CG Electronics
IME Life
NIMB

आज पुष २६ गते शनिबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सुरुमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ नमश्चण्डिकायै नम ०९ पटक जप गर्नु शुभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक÷सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक अवस्था देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज नराम्रो दिन छैन, विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ, आजका लागि थाती राख्नु बेस हुनेछ । आर्थिक पक्ष सबल छैन, यद्यपि केही लाभमूलक काम बन्नेछन। पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । नातागोताभित्रका सदस्यहरूको काम र समस्यामा रुमल्लिनु पर्नेछ । खानपानमा नियन्त्रण गर्नु राम्रो हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ महालक्ष्म्यै नमः ०९ पटक जप गर्नु शुभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ हं हनुमते नमः २१ पटक जप गर्नु शुभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनसक्छ । कामप्रति लगनशीलता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ महाकालाय नमः ११ पटक जप गर्नु शुभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ सरस्वत्यै नमः ११ पटक जप गर्नु शुभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ स्थानदेवताभ्यो नमः १० पटक जप गर्नु शुभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । दिउँसोबाट भाग्य स्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग स् गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ गुरवे नमः ०९ पटक जप गर्नु शुभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मध्याह्नसम्म दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ, संयम र सचेत रहनुपर्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ कालभैरवाय नमः ११ पटक जप गर्नु शुभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ । आजका लागि शुभअङ्क स् ७ र शुभरङ्ग स् हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ वास्तुदेवताभ्यो नमः २१ पटक जप गर्नु शुभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ रां राहवे नमः १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ सरस्वत्यै नमः ११ पटक जप गर्नु शुभ हुनेछ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...