CG Electronics
IME Life
NIMB

एक लाख रोपनीको भब्य शहर सहित अन्य दुई शहर थपिने भए पछी काठमाडौँका यी क्षेत्रमा जग्गाको भाउ आकाशियो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं – सरकारले उपत्यकामा ४ वटा नयाँ सहर निर्माण गर्ने तयारी गरेको छ । त्यसका लागि ३ वटा नयाँ सहरको डीपीआर समेत तयार भइसकेको छ । केही समयदेखि सुस्त रहेको उपत्यकामा घरजग्गाको कारोबार बढ्न थालेसँगै मूल्यले चर्चा पाउन थालेको छ ।

सरकारले १ लाख रोपनीको एउटा र १०/१० हजार रोपनीका ३ वटा नयाँ सहर निर्माण गर्ने तयारी गरेको हो । ‘रियल स्टेट एण्ड रिसर्च सेन्टर’का प्रमुख बजार अधिकृत किशोर खरेलले पछिल्लो समय स्मार्ट सिटी निर्माणकै कारण भक्तपुर सूर्यविनायक तिर जग्गाको मूल्य प्रतिआना ४० लाख रुपैयाँसम्म पुगेको बताए ।

नेपालमा कुनै पनि स्थानमा एक पटक ह्वातै जग्गाको मूल्य बढ्ने, केही समयलाई स्थिर हुने, अनी फेरी ‘यस्तो हुने रे !’ भनेपछि बढ्ने गरेको उनले बताए । उनका अनुसार भक्तपुरका मुख्य सडक भएका स्थानमा ४० देखि ४५ लाख रुपैयाँ आनाका जग्गाहरु किनबेच भइरहेका छन् ।

सूर्यविनायक मन्दिर वरिपरी समेत जग्गाको मूल्य प्रतिआना ३० लाख रुपैयाँ पुगेको उनले बताए । ‘भक्तपुर सूर्यविनायक क्षेत्रमा कुना तथा भिर तिर प्लटिङ गरेर राखेको ठाउँमा ५ लाख देखि १० लाख रुपैयाँ आनासम्ममा विक्री भइरहेको छ । अलि सडक भएका ठाउँ र नयाँ सहर भनेका ठाउँमा मूल्य धेरै बढेका हुन्,’ खरेलले भने । उनका अनुसार नेपालमा एकैपटकमा २ सय देखि ३ सय प्रतिशतले जग्गाको मूल्य बढ्ने गरेको छ ।

विदेशमा जग्गाको मूल्य बजारको महंगीको अनुपातमा बढ्ने गरे पनि नेपालमा एकै पटक १ सय प्रतिशत भन्दा बढिले जग्गाको मूल्य बढ्ने गरेको उनले बताए । उनले भक्तपुर भाटभटिनी भएतिर ५० लाख रुपैयाँ आनामा जग्गा विक्री हुने गरेको बताए । प्लानिङ भएका कुनै ठाउँमा १० लाख आनाका जग्गा पनि छन् । तर, त्यहाँ भिर वा खोला हुन्छन् । यस्तै साँखुमा अहिले प्लानिङ भएको ठाउँमा मारामार विक्री भइरहेको उनले बताए । सो स्थानमा ठूलो बाटो भएको ठाउँमा २० लाख रुपैयाँ प्रति आनामा जग्गा विक्री भइरहेको उनले जानकारी दिए ।

साँखु बजार क्षेत्रमा २५ लाख रुपैयाँ आनामा पनि जग्गा नपाइने भइसकेको छ । साँखुका भित्री क्षेत्रमा भने ५ लाख रुपैयाँ आनाका जग्गा पनि उपलब्ध छन् । सामाखुसी टोखातिर अहिले खासै जग्गा किन्ने चहलपहल नभएको उनले बताए । केही समयअघि मूल्य ह्वातै बढेको भए पनि अहिले सुनसान भएको त्यहाँका स्थानियहरु पनि बताउँछन् ।

‘टोखा, झोर तिर जग्गा किन्ने भनेको नुवाकोटका बासिन्दाले हो, केही समय लहर बढेको थियो अहिले त्यस्तो माहौल छैन,’ खरेलले भने । कहाँ बन्दैछन् उपत्यकामा सहर उपत्यकामा बन्ने भनिएको सबैभन्दा ठूला नयाँ सहर ‘इशान’ हो । काठमाडौंको पूर्वोत्तर क्षेत्रमा पर्ने यो सहरको डिपिआर तयार भइसकेको छ । एक लाख रोपनीमा फैलिएको उक्त नयाँ सहरमा भौतिक पूर्वाधार निर्माण सँगै सुविधा सम्पन्न व्यवस्था गरिने योजना रहेको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

उक्त नयाँ सहर भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । उत्तरतर्फ साँखु बजार र साँखु जाने मूल सडकसम्म फैलिएको उक्त नयाँ सहरले भक्तपुरको पुरानो बाटो, सैनिक प्रतिष्ठानसम्म छुने छ । दोस्रोमा १० हजार रोपनीको ‘आग्नेय’ नयाँ सहर बन्ने छ । यो सहरले पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडिको वन क्षेत्रलाई समेट्ने छ । पश्चिममा खहरे खोला, बालकोट, पानी ट्यांकी, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्ग सम्म छुनेछ ।

आग्नेय नयाँ सहरको दक्षिण तर्फ सिलामखाल, रानीकोट जंगलछेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार हुँदै खहरेसम्म हुनेछ । तेस्रोमा १० हजार रोपनीमा फैलिएको ‘नैऋत्य’ सहर रहेको छ । ललितपुरको पूर्वतर्फ खोकना बुङमति भएर छम्पी जाने बाटो तथा तत्कालीन वडा नम्बर २ देखि ६ सम्म फैलिनेछ ।

सो सहरको पश्चिम र दक्षिण तर्फ वागमती नदीको सीमा तोकिएको छ । उत्तरमा साविकको स्वयम्भुसम्म नयाँ सहर फैलने छ । चौथोमा १० हजार रोपनीकै काठमाडौंंको उत्तरतर्फ नयाँ सहर फैलिनेछ । उक्त नयाँ सहरको पूर्वमा सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म सीमा तोकिएको छ ।

पश्चिमतर्फ काभ्रेस्थली देखि बाइपास आउने मूल सडकसम्म उक्त सहर फैलिनेछ । उत्तरमा सपनातीर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म सहर फैलिनेछ । दक्षिणमा ग्रिननल्यान्ड चोकदेखि महादेव खोला काभ्रेस्थली मूल सडकलाई छुनेछ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...