CG Electronics
IME Life
NIMB

पर्सामा सामूहिक आत्महत्याको प्रयास, एक जनाको मृत्यु, दुई घाईते

NIMB
Himalayan Bank

वीरगञ्ज फागुन २८ । पर्साको जीराभवानी गाउँपालिकामा तीन जनाले सामूहिक आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

जसमा एक युवतीको मृत्यु भएको छ भने दुई जना बिरामी भई भारतको इनर्वा बजारमा उपचार भइरहेको छ । जिराभवानी गाउँपालिका ४ सढीटोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको हो ।

भारतको इनर्वा बजारस्थित डा। अनिल कुमारको क्लिनिकमा उपचार क्रममा उनको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ ।

सोही गाउँकी १३ बर्षकी मजिता कुमारी र जिराभवानी गाउँपालिका वडा नं २ सेढवा २२ वर्षका सञ्जय दास बिरामी छन् ।

उनीहरु भारतको इनर्वा बजारमै उपचार गराई घर फर्किएका छन् । उनीहरुले विष सेवन गरेको आशंका गरे पनि पुष्टि भएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘उनीहरुले विष सेवन गरेको आशंका गरिएको छ, मृतकको शव पोष्टमार्टमका लागि वीरगञ्ज ल्याइसकेका छौं’ उनले भने ‘भागेर विवाह गर्न खोज्दा घटना भएको जस्तो देखिन्छ । उनीहरुलाई यता ल्याएपछि थप कुरा खुल्छ । ’

के हो घटना ?

स्थानीयका अनुसार २६ गते सञ्जय दास, राम चौधरीलगायत ५ जना केटाहरु सजिता र मजितालाई लिन उनीहरुको गाउँ गएका थिए । तर उनीहरु मध्ये ४ जनालाई स्थानीयले पक्रेर प्रहरीलाई बुझाए । दुईजनालाई लिएर सञ्जय मोटरसाइकलमा भागेका थिए ।

स्थानीयले दिनभरी खोजतलास गर्दा पनि उनीहरु फेला परेनन् । उनीहरु भारततर्फ भागेर राति मात्रै फर्केको बुझिएको छ । सञ्जय दुई युवतीसहित आफ्नो घर पुगेका थिए । त्यसपछि उनीहरु बाहिर गएका छैनन् ।

बिहान सञ्जयको आमाले तीनै जना बेहोस भएको थाहा पाइन् । त्यसपछि गाउँलेलाई हार गुहार गरेर उनीहरुलाई उपचारका लागि भारतीय बजार इनर्वा पुर्‍याइयो । सजितालाई चिकित्सकले मृत घोषित गरे । पक्राउ परेकाहरुसँग प्रहरीले सोधपुछ गरिरहेको छ । पक्राउ परेका मध्येका राम चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ ।

घटनाबारे प्रहरीले फागुन २७ गते बिहान ११ बजे मात्रै जानकारी पाएको थियो । त्यसपछि घटनाबारे अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले उनीहरु सुतेको भनिएको कोठामा विष सेवन गरेको पुष्टि हुने कुनै प्रमाण नभेटिएको बताए ।

‘ परिवारले विष सेवन गरेको भनेका छन्, तर विषको बोतल लगायतका कुनैपनि वस्तु कोठामा भेटेका छैनौं’ उनले भने ‘अहिले नै यकीन भन्न सक्ने अवस्था छैन । हामी अनुसन्धान गरिरहेका छौं । ’

सामाजिक सचेतनाको खाँचो

कानुनले विवाहको उमेर २० वर्ष तोकेको भएपनि पछिल्ला दिनमा तराई मधेसका जिल्लामा कम उमेरमै भाग्ने प्रचलन बढी रहको छ । त्यसले गर्दा अभिभावक र प्रहरी प्रशासन हैरान भइसकेका छन् ।

 

कतिपय अभिभावकले छोरी भगाउने केटा विरुद्ध मानव बेचविखन, अपहरण तथा शरीरबन्धक र जर्बजस्ती करणीको मुद्धा दर्ता गराउन आउने गरेका छन् । प्रहरीले केटा केटी दुवैलाई झिकाएर अभिभावकको जिम्मा लगाएर पठाएपनि कतिपय किशोर किशोरी पुन भाग्ने गरेका घटना समत भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

समाजमा छोरा छोरीले अन्तरजातिय विवाह, भागी विवाह र प्रेम विवाह हुँदा इज्जत प्रतिष्ठामा आँच आउँछ भन्ने सोच विद्यमान रहेको जानकारहरुको भनाइ छ । अधिवक्ता विनोद कुर्मी समाजमा पछिल्लो समयमा देखिएको घटनाहरु रोक्नका लागि स्थानीय सरकार, अभिभावक र शिक्षकहरु सचेत हुनुपर्ने बताए । विद्यार्थीलाई नैतिक शिक्षा दिनु आवश्यक देखिएको पनि उनको भनाइ छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...