CG Electronics
IME Life
NIMB

यो यतिके सरकार हो कि केपीको ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

गोपालमान श्रेष्ठ, नेता, नेपाली कांग्रेस
इमान्दारीका साथ सधैं शेरबहादुर देउवाको साथमा रहने कांग्रेस नेता हुन्, गोपालमान श्रेष्ठ । अहिले कांग्रेसमा भाँडभैलो छ, महाधिवेशनलाई लिएर । यसबीच, केही विभाग गठन भए । त्यसमा सबै गुट एक भएर देउवाविरुद्ध खनिएका छन् । यसमा देउवापक्षीय भनी चिनिएका प्रकाशमानलगायत नेता पनि छन् । तर, गोपालमान टसमस भएका छैनन् ।

शेरबहादुर देउवाको हठले कांग्रेस सकिने भयो भन्नेहरु बढेका छन्, वास्तविकता के हो ?


– काम गर्न पनि नदिने, बाहिर बसेर पार्टी सकियो भन्ने ? उहाँले सहमतिका लागि निकै प्रयत्न गर्नुभएको हो । तर, केही नलागेर थाक्नुभएजस्तो छ । प्रजातान्त्रिक पद्धति भनेको बैठकमा आउने, आफ्ना कुरा राख्ने हो । बैठकमा नआउने, आए पनि घण्टौं कुराइदिने । उहाँहरूकै कारण बैठक नै पोष्टपण्ड गर्नुपर्ने । अनि बाहिर बसेर सभापतिलाई गाली गर्ने । उहाँहरूलाई मागेजति दिइएको हो ।


प्रतिपक्षी दलभित्रै आन्तरिक एकता सुदृढ नहुँदा सत्तापक्षलाई मनोमानी गर्न सघाउ पुग्दैन र ?


– यतिबेला सबै एकै ठाउँमा उभिएर सदनमा अवरोध गर्दै सडक तताउनुपर्ने बेला हो । सभामुख रिक्त भएको ४ महिना बितिसक्दा उहाँहरू अनिर्णयको बन्दी भएर मुलुकलाई बन्धक बनाउनु अत्यन्त दुःखदायी विषय हो । योे यतिको सरकार हो कि केपीको सरकार हो ? नेपाल ट्रष्टका सम्पत्ति कौडीको भाउमा यतिलाई ? अझै ६ वर्ष म्याद बाँकी भएको उसलाई अर्काे २५ वर्ष लिजमा दिनु कत्तिको जायज हो ? यो अधिनायकवाद भयो । कानुन त्यस्तै आएको छ । अधिकारजति प्रधानमन्त्रीकहाँ ल्याएर थुपारेको छ । लेख्ने, बोल्ने स्वतन्त्रता पनि खोसिँदै छ । सदन चलेको भए हामी यी कुरा जोडदारसँग राख्थ्यौं, जवाफ खोज्थ्यौं ।


राष्ट्रिय सभामा कांग्रेस नील हुने स्थिति आउँदै छ । के भन्नु्हुन्छ ?


– संविधानतः सभामुख वा उपसभामुखमध्ये एक प्रमुख प्रतिपक्षीलाई दिइनुपर्ने हो । तर, उहाँहरूले बाहानाबाजी गर्नुभयो हामी फरक–फरक दल हौं भनेर । उहाँहरूले सभामुखको डिसिजन गर्न नसके हामीलाई दिए हुन्थ्यो । अझै पनि जालझेल गरेर अरूलाई दिने इच्छा हो । यही बेला हामीमा खिचातानीका कारण उनीहरूको मनोबल बढेको छ ।


कसरी सल्टन्छ आन्तरिक कलह ?


– शेरबहादुरले वैधानिक गरेन भन्ने अनि अवैधानिक कामचाहिँ आफूले गर्ने ? पार्टीमा हार्ने पक्षले जिल्लाका मान्छेलाई जोडेरसभापति सम्मेलन गर्न मिल्छ ? एक वर्षअघि सभापतिहरूको हेटौंडामा सम्मेलन भएकै हो । महासमिति डाकिएको एक वर्ष कट्यो । प्रजातन्त्रमा अल्पमत र बहुमत हुन्छ । हरेक कुरा सर्वसम्मतबाट हुन्छ भन्ने छैन । बहुमतको निर्णयलाई अल्पमतले स्वीकारेर जानुपर्छ सुझाव, अभिमत, नोट अफ डिसेन्ट लेख्न पाउने अधिकार त छँँदै छ ।


ल्ला सभापतिहरूले देउवालाई दिएको ज्ञापनपत्रबारे के भन्नुहुन्छ ?


– उहाँहरू आउनुअगावै ३५÷४० जना सभापतिलाई निमन्त्रणा गर्नुभएको थियो । जसमध्ये २० जना गएर आफ्ना कुरा राख्नुभयो । भागबण्डाको विरोध गर्नुभयो । त्यसैमा त सबै कुरा अल्झिरहेको छ । चुनाव हार्ने, राम्रो भाग खोज्ने । पार्टीलाई एउटै बास्केटमा राखेर जसको जहाँ उपयोगिता हुन्छ त्यही ठाउँ दिनुपर्छ भन्ने मेरो मान्यता हो । फेरि उहाँहरूले भाग पाउँदा पनि मानिरहनुभएको छैन । ४० प्रतिशत दिन्छु भनिएकै छ । अनि अधिवेशनको मिति तोकेपछि विभाग किन बनाउनुप¥यो भन्दै बटारिने । कमसेकम ४० जनाभन्दा बढी साथी सक्रिय हुन्छन् । केन्द्रीय समितिका साथीहरूले काम पाउँछन् ।

एउटा विभागमा ५० जना हुन्छन् । कमसेकम २३ सयभन्दा बढी साथी क्रियाशील हुन्छन् । एक वर्षमा धेरै काम हुन्छन् । सभापतिको हात खुट्टा बाँधेर काम गर्न नदिने परिपाटी राम्रो होइन । अस्ति जिल्लामा हारेका उपसभापतिका उम्मेदवारहरूले यस्तै हतकण्डा गर्नुभयो भने के गर्नुहुन्छ ? भनेर सोधिएपछि उहाँहरू चुप लाग्नुभयो । मूल मिति ७ फागुनदेखि १० सम्म कुनै हालतमा सर्दैन । रामचन्द्रजीसँग परामर्श गरेर विधान बहुमतले पास गरेका हौं । महासमिति बसेको ५÷७ महिनाभित्र विधान पास नभएको भए अहिलेसम्म केही नहुनेरहेछ । महामन्त्री देउवाजीको पक्षमा नभए पनि अर्काे महामन्त्री मनोनयन गर्ने ठाउँ छ । सजग हुनुहोस् भनेर बारम्बार भनेको हुँ । उहाँको जवाफ मिलाएरै गर्ने हो भन्ने आउँँथ्यो ।


सभापतिलाई असफल पारेर रामचन्द्र, शेखर, सशांकहरूलाई के फाइदा ?


– कांग्रेसको संगठन भएर कसलाई फाइदा हुन्छ ? कांग्रेसजनलाई बेफाइदा भइरहेको छ । हाम्रो इतिहास हेर्नुहोस् त जब विभाजित हुन्छौं तब हामी गुमाउँँछौं । ०५१ सालमा फुट्यौं । मध्यावधि निर्वाचन गुमायौं । ०५६ मा एक भयौं जित्यौं । ०६४ मा माओवादीले लतार्दा, डर, त्रासका बाबजुद पनि राम्रै स्थान ल्यायौं । ०७० मा जनताले कांग्रेसलाई बहुमत नदिई संविधान बन्दोरहेनछ भनेर मत दिए । कांग्रेसकै नेतृत्वको सरकारले संविधान बनायो ।

०७४ मा उम्मेदवारी त दियौं तर विभिन्न ठाउँमा हाम्रै साथीहरूलाई हराउन कम्मर कसेर लागिपरे । माओवादी हामीसँग मिल्न आएको थियो । त्यतिबेला ३५ प्रतिशत पनि दिन सकेनौं । शेरबहादुरजी त मिलाऔं । दिऔं भन्ने पक्षमा हुनुहुन्थ्यो । साथीहरू मान्नुभएन । हामी सरकारमा सँगै थियौं । मिलेर गएको भए अहिले हाम्रै सरकार हुन्थ्यो । तर, त्यसरी मिलेको खण्डमा सभापति सफल हुने भए । सभापतिको सफलता देख्न नसक्दा मुलुक र पार्टीकै असफलता भयो । मलाई पनि विपक्षीले हराएको होइन । आफ्नै पार्टीका मान्छेले हो ती कहाँबाट सञ्चालित थिए भन्दिनँँ ।

रामचन्द्रजी पनि हार्ने मान्छे होइन । धेरै साथी कम भोटले हारेका छन् । एमालेको झगडाका कारण हामीले बर्दियामा जित्यौं । त्यहाँ एउटा डिजाइन थियो वामदेवलाई संसद्मा आउन नदिने । त्यस्तै डिजाइन कहाँ–कहाँबाट बुनियो र मेरो पनि संसद्मा आउने बाटो छेकियो । कसैले त्यसबाट मज्जा माने होलान् पार्टीलाई ठूलो नोक्सान भयो । मेरो आकलन थियो कम्तीमा पनि ५ हजार मतान्तरले तर जित्ने । तर, परिवारकै सदस्यले भित्रभित्रै खेल्छ । विपक्षीसँग लड्न सजिलो हुन्छ तर आफ्नैसँग भिड्न गाह्रो हुन्छ । हाम्रो १५ सिट यही लफडाका कारण गुमेको हो ।


पहिला मर्यादाक्रमको विषयमा तपाईंको असन्तुष्टि थियो । अहिले संबोधन भयो ?


– ज्ञानेन्द्रको संयोजकत्वमा तीन जनाको एउटा कमिटीले ढिलै भए पनि मेरो मर्यादाक्रम कायम ग¥यो । रामचन्द्रजीलाई वरिष्ठमा लगिसकेपछि मलाई केन्द्रीय सदस्यमध्ये तेस्रोमा पु¥याइएको थियो । अहिले पहिलो कायम गरिएको छ । अरू लिने दिने कुरा आपसमा छँदै छ । संयुक्त पार्टीको उपसभापति थिएँ गिरिजाबाबु हुँदा । फुटेको बेला शेरबहादुरजी जेलमा हुँदा दुई वर्ष कार्यवाहक चलाएको हुँ । माओवादीलाई मूलधारमा ल्याउने १२ बुँदेको हस्ताक्षरकर्ता पनि हुँ । मेरो स्वभाव आफू नचाहिँदो नगर्ने, अरूले गरेको पनि नसहने हो । त्यतिबेला मेरै सभापतिले मविरुद्ध अन्याय गर्दा उहाँविरुद्ध लडेको हुँ । मलाई एक नम्बरको सदस्यबाट खसालेर निवर्तमान महामन्त्री उपसभापतिभन्दा माथि हुन सक्दैन भन्दै लडेपछि सभापति बाध्य हुनुभयो । र, निर्णय सच्याउनुभयो ।

सिएमसी विवादको शुरुआतकर्ता कांग्रेस नै हो भनिन्छ ।


– यो एउटा ठूलो उपलब्धि हो । हाम्रो विकासलाई ठूलो टेवा दिने गरी बजेट आउँदै छ । यो नलिनु ठूलो भूल हुनेछ । लिनुपर्छ, संसद् चल्नेबित्तिकै यसलाई पास गर्नुपर्छ । कराउने कुरा एकातिर तर, यो पैसा लिनुपर्छ ।


वाइडबडी, एनसेल, सिएमसी, यतिलाई जग्गा लिजजस्ता हरेक प्रकरणमा तपाईंहरूको पार्टी सभापति मुछिरहनुभएको छ । यी सबै निर्णय तपाईंहरूकै पालामा भएकाले यसको जिम्मा लिनुपर्ने कि नपर्ने ?


– हाम्रो सभापतिको कुनै हात छैन । वाइडबडी, बालुवाटार जग्गा प्रकरण, एनसेल, ३३ किलो सुन ढिसमिस बनाइँँदै छ । प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुख हेर्दिनँँ भन्नुभएको छ । तर, अहिले तिनैसँग अंकमाल गर्दै हुनुहुन्छ । उहाँहरूकै आवरणमा बदमासी भइरहेको छ । यस्तै ज्यादती रहिरह्यो भने १०४ वर्षे राणाशासन त टिकेन, २४० वर्षको राजसंस्था त फ्याँँकियो भने यिनीहरूलाई ब्यालेटबाट फ्याँक्न नसके पनि बीचमै फाल्नुपर्ने अवस्था आउँछ ।


यो सरकारको कार्यशैलीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?


– हामी असाध्यै भाग्यमानी । जतिसुकै चुट्की मारे पनि काम पटक्कै हुन सकेको छैन । गृहिणीले झोलाभरी पैसा लिएर गएर त्यही झोलाभरी तरकारी किनी फर्कनुपर्ने अवस्था छ । सरकार यति निकम्मा भयो कि आफ्नो मान्छे पोस्नमै उद्यत छ । प्रधानमन्त्री मात्र होइन, मुलुकै रोगी भइसक्यो ।


स्याङ्जालाई कत्तिको मिस गर्नुहुन्छ ?


– बेला–बेला गइरहन्छु । टेलिफोनबाटै दुःख–सुख सबै बुझ्छु । तर अहिले हाम्रा शुभचिन्तकलाई अत्यन्त पेल्ने, बसिखानै नदिने काम भइरहेको छ ।

This image has an empty alt attribute; its file name is 82381170_462612887739280_4371014936130748416_n.jpg
नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...