CG Electronics
IME Life
NIMB

अराजक बन्दै सरकार

NIMB
Himalayan Bank

रमेश कुमार बोहोरा
  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको साढे नौ महिना भएको छ । यसबीचमा जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी केही पाएनन् । त्यो त एउटा पाटो छँदैछ तर पनि जनताले स्वतन्त्रपूर्वक हिँड्डुल गर्न पाउने र बोल्न पाउने अधिकारमाथि नै बन्देज लगाउन खोजिएको छ । सरकारका पछिल्ला गतिविधि जनघाती हुँदै गएका छन् । जनताले बोलेका प्रत्येक शब्दमा सरकारले खबरदारी र निगरानी राख्दै आएको छ । आफू विरुद्ध बोल्नेलाई सरकारले जे पनि गर्ने भन्दै धम्क्याउन समेत थालेको छ ।
कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि सरकारले अझैसम्म घटनाका दोषीलाई पत्ता लगाउन सकेको छैन । सर्वसाधारण जनताले यस विषयमा आवाज उठाइँरहदा सरकारले यस विषयमा नबोल्न र नलेख्न सरकारी सञ्चारमाध्यम गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा उर्दी नै जारी गरेको छ ।
यस विषयमा सरकार असफल भएको र धेरै आलोचना आउन थालेपछि सरकारले आफ्नो लाज ढाक्न यस्तो गरेको बताइएको छ । शुक्रबार ‘सरकार पाइयो, न्याय पाइएन’ भनेर पर्चा पम्प्लेट टाँस्ने केही व्यक्तिलाई प्रहरी प्रशासनले पक्राउ गरेको छ भने प्रहरीले बिजुलीको पोलमा टाँसिएको पर्चा च्यातिदिएको छ । सरकार यो घटनामा उदाशिन बन्दै गएको छ । जतिसुकै ठुला घटना भएपनि प्रहरी प्रशासनको सक्रियतामा तत्कालै दोषीलाई पक्राउ गरिएका धेरै उदाहरण छन् । तर यस विषयमा सरकारले देखाएको मौनता साँच्चै रहस्यात्मक छ । घटना के र कसरी भयो सरकारले अहिलेसम्म केही जवाफ दिन सकेको छैन । कसैको मानिस यो काण्डमा पर्छ कि भन्ने डरले उसलाई लुकाउन सरकार अनेक दाउमा छ । पछिल्लो समयमा सरकारप्रति जनताको गुनासो बढ्दै गएपछि सामाजिक सञ्जाल फेसबुक ट्वीटर र अन्य माध्यममा कडा निगरानी गरिएको छ । सरकार र मन्त्रीविरुद्ध कसैले लेखे उनीहरुलाई पक्राउ गर्ने काम ह्वात्तै बढेको छ । मंसीर ११ गते सरकारले सामाजिक सुरक्षाकोषको कार्यक्रमको विषयमा प्रचारबाजी गरियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको यो योजना जनतालाई जानकारी दिनु स्वभाविकै थियो । तर चलचित्रका नायक जस्तो प्रधानमन्त्री ओलीको तस्वीर नै बिजुलीको पोलमा टाँगेर प्रचार गर्नु अस्वभाविक भएको जनाइएको छ । सामाजिक सुरक्षा कोष सञ्चालनमा आएपछि मानिसहरुले धेरै राहत पाउँछन् र जीवन सुरक्षित भएको महशुस गर्छन भनिएपनि यसको प्रभावकारिता के रहन्छ र यो कसरी लागु हुन्छ भन्ने विषयमा सरकारले अहिलेसम्म बुझाउन सकेको छैन ।
मानिसकै जीवन तत्काल असुरक्षित भएपछि भोलिको दिनमा पाइने सेवा सुविधाको के अर्थ रहन्छ? भनेर धेरैले आलोचना समेत गरेका छन् । सरकार आफू असफल भएको छ । तर यसलाई ढाकछोप गर्न उ उल्टै जनतामाझ खनिएको छ । निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा नगरेर सरकारले जनमतको धज्जी उडाएको छ । दुई तिहाइको सरकार भनेपनि जनताले यसको अनुभूति गर्न पाइरहेका छैनन । सरकार अनावश्यक काममा सरकारी ढिकुटी खर्च गर्नमै व्यस्त छ भने उसले अघि सारेको सुखी नेपाली र समृद्धि नेपालको नारा समेत हावादारी बन्दै गएको छ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...