कोरोना संक्रमण पोजेटिभ थप ३ जनामा
Sunday Apr 12, 2020
वि.सं.२०७६ चैत ३० आइतवार ०५:०५

७६काठमाडौं,३०चैत:नेपालका थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ । कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरु अहिले वीरगन्जको नारायणी अस्पतालको आइसुलेसनमा रहेका छन् ।
हेटौंडामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएका उनीहरुको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुन परीक्षण गर्दा पोजेटिभ नै देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।
रुघा खोकी लागेको भन्दै मस्जिदमा रहेका ३५ जना बिहीबार आफैं वीरजन्गको नाराण्यणी अस्पताल गएका थिए । ती मध्ये शंकास्पदको स्वाबको नमूना संकलन गरी हेडौंडा पठाइएकोमा त्यहाँ ३ जनाको पोजेटिभ रिपोर्ट देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिएका थिए। त्यसपछि पुःन निश्चित गर्ने काठमाडौं पठाएको हो।
भारतको उत्तर प्रदेशका उनीहरु उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन् । उनीहरु केहीदिनअघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका गरिएको छ ।
उनीहरु लुकिछिपी नेपाला आएको बताइएको छ।
संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बसिरहेको थिए ।
























