CG Electronics
Ncell NPL
NIMB

पबित्र रक्सी पिएका माधव नेपालले रुन्चे स्वरमा भने-‘प्रधानमन्त्री आफैले पत्र लेख्नु र सरकार आयोजक बन्नु गल्ती भयो’

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

एसिया प्यासिफिक सम्मेलनमा सरकारको सक्रियता एवं सहभागितालाई लिएर अहिले पनि बहस र विवाद जारी छ । यसमा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सहभागिता र सक्रियतालाई लिएर उनकै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै पनि ठूलै हङ्गामा छ । नेता नेपालको भूमिकाप्रति सोही पार्टीका नेताहरूले प्रश्न उठाएका छन् । विवादित संस्थाको आयोजनामा सम्मेलन गराउने विषयमा नेता नेपालको रुचि किन थियो ? र, यस्तो सम्मेलनमा उनले किन सहभागिता जनाए ? यिनै विषयमा केन्द्रित रहेर रा वरिष्ठ नेता नेपालसँग गरेको कुराकानीको मुख्य अंश ।

एसिया प्यासिफिक सम्मेलनलाई लिएर सरकार र नेकपा विवादमा तानिएका छन्, यसमा तपाईंको धारणा के छ ?

एसिया प्यासिफिक समिट नेपालमा हुनु भनेको आफैमा पनि खुसीको कुरा हो । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, फैलाउन र प्रबद्र्धन गर्न यदि नेपाललाई आयोजना स्थल बनाइन्छ भने त्यो यो राम्रै कुरा हो । जहाँसम्म यो संस्थाको कुरा रहेको छ, त्यो संस्थाभित्र तीनवटा छुट्टाछुट्टै संस्था छन् । एउटा युनिभर्सल पिस फेडेरेसन, अर्को इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटकल पार्टिज् (आईक्याप) र तेस्रो इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टिरियन फर पिस (आईएपीपी) हो ।

तीनवटा संस्थामध्ये आईक्यापमा एसियाका तीन सय ५० वटा पार्टी र तीनका नेता संलग्न छन् । त्यसका संस्थापक अध्यक्ष होजे डे भेनेन्सिया आफैले सम्मेलनमा सहभागिता जनाउने चासो राख्नुभएको थियो । तर उहाँलाई एक हजार मिटरमाथिको उचाइमा समस्या हुने भएकाले स्थायी समितिका सदस्यहरू, थाइल्यान्डका पूर्वमन्त्री र बीजेपीका नेता विजय जोलीलाई खटाउनुभएको हो । मसँग पनि उहाँले आईक्यापको विषयमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । मैले पनि नेपालमा हुँदा राम्रै हुन्छ भनेर भनेको हुँ ।

त्यसैगरी शान्तिका लागि सांसदहरूको अन्तर्राष्ट्रिय सङ्गठन (आईएपीपी) भन्ने संस्था छ । त्यो सङ्गठनमा विभिन्न देशका सांसदहरू जोडिएका छन् । भारतको सत्ताधारी पार्टीकै एकजना सांसद सो सङ्गठनअन्तर्गत भारतको प्रमुख हुनुहुन्छ । जहाँसम्म युनिभर्सल पिस फेडेरेसनको कुरा छ, यो सङ्गठनलाई संयुक्त राष्ट्रसङ्घको आर्थिक र सामाजिक परिषद्ले साधारण सदस्य नै बनाएको हुनाले यस्तो संस्थामाथि हामीले प्रश्न खडा गर्नुभन्दा यूएनसँग सोध्दा राम्रो हुन्छ । नेपाल सरकारलाई शङ्का लागेको छ भने सोधखोज गर्न सकिन्छ । मलाई पनि यी सबै विषयमा जानकारी हुने कुरा भएन । मैले संस्थाबारे प्रश्न खडा गरेको छैन । र, प्रश्न खडा गर्न उचित पनि ठानेको छैन । उसको उद्देश्य प्रणाली जे रहेको छ, त्यो पनि ठीक देखिन्छ । त्यो संस्थाको उद्देश्य नै विश्वशान्ति रहेको छ । अर्को कुरा यो संस्था पहिलो पटक नेपाल आएको पनि होइन । यो संस्थालाई लिएर अचानक यति ठूलो विवाद गर्नुको पछाडिको कारण के होला ? मैले पनि बुझ्न सकेको छैन । पहिलेदेखि नै प्रश्न खडा भएको भए एउटा कुरा हुन्थ्यो । त्यसमाथि यो संस्था नेपालको शन्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलिरहेका संस्थामध्ये एक पनि हो ।

एउटा कम्युनिस्ट पार्टीको सिद्धान्त र धर्मनिरपेक्ष राष्ट्र उल्लेख भएको हाम्रो संविधानविपरीत एउटा अमूक धर्मको प्रचारक संस्थाको प्रवद्र्धक नै बनेर सरकार र पार्टीका नेतृत्व लागेपछि विरोध हुनु स्वभाविक भयो, होइन र ?

हामी त्यो संस्थाको सदस्य पनि होइनौँ । हामी त्यो संस्थामा संलग्न पनि छैनौँ । त्यो संस्थाले आयोजना गरको कार्यक्रममा सहभागी भएका मात्रै हौँ । सहभागी नै हुनुहुँदैन भन्ने हो भने त हामीले तय गर्नुपर्यो यो–यो र यस्ता–यस्ता संस्थाका कार्यक्रममा सहभागी हुनुहुँदैन भनेर । किनभने युनिभर्सल पिस फेडेरेसनले आफै धर्मको प्रचार गर्दैन, गरेको पनि मैले पाएको छैन । उसँग जोडिएका कतिपय संस्था वा व्यक्तिहरूबारे प्रश्नहरू उठेका होलान् । त्यसरी उठेका प्रश्नको छानविन गर्नुपर्छ भन्ने हो भने, त्यो पनि गर्नुपर्छ ।

धर्मको कुरा छ भने व्यक्तिको निजी आस्थाको विषयका रूपमा लिनुपर्छ । कसैले आफूलाई देवताको अवतार ठानेको छ भने त्यसमा हामीले के गर्ने ? यदि त्यस्तै हो भने हाम्रो देशमा अस्ति भर्खर जैन धर्मका गुरु आउनुभएको थियो । त्यहाँ सबै मानिस पुग्नुभएको थियो । त्यसो भए त त्यहाँ पनि पुग्नुहुन्थ्यो या हुँदैन थियो ? त्यस्तै राधेराधेका पनि ठुलै गुरु हुनुहुन्छ । उहाँ कृष्णकै अवतार मानिनुहुन्छ । त्यसलाई कसरी लिने ? हामी त कम्युनिस्ट भयौँ, धर्म मान्दैनौँ । हामीलाई धर्मसँग मतलब पनि छैन । तर, त्यो कार्यक्रममा सहभागी हुनेबित्तिकै धर्म परिवर्तन गरेको अनुवाद गरियो । यदि त्यस्तो हो भने पाकिस्तानका प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो । उहाँको धर्म बदलिनुपर्ने नि ? भारतीय जनता पार्टीका तीन जना नेता पनि हुनुहुन्थ्यो । उहाँहरूको पनि धर्म परिवर्तन हुनुपर्यो । इस्लाम धर्मका ताज महमद हुनुहुन्थ्यो, उहाँको पनि धर्म परिवर्तन हुनुपर्ने । त्यसैगरी धेरै हिन्दु र बुद्ध धर्मका गुरुहरू कार्यक्रममा आउनुभएको थियो । उहाँहरू सबैको धर्म परिवर्तन त भएन होला । बरु सर्व धर्म समान भन्ने भावनाका साथ सबै धर्मको बीचमा सहिष्णुता र सहअस्तित्वको भावना रहोस् भन्ने सन्देश उहाँहरूले दिनुभयो ।

पाकिस्तानका प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो । उहाँले जाऊँ–जाऊँ भनेपछि कुन ठूलो कुरो भयो र ? यस्ता प्रसङ्गहरूलाई मैले विशेष रूपमा लिन्न । मेरा बारेमा किन अनावश्यक कुरा हुन्छ ? पाकिस्तानका प्रधानमन्त्रीको पनि विरोध गर्नुपर्यो ।
कार्यक्रमको एउटा पक्ष के थियो भने सबै धर्मका गुरुहरूसँग संवाद गरेर ‘कसरी राम्रो हुन्छ ? कसरी राम्रो संस्कार विकास गर्न सकिन्छ ?’ भन्ने विचार त्यहाँ व्यक्त भएका थिए । त्यहाँ कुनै एउटा धर्मको प्रचार गरेको मैले देखिनँ । त्यहाँ क्रिस्चियन, जैन, शिख, इस्लाम, हिन्दु सबै धर्मका मानिस थिए । हिन्दु धर्मका अझै प्रकाण्ड विद्वान र गुरुहरू पनि हुनुहुन्थ्यो । उहाँहरू सबै आफ्नो धर्मप्रति निष्ठावान नै हुनुहुन्थ्यो । कुनै एउटा सेसनमा एउटा धर्मको कुरा भएको हुनसक्छ । त्यसमा हाम्रो कुनै सरोकार रहने कुरा भएन ।

त्यस कार्यक्रमको आयोजना गर्न तपाईं आफू नै पूर्णरूपमा सहभागी हुनुभयो भन्ने छ नि त ?

पाकिस्तानका प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो । उहाँले जाऊँ–जाऊँ भनेपछि कुन ठूलो कुरो भयो र ? यस्ता प्रसङ्गहरूलाई मैले विशेष रूपमा लिन्न । मेरा बारेमा किन अनावश्यक कुरा हुन्छ ? पाकिस्तानका प्रधानमन्त्रीको पनि विरोध गर्नुपर्यो ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...