वडाध्यक्ष र सचिवलाई कारवाहीको मांग
Monday Feb 11, 2019
वि.सं.२०७५ माघ २८ सोमवार ०३:४२

निरंजन कुमार साह, २८ माघ । प्रदेश नम्बर दुई को राजधानी जनकपुरमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र साह र वडा सचिव गौरीशंकर साहको मिलीभगतमा कार्यालयमा राजश्व छली हुने गरेको खुलासा भएको छ ।
वडा नम्बर ११ कार्यालयले सेवाग्राहीबाट बुझेको रकमको रसिद नदिई राजश्व छली गर्ने गरेको सामाचारप्रति आफनो ध्यान आकृष्ट भएको नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर कार्य समितिले जनाएका छन ।
समितिका सभापति मनोज कुमार साहले आईतवार एक प्रेस विज्ञप्ति जारी गरि सचिव राजपाबाट निर्वाचित वडाध्यक्ष रामचन्द्र साह र वडा सचिव गौरीशंकर साहलाई कारवाहीको मांग गरेका छन ।
बिहीबार उपमहानगरपालिकाकी उपमयेर रिताकुमारी मिश्रसहितको टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा वडा कार्यालयले राजश्व रकम छली गर्दै आएको खुल्न गएको छ ।
वडा कार्यालयले सेवाग्राहीबाट लिने दस्तुरको रसिद र दर्ता चलानीको तथ्यांक मिलान नभएपछि राजश्व छली हुने गरेको देखिएको हो । पछिल्लो समय माघ १५ गते कार्यालयले एक सेवाग्राहीबाट घरबाटो प्रमाणितवापत एक हजार १० रुपैयाँ लिएको थियो ।
तर, वडा कार्यालयले सेवाग्राहीलाई राजश्व रसिद नदिएको भेटिएको छ । यही प्रमाणका आधारमा उपमेयर झा, निमित्त प्रशासकीय अधिकृत प्रदीप साहसहितको टोली बिहीबार वडा कार्यालय पुग्दा अरु सेवाग्राहीलाई पनि रसिद नदिएको पाइएका छन ।
एक सय २४ जना सेवाग्राहीका नाममा दर्ता चलानी गरिए पनि २७ वटा रसिद मात्र काटेको पाइएका छन ।




























