । मुस्लिम समुदायका धेरै महिला यौन हिंसाबाट बढी प्रभावित रहेको पाइन्छ ।

घर परिवारको इज्जत र प्रतिष्ठामा आँच आउने डरले मुस्लिम समुदायका हिंसापीडित कुनै पनि महिला प्रहरीसम्म पुग्न डराउँछन् । घटनाका विषयमा प्रहरीले विभिन्न माध्यमबाट सूचना प्राप्त गर्छ तर लिखित उजुरीको अभावमा कारवाही चलाउन सकेको छैन । यस्ता घटना मुस्लिम समुदायमा अनगिन्ति रहेको प्रहरीको निष्कर्ष छ ।

महिलाविरुद्धका सबै प्रकारका हिंसा अन्त्य गर्ने राष्ट्रसंघीय महासन्धिअन्तर्गतको सिड समिति (सिडो कमिटी) ले महिलाको इच्छाविपरीत यौन सम्बन्ध राख्ने, शरीर छुने, जिस्क्याउने, अपशब्द सुनाउने, यौनसम्बन्धी चित्र देखाउने, इसारा गर्ने, आँखा झिम्क्याउने, परिबन्धमा पारी यौन सम्बन्ध राख्ने वा यौन कार्यमा लाग्न बाध्य पार्नेजस्ता कार्यलाई यौन हिंसाको परिभाषाभित्र समेटेको छ ।

तर तराईका मुस्लिम समुदायका महिला यस्ता उजुरी लिएर प्रहरीसम्म पुग्न समेत सकिरहेका छैनन् ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शङ्कर पोखेरेलका अनुसार पीडकले डर, त्रास र धाक देखाएर अनुचित प्रभावमा पार्ने गरेका कारण महिला हिंसाका कमै घटना मात्र प्रहरी समक्ष आइपुग्छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यो आर्थिक वर्षमा सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । यस वर्षको साउनदेखि अहिलेसम्म १२३ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् ।

यो वर्ष मानव बेचबिखन तथा ओसारपसारका ३८, जबरजस्ती करणीको प्रयास २७, जबरजस्ती करणी उद्योगअन्तर्गत नौ, बहुविवाहको १६, बालविवाहको एक, कर्तब्य ज्यानसम्बधी दुई घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका महिला प्रहरी सहायक निरीक्षक मीना आचार्यले जानकारी दिए ।

सबैभन्दा धेरै हिंसाका घटना रुपन्देहीको दक्षिणी क्षेत्रमा हुने प्रहरीको भनाइ छ । बलात्कार जस्तो जघन्य अपराधका घटनालाई पनि समाजमै मिलाउने ढाकछोप गर्ने काम हुने इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पोखरेलले बताए ।

परिवार तथा समाजबाट अपहेलित हुने डरले महिलाहरु उजुरी गर्न डराउँछन् इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्ल भन्छन, ‘‘प्रहरीमा आउने बित्तीकै परिवारले असहयोग गर्छ ।’

आत्मविश्वास र सहयोगको कमी, पीडितलाई सामाजिक कलङ्कका रुपमा लिने कारणले गर्दा पनि यौन हिंसाका घटना दर्तासमेत नहुने गरेको उनले बताए ।

‘विभिन्न सामाजिक अपहेलना र लान्छनाका कारण महिलाले उजुरी नै गर्दैनन्’’, अधिकारकर्मी इन्दिरा आचार्य भन्छिन्, ‘परिवार तथा समाजको भूमिका पीडादायी र असहयोगी छ ।’

न्यायको खोजीमा लाग्ने खर्च, लामो र झन्झटिलो न्याय सम्पादन प्रक्रिया, संरक्षण र सामाजिक पुनस्र्थापनाको अनिश्चताले गर्दा यौन हिंसाका घटना बाहिर नआउने उनको भनाइ छ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...