सनराइज बैंकले ल्यायो ‘रिकरिङ्ग खाता’ संचालनमा
Saturday Jan 11, 2020
वि.सं.२०७६ पुस २६ शनिवार १४:४४

काठमाडौँ, ७६ पुस २६ । पछिल्लो समय सनराइज बैंकले ‘रिकरिङ्ग खाता’ संचालनमा ल्याएको छ । सर्वसाधारणलाई विभिन्न सेवा र सुविधा दिदैं आएको सन्राइज बैंकले बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सनराइज रिकरिङ्ग खाता संचालनमा ल्याएको हो ।
उक्त खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने व्याज मुद्घतिखाता सरह पाइनेछ । आवश्यकता अनुसार १ देखि ५ वर्षका लागी बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान सकिनेछ । खाता खोल्दा न्युनतम बचत १ हजार रुपैयाँ र त्यस पछि एक पटकमा न्युनतम ५ सय वा ५ सयको गुणाका दरले जम्मा गर्दै जान सकिनेछ ।
सजिलो र सुरक्षितहिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्घतिखातामाजम्माहुदैं जाने र मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनिसजिलै पैसाजम्मागर्न सकिने बैंकले जनाएको छ । सो खातामा पूर्व निर्धारित भन्दा बढी रकमग्राहकको अनुकुलता अनुुसार पटक पटक गरि जम्मा गर्न सकिनेछ ।
यस खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने व्याज व्यक्तिगत मुद्घती खाता सरहको उच्च व्याज पाउनु हो । साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशत सम्मकर्जा लिन पाइने व्यवस्था छ । साे खातामा फ्लोटिङ्ग व्याजदर लागु गरिएको छ ।
जसले गर्दा बजारको उतार चढाव अनुसारको व्याज दर निर्धारण गर्न मदत पुग्दछ । उतार चढाव हुदाँ पनि व्याज प्राप्त हुनेछ । हाल बैंकले मुद्घतिखातामा९.२५प्रतिशतमा थप ०.५ प्रतिशत व्याज प्रदान गर्दै आएको छ । यो योजना दैनिकरसाप्ताहिकरमासिक हिसाबले बचत गर्ने सोच भएमा व्यक्तिहरुलाई अति उपयुक्त रहने बैंकले जानकारी दिएको छ ।





























