निर्वाण चौधरी नबिल बैंकको सञ्चालकमा पुन: मनाेनित
Thursday Dec 06, 2018
वि.सं.२०७५ मंसिर २० बिहीवार ०८:५४

काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालकमा निर्वाण चौधरी पुनः मनोनित भएका छन् ।
एनबी इन्टरनेशनल लिमिटेडको तर्फबाट चौधरीलाई सञ्चालक मनोनित गरिएको नबिल बैंकले जनाएको छ । मनोनित सञ्चालक चौधरीको नयाँ कार्यकाल सोमबार बसेको बैंकको सञ्चालक समितिको ५०२ औं बैठकबाट सुरु भएको बैंकले जनाएको छ ।
नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत स्वामित्व छ । बैंकमा इन्टनेशनलले सिफारिस गरेको एकजना सञ्चालक नियुक्त हुने व्यवस्था छ ।




























