CG Electronics
IME Life
NIMB

छातीको एक्सरे गर्न आएकी युवतीलाई डाक्टरले अरु नै गरेपछि ….

NIMB
Himalayan Bank

परासी, २८ फागुन । छातीको एक्सरे गर्न आएकी युवतीलाई कोठामा लगेर ‘अर्थोकै’ गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

पाल्हीनन्दन गाउँपालिका–४ लोहरौलीमा एक्सरे प्याथोलोजी क्लिनिकका सञ्चालक २४ वर्षीय अमृश यादवले १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् । दुर्व्यवहार आरोपमा पक्राउ परेका यादव रामग्राम नगरपालिका–९ का हुन् । केही समयदेखि यादवले लोहरौलीमा क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

दुर्व्यवहार गरेको भन्दै स्थानीयले क्लिनिकमा तोडफोड गरेका छन् । आक्रोाशित स्थानीयवासीले प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन् । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

ल्याव असिस्टेण्ट समेत रहेका निजी क्लिनिक सञ्चालक यादवले छातीको एक्सरे गर्ने भन्दै कोठाभित्र लगेर यौन दुव्र्यवहार गरेको पीडित पक्ष र प्रहरीको आरोप छ । दुर्व्यवहारमा पर्ने किशोरी भने भारतीय हुन् । छाती दुखेपछि भारतीय स्वास्थ्यकर्मीको सल्लाहमा एक्सरे गर्न किशोरी बुवासहित क्लिनिकमा पुगेकी थिइन् । भारतीय सीमा क्षेत्रको बर्गदवामा एक्सरे सेवा उपलव्ध छैन । जसकारण त्यस क्षेत्रका भारतीय बिरामीहरु सीमावर्ती नेपालका स्वास्थ्य संस्था र क्लिनिकहरुमा आउने गरेका छन् ।

प्रहरीका अनुसार भारतको सीमावर्ती बजार बर्गदवाबाट बुवासँग आएकी किशोरीलाई एक्सरेका लागि छातीको कपडा खोल्न लगाएका थिए । यादवले किशोरीका बाबुलाई बाहिर राखेर एक्सरे कक्ष बन्द गरेका थिए । छातीको कपडा र अन्य कपडा खोल्ने प्रयास गर्दै अन्य संवेदनशील अंगमा हात लग्न थालेपछि किशोरी चिच्चाउँदै एक्सरे कक्षबाट बाहिर आएको उनलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

दुर्व्यवहारपछि आरोपितलाई मोसो दल्ने तयारीमा रहेका स्थानीय र प्रहरीबीच भनाभन भएको थियो । त्यस क्रममा स्थानीयले प्रहरी चढेको बा १ झ ६४४५ नम्बरको गाडी समेत तोडफोड गरिएको छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...