नेप्सेको शेयर कारोबार प्रणाली पूर्ण अटोमेसनमा लैजाने
Monday Jun 01, 2020
वि.सं.२०७७ जेठ १९ सोमवार ०८:५५

काठमाडौं-आगामी आर्थिक वर्ष नेपाल स्टक एक्चेन्ज ‘नेप्से’ को कारोबार पूर्णरुपमा विद्युतीय प्रणाली ‘पूर्णरुपमा अटोमेसन’ मार्फत गर्न सकिने गरी विकास गरिने अर्थमन्त्री डा. युवाराज खतिवडाले बताए । आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै उनले अगामी आर्थिक वर्षभित्र नेप्सेको शेयर कारोबार प्रणाली पूर्ण रुपामा विद्युतीय बनाउने बताएका हुन् ।
अहिले शेयर बजार पूर्णरुपमा अटोमेसनमा जान नसकेकाले लक डाउनमा बजार बन्द छ । पूरै अटोमेसन हुन सकेमा बजार बन्द गर्नुपर्ने अवस्था आउँदैन् । अब अनलाइन प्रणाली र बैंक इन्ग्रिसन, क्यिरिङ एन्ड सेटलमेन्ट तथा भुक्तानी प्रणालीलाई विद्युतीय माध्यमबाटै सम्पन्न गर्न सकिने बनाउनुपर्ने हुन्छ ।
साथै, उनले धितोपत्र बजारलाई व्यवस्थित गर्न अब स्टक डिलर सञ्चालनमा ल्याइने पनि बताए । कमोडिटी एक्सेन्ज पनि सञ्चालनमा ल्याउने बताए । नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेप्से लगायतको संरचनात्मक सुधार गरिने पनि उनले बताए । अर्थमन्त्री खतिवडाले पछिल्लो वर्ष पुँजी बजारको दायरा फराककिलो भएको बताएका छन् । ऋणपत्र बजारलाई पनि थप प्रभावकारी बनाइने उनले बताए ।























