सुर्खेतमा गोली चल्यो
Tuesday Jan 28, 2020
वि.सं.२०७६ माघ १४ मंगलवार १८:०७

७६ सुर्खेत,१४माघ: सुर्खेतको वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरी गोली चलाएको छ।
आन्दोलनले उग्र रुप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियो भने अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए। स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएको जनाएको छन्।
कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिप्परले किच्दा मंगलबार बिहान मृत्युु भएको थियो।
























