CG Electronics
IME Life
NIMB

नमस्कार गर भन्दा खुट्टा ढोग्न र जुत्ता चाट्न लगाएको आरोप

NIMB
Himalayan Bank

ओखलढुंगा फागुन २८। ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं. ४ स्थित कुण्डली माविका कर्मचारी सुजन सुनुवारमाथि प्रारम्भिक बालकक्षाका दुई बालकलाई खुट्टा ढोग्न र जुत्ता चाट्न लगाएको भन्ने आरोप लगाइएको छ ।

घटनाको सत्यतथ्य नबुझी विद्यालय व्यवस्थापन समितिका अध्यक्षले घटना तोडमोड गरेर मिडियालाई जानकारी गराई चरित्रहत्या हुने गरी समाचार सम्प्रेषण गराएका हुन् ।

कर्मचारी सुजन भन्छन्, ‘म घाम ताप्दै थिएँ । जोन दर्जीले बिस्कुट खाइरहेका थिए, नजिकै दुई बालक रिकेश दर्जी र आकाश दर्जी थिए । नजिकै बसेका सहपाठीले हेरिरहेका थिए । यत्तिकैमा मैले नमस्कार गर अनि उसले तिमीहरुलाई बिस्कुट दिन्छ भनिदिएँ ।’

घटनालाई बेलुका बालकका अभिभावकले जुत्ता चाट्न लगाएको आरोपसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी गराए । उक्त जानकारीपछि समितिका अध्यक्षले प्राधानाध्यापक, शिक्षक र कर्मचारीसँग कुनै पनि सोधपुछ नगरी सिधै समाचार सम्प्रेषणका लागि खबर गरेको कुरा कर्मचारी सुनुवारले बताए । स्मरणरहोस् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै खिजिदेम्बा गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष हुन् । घटना सम्बन्धमा जानकारी लिन कहींकतैबाट आफूलाई सोधपुछ नभएको उनले बताए ।

विद्यालयका प्रधानाध्यापक नारायण दाहालका अनुसार सुजनले बिस्कुट खाने भए नमस्कार गर भन्दा रिकेश र आकाशले खुट्टा ढोगाएको कुरा घरमा भनेपछि सामान्य विषयलाई ठूलो बनाइएको बताए । आफूले बिहान अभिभावकहरुलाई विद्यालयमा बोलाएर छलफल गर्दा समाचारमा आएको जस्तो घटना नभएको कुरा पनि बताए ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...