CG Electronics
Ncell NPL
NIMB

हामीसँग संसारका सबै मदिराका टेष्टहरू पाईन्छ

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

    नवराज श्रेष्ठ, युवा व्यवसायी,

व्यावसायिक क्षेत्रमा छिटो फड्को मार्दै गरेका युवा उद्यमी हुन् नवराज श्रेष्ठ । इमान्दारिता, लगनशिलता, धैर्यता र सबैसँग मिठो बोलीचालीका साथै जस्तो सुकै समयमा पनि कामलाई नै बढी प्राथमिकतामा राख्ने भएकाले नै आज नवराजले व्यवसायिक क्षेत्रमा स्वदेशमा मात्र नभएर विदेशमा समेत चर्चा कमाउन थालेका छन् । २०५७ सालमा उच्च शिक्षाका लागि राजधानी आएका श्रेष्ठले कम समयमै आफूलाई सफल युवा उद्यमीका रूपमा परिचित गराएका छन् ।

उच्च शिक्षापछि पारिवारिक व्यवसायसँगै अगाडि बढेका श्रेष्ठका सुरूका दिनहरू केही कठिनाइपूर्ण भए तापनि बिस्तारै मिहिनेत र लगनशीलताले आफ्नो व्यवसायलाई विस्तार गर्न सफल भएका छन् । पारिवारिक पृष्ठभूमिलाई हेर्दा श्रेष्ठका पिता श्रीराम श्रेष्ठले पञ्चायतकालदेखि बहुदलसम्मको (२०२० देखि २०६३सम्म) दोलखा जिल्लाको ग्रामीण भेगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए । कपडा पसलबाट सुरू भएको पिताको व्यवसायलाई पछि थप गर्दै छोराहरूसम्म पुग्दा व्यापार व्यवसाय फैलिएर एक्सपोर्ट ईम्पोर्टसम्मको व्यापार–व्यवसाय यस व्यापारिक घरनामा सुरू भएको छ ।

नेपाली कार्पेटलाई निर्यात र विदेशी कार्पेटलाई आयात गर्दै फर्निसिङ व्यवसायबाट सुरू भएको श्रेष्ठको व्यापार यात्रा २०६४ देखि अहिलेसम्म आउँदा अन्तर्राष्ट्रियकरण भइसकेको छ । श्रेष्ठले हाल फर्निसिङ, मोटर र वाईन गरी मुख्य तीन व्यवसाय एक साथ सञ्चालन गरिरहेका छन् । फर्निसिङ र यातायातका साथै वाईन स्प्राइटको खुद्रा तथा होलसेलको व्यवसाय सुरू गरेका श्रेष्ठका आगामी योजना भने नेपाली ब्राण्डका वाईनलाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउनु रहेको छ । नेपाली घरेलु उत्पादनको अर्गानिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउनुका साथै नेपाली वाईनका उत्पादनहरूलाई विश्वव्यापी बनाउने योजना रहेका उनिसँग रमेश कुमार बोहोराले गरेको कुराकानीः–

अहिले केमा ब्यस्त हुनुहुन्छ ?
आफ्नो व्यवसायमा नै आफूलाई व्यस्त राखेको छु भने सरकारले मदिरा व्यवसाय र यससँग सम्बन्धित भएर गरेको निर्णयप्रति हामी गम्भीर छलफलमा छौ । व्यवसायी तथा आम ग्राहकहरूकै मध्यनजरमा हामी विशेष फोकस गरिरहेका छौ ।

अब कसरी अघि बढने सोचमा हुनुहुन्छ ?

सम्पूर्ण मदिरा व्यवसायीहरूले २०७५÷०७÷२८ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित ‘मदिराजन्य वस्तुको विक्री वितरण, सेवन तथा उपयोग सम्बन्धि अन्तरक्रिया तथा छलफल’ कार्यक्रम पछि एउटा निर्दिष्ट लक्ष्यका साथ राष्ट्रलाई पनि फाइदा र उपभोक्तालाई पनि फाइदा हुने खालको एजेन्डा सहित अघि बढने तयारी हाम्रो मदिरा उत्पादक तथा व्यवसायीहरू छौ ।

समाज र जनताको लागि मदिराजन्य पेय पदार्थ राम्रो त होइन नि ?

पक्के पनि । तर, सामाजिक रितिथिति परम्परा पनि त यसैले धानेको छ । हामीले गरेनौ भने अरूले गर्छ । यस अर्थमा हामीले हाम्रो समाज सुधार्ने भन्दै गर्दा हाम्रो समाजमा अरूको हाली मुहाली त हेरेर बस्ने कुरा आउँदैन । देशको अर्थतन्त्रलाई किन विदेश पठाउने ?

भनेपछि मदिरा उत्पादन र विक्री वितरण रोकिदैन ?

मैले अघिपनि भने हामीले नगरे अर्कोले गर्छ । खुल्ला बजार, प्रतिस्पर्धी व्यवसायिक दायरा भएको हाम्रो जस्तो मुलुकमा भोली विदेशका ठूला ब्राण्डहरूले हाम्रो मौलिक समाज र बजारलाई छपक्कै छोप्न सक्छन तसर्थ हामीले केही सोच्नै पर्छ र मैले त सोचि पनि सकेको छु ।

मैले पनि सोचि सोकेको छु भन्नु भयो, के सोच्नु भएको छ त ?

विदेशी ब्राण्डहरू मात्र होइन अब हाम्रो ब्रान्डलाई विदेशी कम्पनीहरूले फ्रेन्नचाइच (किन्ने) अधिकार, लिन आउने छन् । सम्झनुहोस् त्यति बेला देशको अर्थतन्त्रलाई कति टेवा पुग्छ भनेर । हामी हाम्रो लोकल स्वादलाई विश्व सामु फरक टेष्ट र उत्कृष्ट ब्रान्ड बनाएर विश्व बजारमा लैजाने प्रयास गर्ने छौ ।

विदेशी व्रान्डहरूसँग प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ?

संसारले फरक कुरा फरक स्वादलाई सधै आत्मसाथ गरेको छ । ल्यत यलथि ाययम बलम मचष्लपक जस्तो की सिनेमा कै कुरा गर्दा पनि तजयगनज या ज्ष्लमगकतब भन्दा बढाई हो ले सफलता प्राप्त गर्नुमा नै तपाईंले अनुमान लगाउन सक्नुहुन्छ । सिनेमा र उत्पादन पनि उस्तै हो । फरक टेष्ट बजारमा मज्जाले विक्छ । हामीसँग संसारकै फरक र मिठा मदिराका टेष्टहरू छन् । खै ति कुराहरूलाई हामीले बजारमा ल्याएको ?

अब अलिक प्रसंग बदलौ, छोटो समयमै यहाँले व्यवसायिक सफलता हासिल गर्नुभयो ? यो कसरी सम्भव भयो ?

सफलताको लागि सानो उमेर र छोटो समय भन्ने हुँदैन । लगनशीलता, मिहिनेत, लगाव र आर्शिवादको मिलन हुनु जरूरी छ । यदी तपाईंमा केही गर्छु भन्ने उद्देश्य र सोच छ भने पक्कै तपाईंले सफलता प्राप्त गर्नु हुने छ ढिला चाडो मात्रै हो । मेरो हकमा भन्नु पर्दा मेरो पारिवारिक पृष्ठभूमि र मेरो सम्पूर्ण परिवारनै व्यापार व्यवसायमा भएको मलाई सजिलो भने पक्कै भएको हो । मेरो बुबासँग २०२० सालदेखि २०६३ सम्म कपडाको व्यापारको अनुभव सायद मलाई मेरो बुबाकाके आर्शिवादले आज म यहाँ छु ।

तपाईंले व्यापार व्यवसायबाटै थुप्रै सम्मान तथा अवार्डहरू प्राप्त गर्नुभएको छ, समाज सेवा के हो तपाईंको विचारमा ?

समाज सेवा मेरो आत्म सन्तुष्टि हो । जब मेरो आत्मले चाहन्त म हरदम समाज र सामाजिक सेवामा लागि रहन्छु । कामाएको केही अंश समाजको सामाजिक कार्यमा खर्चिन पाउँदा गर्व महशुस हुन्छ । यही कारण त मलाई समाजले सम्मानको हकदार बनाएको छ । अवार्डहरू दिलाएको छ ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

फर्निसिङ व्यवसायबाट सुरूवात भएको हाम्रो व्यापार सुरूमा काठमाडौँको चावहिलमा सुरू भएको थियो भने पछि त्यसलाई फैलाउँदै कोटेश्वर र पेप्सीकोला गरी थप दुई आउटलेडहरू सञ्चालनमा ल्याऔ । अहिले हाम्रा आयात–निर्यातका व्यवसायबाट थुप्रै नेपाली युवाहरूलाई रोजगार दिनुका साथै राष्ट्र निर्माणमा समेत ठूलो टेवा पु¥याएका छौ हामीले । हामीले छिट्टै नै पर्यटकलाई लक्षित गरी पर्यटक बस सञ्चालन गर्ने तयारीमा गरेका छौ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालनमा आउने बसहरूले सस्तो दरमा पर्यटकहरूलाई घुमाउने लक्ष्य राखिएको छ । फर्निसिङ र यातायातका साथै वाईन स्प्राइटको खुद्रा तथा होलसेलको व्यवसाय सुरू गरेको हाम्रो आगामी योजना भने नेपाली ब्राण्डका वाईनलाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउनु हो । नेपाली घरेलु उत्पादनको अर्गानिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउनुका साथै नेपाली वाईनका उत्पादनहरूलाई विश्वव्यापी बनाउने योजना रहेको छ ।

 

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा: यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा:...

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:५१

काठमाडौं, नेपाल – १७ अप्रिल २०२६ – Yamaha Nepal ले...

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...