CG Electronics
IME Life
Ncell NPL

नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो—पूर्व मेयर लामा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं, १६ माघ । नुवाकोट जिल्लाको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लामाले आफूलाई अन्य व्यक्तिको लेनदेनमा मुछेर बदनाम गर्न खोजिएको भन्दै आपत्ती जनाएका छन् । उनले धनमाया तामाङ र कृष्ण तामाङको लेनदेनको विवादमा आफूलाई मुछेर बदनाम गर्न खोजिएको भन्दै न्यायका लागि अदालतदेखि मिडियासम्म जान बाध्य भएको बताए ।


शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य समेत रहेका लामाले कृष्ण तामाङ र धनमाया तामाङको ९ लाख ५२ हजार रुपैयाँ घरायसी लेनदेन मिलिसकेको प्रमाणहरु पेश गर्दै यसमा आफूले कसैलाई अन्याय नपरोस् भनेर उल्टै सहयोग गर्दा नियोजित रुपमा बदनाम गरिएको स्पष्ट पारे ।


उनले भने, ‘कमानसिंह लामा कसैको एक पैसा खाएर हिंडेको मान्छे होइन, पैसाको लेनदेनमा मकहाँ आएपछि उल्टै सहयोग गर्दा मेरै बदनाम गर्ने काम भयो ।’कृष्ण तामाङ आफूकहाँ आएर मर्नुपर्ने अवस्थामा पुगेँ भनेपछि धनमाया तामाङलाई डाकेर रकम पाउने वातावरण मिलाइदिएको उनको स्पष्टोक्ति थियो ।


कृष्ण तामाङको भविष्यलाई ध्यानमा राखेर आशिष थापालाई डाकेर रकम दिने वातावरण बनाएको उनले बताए । उनले आशिष थापाले आफूले असोज २८ गते चार लाख बाउन्न हजार नगद, मंसिर २७ गते चार लाख नगद र सिटी एक्सप्रेसमार्फत्५० हजार रकम प्रदान गरेको प्रमाण पेश गरे । त्यस्तै, आई.एम.ई मार्फत पनि ५० हजार रकम आफूहरुले धनमाया तामाङलाई पठाएको सुनाए ।


पैसा दिने प्रतिवद्धता व्यक्त भइसकेपछि आफूहरुलाई किरण सिंह र बमबहादुर तामाङ भन्ने व्यक्तिले रकम नदिए मार्ने धम्की दिएको लामाले बताए । उनले भने,‘मसँग धम्कीको रेकर्ड र फोन नम्बर समेत सुरक्षित छ ।’ त्यसपछि धनमायालाई डाकेर किन यस्तो गरेको रकम दिइहाल्थे भनेको बताए ।


विदुर नगरपालिकाका तरुण दल इकाई सदस्य समेत रहेका आशिष थापाका अनुसार २०७६ असोज २८ ४ लाख ५२ हजार रुपैयाँ धनमायाले भनेबमोजिम किरण सिंहलाई नगद रकम पठाइएको थियो । २७ मंसिरमा ४ लाख दिइएको र बाँकी ५० हजार २८ पौषमा दिइएको थियो । चेक र मनि एक्सप्रेसमार्फत् रकम दिएर सादा कागजमा भौचर बनाएर टाइप गरेर हस्ताक्षर समेत गराइएको थापाको भनाई छ । आफू अस्वस्थ भई बस्दा समेत रकम पठाएको भन्दै अनावश्यक रुपमा कमानसिंह लामालाई मुछेको भन्दै आपत्ती जनाए । अन्तिम किस्तावापत्को रकम सिटी मनी एक्सप्रेसबाट पठाएको थापाले बताए ।


रकम पूरा दिइसक्दा पनि आफूहरुलाई नियोजित रुपमा बदनाम गरिएको भन्दै लामा र थापाले गम्भीर आपत्ती जनाए । लामाले आफूले कुनै गल्ती गरेको भए प्रहरीमा उजूरी दिई वा अदालतमा मुद्या दायर गरी कारबाही अगाडि बढाउन चुनौती दिए । उनले भने,‘मलाई नखाएको विष लाग्यो ।’ आफ्नो परिवारका सदस्यलाई समेत तनावमा पार्ने गतिविधि भएको भन्दै झुटा विषय बाहिर आएकोमा दुधको दुध पानीको पानी गर्न पत्रकारहरुलाई आग्रह गरे ।


लामाले आफूमाथि मानहानी भएको भन्दै अदालतको ढोका ढकढकाएको समेत बताए । उनले भने, ‘मानिसहरु किन विनाकारण आत्महत्या गर्दारहेछन् भन्ने अहिले बुझ्दैछु । नभएको कुरा प्रचार नगरियो्स।’आफूले अन्याय गरेको भए जस्तोसुकै सजाय भोग्न तयार भएको उनको भनाई थियो । पैसा लिइसकेको चेकको भुक्तानीलगायत सबै प्रमाण आफूहरुसँग रहेको उनले बताए ।

www.prabhubank.com
नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...