CG Electronics
Ncell NPL
NIMB

आफूलाई कुमारी बताउने अत्यधिक मोटी युवतीले बच्चा जन्माइन्, यस्तो रहेछ रहस्य

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ फागुन ७ । आफूलाई ‘भर्जिन’ बताउने र कहिले पनि प्रेमी नबनाएको दाबी गर्ने एक युवतीले रहस्यमयी तरिकाले बच्चालाई जन्म दिएकी छिन् ।

चीनको गुइयाङकी २० वर्षे महिला पेट दुखेपछि अस्पताल पुगेकी थिइन् । त्यहाँ उनलाई डाक्टरले गर्भवती भएको बताएपछि उनले सो कुरा विश्वास गर्न मानिनन् ।

डाक्टरका अनुसार पढेलेखेकी ती महिला अत्यधिक मोटी थिइन् त्यसकारण उनलाई आफू गर्भवती भएको पत्तै भएन ।

घटना त्यतिबेला जटिल भयो जब उनले बच्चा निकाल्न शल्यक्रिया गर्नुअघि आफ्नो कुमारित्व परीक्षण गर्न माग राखिन् ।

गुइयाङ्ग इभिनिङ पोष्टले यसबारे फेब्रुअरी १५ तारिखमा समाचार लेखेको छ । युवतीलाई गुइझाउ प्रान्तको गुइयाङ्गस्थित एक अस्पतालमा राखिएको थियो ।

ती युवतीलाई प्रसव पीडा हुनै लाग्दा पनि आफू गर्भवती भएको थाहा नभएको बारे थाहा पाएपछि अस्पतालका कर्मचारी चकित परेका थिए ।

जब डाक्टरले उनी गर्भवती भएको बारे जानकारी दिए, २० वर्षे ती युवतीले भनिन्, ‘असम्भव, म कुनै पनि हालतमा गर्भवती हुन सक्दिनँ ।’

नाम नखुलाउने शर्तमा डाक्टरले मिरर डट को डट युकेलाई भने, ‘उनले आफ्नो कुमारीत्व परीक्षणको माग राखिन् । यो निकै चकित पारिदिने खालको थियो ।’

युवतीको भनाई उद्धृत गर्दै अस्पतालका कर्मचारीले भने, ‘उनलाई पुरुषहरु मन पर्दैन, कहिले पनि प्रेमी बनाइनन् र कहिले पनि यौन सम्बन्ध राखिनन्, त्यसकारण आफू गर्भवती हुनै नसक्ने उनले दाबी गरिरहेकी थिइन् ।’

जब उनका डाक्टरले रक्सीको मातमा यस्तो भएको हो कि भनेर सोधे तब उनले भनिन्, ‘मलाई रक्सीसँग एलर्जी छ, मैले कहिले पनि रक्सी छोएकै छैन ।’

महिलाको तौल अत्यधिक भएकाले उनको पेटमा विगत ९ महिनादेखि बच्चा हुर्किरहेको छ भन्ने थाहा नभएको हुनसक्ने डाक्टरले बताएका छन् ।

‘उनी गर्भवती छिन् र चाँडै नै प्रसव पीडामा जाँदै छिन् भन्ने बारे उनलाई सम्झाउनै सकिएन,’ डाक्टरले भने ।

उनको स्वास्थ्यस्थिती बिग्रन थालेपछि अस्पतालले युवतीको शल्यक्रिया गर्यो । उनले फेब्रुअरी ६ तारिखमा छोरालाई जन्म दिइन् ।

नवजात शिशुलाई उनकी आमाले छुनसमेत हिच्किचाएपछि महिलाको परिवारलाई सुम्पिइयो ।

रिपोर्टका अनुसार ती युवती एक्लै बस्थिन् । उनको तौल अत्यधिक भएको र महिनावारी पनि गडबडी भएकाले उनलाई गर्भ बसेको पत्तै भएन ।एजेन्सी

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...