CG Electronics
IME Life
NIMB

यी चार बैंकका सिइओको जागिर जाने यसरी भयो निश्चित,यस्तो छ कारण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । मन्त्रीपरिषद्बाट स्वीकृत भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक पारित भएमा बाणिज्य बैंकहरुका चार जना प्रमुख कार्यकारी अधिकृतहरुको जागिर जाने भएको छ। सरकारले बाफिया (पहिलो संशोधन) ऐन २०७६ स्वीकृत गरिसकेको छ। यसलाई चाँडै संसदमा टेबुल गर्दैछ। मूल ऐनको दफा २९ मा संशोधन गर्दै प्रमुख कार्यकारी अधिकृतको कार्यकालमा थप कडाइ गरिएको हो।

विधेयकमा भनिएको छ- एउटा बैंक तथा वित्तीय संस्थामा दुई कार्यकाल पुरा गरी सकेका प्रमुख कार्यकारी अधिकृत वर्तमान कार्यकाल समाप्त भएपछि स्वत अवकाश हुने छ। यसको अर्थ हो- प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सेवा प्रवेशको शुरुवातदेखि गणना गर्ने ब्यवस्था गरिएको छ। विद्यमान ब्यवस्थामा भने ऐन प्रारम्भ भएको मितिबाट मात्र कार्यकाल गणना हुन्थ्यो।

विधेयकमा भएको ब्यवस्था नैं लागु भएमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे, हिमालयन बैंकका अशोक राणा, नेपाल बंगलादेश बैंकका ज्ञानेन्द्र ढुङ्गाना र प्राइम कमर्सियल बैंकका नारायणदास मानन्धरको जागिर जाने छ। अहिले दोस्रो कार्यकालमा हिँडिरहेका प्रमुख कार्यकारीहरुको पनि जागिर जाने छ।

विधेयकमा भएको ब्यवस्था कार्यान्वयन भएमा अब बैंकको प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकको सहमतिमा मात्र नियुक्त गर्न पाइने छ। यसअघि सञ्चालक समिति आँफैले नियुक्त गर्न सक्थियो। प्रमुख कार्यकारी अधिकृतलाई हटाउन पनि राष्ट्र बैंकको सहमति लिनु पर्ने भएको छ। सञ्चालक समितिले चाहेकै भरमा प्रमुख कार्यकारी हटाउन पाइने छैन।

विधेयकमा भनिएको छ- सञ्चालक समितिले कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएमा निजलाई राष्ट्र बैंकको सहमतिमा जुनसुकै बखत पदबाट हटाउन सकिने छ। राष्ट्र बैंकले सहमति दिएन भने प्रमुख कार्यकारीले बैंकमा काम जारी राख्न पाउने छ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...