CG Electronics
IME Life
NIMB

“प्राकृतिक चिकित्सा र कोरोना भाइरस”

NIMB
Himalayan Bank

७६काठमाडौं,२९चैत: कोरोना र प्राकृतिक उपचार अमेरिकामा कोरोनाबाट १८, ७७३ जनाको ज्यान गै सकेको छ । ५०३५७४ जनामा कोरोना सम्क्रमण छ । छिमेकी भारतमा २४९ को ज्यान गयो, ७६१४ सम्क्रमणमा छ्न । पछिल्लो २४ घण्टामा ४१ जनाको ज्यान गयो । महाराराष्ट्रमा सबैभन्दा बढि १३९६ जनामा सन्क्रमण देखिएको छ ।७७९ जना निको भएका छ्न । भारतमा २१ दिन लामो लकडाउन बैशाख २ गते सकिदैछ । हामी चनाखो बनौ । नत्र सरकारलाई मात्र दोष दिएर कसैको ज्यान जोगिनेवाला छैन ।


Hope you & your family are doing well and all your loved ones are safe and sound. Please take care, stay home and be safe. Stay blessed•


“प्राकृतिक चिकित्सा र कोरोना भाइरस”


जीवन शक्ति र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि खानपान र जीवनशैलीको बारेमा जान्नुपर्ने कुरा । सामान्यतया खानेकुरालाई तीन भागमा वर्गीकरण गरिएको छ ।१) शरीरको वृद्धि बिकास गर्ने खानेकुरा- प्रोटीन जसको मुख्य स्रोत भनेको गेडागुडी, माछामासु, दाल, दुध र दुधका परिकार आदि पर्दछन्२) शरीरलाई शक्ति दिने खानेकुरा- कार्बोहाइड्रेट र चिल्लो पदार्थ जसको मुख्य स्रोत भनेको अन्न हरु गहुँ, मकै, कोदो, चामल, फापर, जौ,  आलु र सबैखाले चिल्लो पदार्थ हरु पर्दछन् ।३) शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा- भिटामिन, खनिज र प्राकृतिक तत्व (Natural enzymes) हरु हुन ।

यी तत्वहरूको मुख्य स्रोत भनेको मौसमी फलफूल, तरकारी, हरियो सागपात, अंकुरित गेडागुडी, सलाद, मह, आदि पर्दछन् साथै कागती लगायतका अन्य अमिलो जातको फलफूलले रगतमा जिवाणुहरु (व्याक्टेरिया भाइरस) सँग लड्न सक्ने क्षमता बढाउँछ ।साथै हाम्रो भान्सामा मसलाको रुपमा प्रयोग गरिने चिजहरु अदुवा, बेसार, लसुन, प्याज, मरिच, ल्वाङ, सुकमेल, जीरा, धनिया, ज्वानो, मेथी, हिङ्ग, टिमुर आदिमा समेत हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक तत्वहरु पाइन्छन् । त्यसैले आफ्नो नियमित खानामा तेस्रो प्रकारका खानपानलाई सकेसम्म जोड्ने ।शरीरलाई आवश्यक तरल पदार्थ र पानीको मात्रा पुर्‍याउने प्रयत्न गर्नुहोला ।

खानेकुरामा सकेसम्म फरक-फरक कुरालाई समाबेश गर्ने प्रयत्न गर्नुहोला जस्तै अन्नमा सधै चामल मात्र भन्दा कोदो फापर गहुँ जौ र दालमा समेत मुगी चना मुसुरो आदि ।खानपानका साथै व्यायाम, ध्यान, आराम, सकारात्मक सोच र प्राकृतिक जीवनशैली का साथमा तनाबको व्यवस्थापन गर्नसकेमा शरीरको रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।जसले गर्दा हालको महामारी कोरोना भाइरस लगायत अन्य संक्रमणबाट समेत बच्न सकिन्छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...