CG Electronics
IME Life
NIMB

लक डाउनमा कृषि क्षेत्रमा जे देखियो !

NIMB
Himalayan Bank

काठमाडौं –लगडाउनको यसै अवधिमा लगाएका कतिपय बालि विरुवाले उत्पादन दिई सकेका छन् भने कतिपय बालि विरुवा उत्पादन दिने तरखरमा छन् । सहरका छत तथा कौसी पनि बारी भएका छन् आजकाल, कतिपयले पहिले देखी नै कौसी खेती गर्दै आएका थिए भने कतिपयले भर्खर सुरुवात गरेका छन् । एउटा स्थानिय तह, प्रदेश तथा देश नै तरकारी बालिमा आत्मानिर्भर हुन यसले पनि एउटा अहम् भुमिमा सहित तरकारी मा आत्मानिर्भरताको पर्खालमा दह्रो ईँटा थप्नेछ भन्दा फरक नपर्ला ।

अझ सहर केन्द्रित जनसंख्यालाई कसरी तरकारी बालिमा आत्मानिर्भर हुन सकिन्छ भन्ने कुराको पाठ सिकाएको छ यस लकडाउनले भन्दा अतिउक्ती नहोला । थोत्रा भाँडा, बट्टा, पायप, कपडा, बोरा, बोतल लगाएत धेरै नै अन्य यस्तै सामाग्रीहरुको प्रयोग तरकारी तथा अन्य यस्तै बालिको उत्पादन गर्न प्रयोगमा आएको छ जसले गर्दा उत्पादन सँग सँगै बातावरण प्रदुषणमा समेत कम आएको देखिन्छ । खेर जाने हरेक कुराको सदुपयोग भएको छ । बेच्न भन्दा आफैँ खानका लागि उत्पादन गरिने बालि बिरुवा किनेको भन्दा अलि सुरक्षित उत्पादन हुन्छ अझ भनौं कम रासायनिक विषादिको प्रयोग हुने आसा राख्न सकिन्छ । यो धेरै नै खुसिको कुरा हो । सामाजिक दुरी पनि कायम भएकै छ ।

गाउँको कृषि पनि पहिलाकै ढाँचामा यथाबत चलिरेको छ । अहिले मकै भाँच्ने तथा धानको ब्याड राख्ने काम चल्दै छ । तरकारी बालिको नर्सरी राख्ने कार्य तथा रोप्ने कार्य पनि चल्दै छ । कोरोनाको डरले गाउँको कृषि कर्म रोकिएको छैन बरु कृषि उत्पादनको बजारिकरण, बिउ विजन तथा रासायनिक मलखादको उपलब्धतामा भने उल्येख्य रुपमा प्रभाव पारेको छ । कोरोना बाट बच्न सामाजिक दुरी कायम कृषि कर्ममा आस मात्र राख्न सकिन्छ केहि ‌औंलामा गन्न सक्ने केहि अपवाद ठाउँ बाहेक कृषिमा सामाजिक दुरी कायम छैन । गाउँ घरमा बस्तु चराउन जानै पर्यो, घाँस काट्न जानै पर्यो, दुध बेच्न डेरी सम्म जानै पर्यो, मेलापात गर्नै पर्यो बालि काट्न तथा त्यसलाई झार्न अर्मपर्म गर्नै पर्यो ।

 

कृषकलाई पनि मन छ सामाजिक दुरी कायम गर्न तर मन हुँदा हुँदै पनि यस्तै यस्तै बाध्यताले सामाजिक दुरी कायम गर्न सकिएको छैन ।

फेरी सहरको कौसी खेती जस्तो पनि त हैन गाउँको कृषि एउटा घर बाट अर्को घरमा नगएर चल्ने । ग्रामिण कृषि अर्मपर्ममा नै निर्भर रहन्छ ।


कृषकलाई कोरोनाले पनि हेप्यो अझ भनौं राजनितिक विचार सोचको भुमरीमा जहिले कृषक परे । धेरै कृषकका उत्पादनलाई एक ठाउँ बाट अर्को ठाउँमा विक्रीवितरणका लागि लगिएको बेला नस्ट गरियो त्यो पनि कोरोना तरकारी बालि तथा खाद्यबालि बाट सर्छ भनेर त्यसको ठाउँमा अन्य सिमेन्ट रड जस्ता समाग्री भने निर्भात रुपमा ओसारपसार गरिरहियो । नेपालमा उत्पादित तरकारी लाई नस्ट गरिए पनि भारत बाट आएका तरकारी लाई भने नियन्त्रण गर्न नसकेको समाचार आईरह्यो । अझ भनौं त्यसरी तरकारी ढुबानी गर्ने गाडि तथा ड्राईवरबाट पनि त कोरोना सर्ने सम्भाबना रहला त्यस तर्फ भने कसैले ध्यान दिएको देखिएन ।

यो त हाम्रो सोच तथा अपुष्ट धारणा हो । कोरोना तरकारी बालि तथा धातु बाट नसर्ने कुरा विभिन्न अध्ययन बाट देखिएको यस सँग अनुसन्धानमा लागेका ब्यक्तीहरु बाट जानकारीमा आईरहेको छ । यस बिषयमा तरकारी बालि नस्ट गर्ने बेलामा सोच्नु पर्ने देखिएको छ । कृषकहरुलाई हौस्यानु पर्ने बेलामा कृषकमा नैरास्यता पैदा हुने अवस्था नआउला भन्न सकिन्न । नस्ट गर्ने निकायको पनि यसमा दोष छैन । शङ्खा लागेको बस्तुलाई नस्ट गरी जनतालाई सुरक्षित गराउनु पहिलो प्राथमिकता हो । तर यस सँग जानकार निकाय तथा विज्ञ ब्यक्तीहरु सँग नेपाल सरकारले सल्लाह गरी हरेक तहलाई यथासिध्र यसको बारेमा जानकारी गराउनु पर्ने देखिन्छ नत्र कृषिमा भयावह स्थिति आउन सक्नेछ ।

संघ, प्रदेश तथा स्थानिय तहका कृषि संग सम्बन्धित कार्यालय विच लगडाउनको समयमा पनि कतिपय अवस्थामा समन्वयको अभाव नै देखियो । यसै लगडाउनको समयमा कृषकहरुलाई अमेरिकन फौजिकिराले निकै सतायो । अघिल्लो बर्ष धानमा लागेको अमेरिकन फौजि किरा देशका अधिकांस भागमा देखा पर्यो र मकै लगाएतका अन्य बालि नस्ट गर्यो । यसको नियन्त्रणका लागि कतिषय स्थानिय तहले विषादि बितरण गरे भने कतिपय स्थानिय तहले स्वयंसेवक नै खटाएर विषादी छर्कने कार्य गरे । यो एकदमै सर्हानिय कार्य हो । तर कतिषय प्रदेश अन्तरगतका कार्यालयको भुमिका गौण रह्यो ।

यसमा पनि सम्वन्धित निकायले ध्यान दिनु षर्ने देखिन्छ । लगडाउनको समयमा आएको बजेटले पनि कृषिका धेरै कुरा समेट्न नसकेको नै देखियो । बढि जिम्वेवारी तथा प्रत्यक्ष जनताको नजिकबाट सम्पर्क हुने स्थानिय तहका कृषि शाखा अव पनि विज्ञ कर्मचारिकै अभावमै संचालन हुने भए । संघ तथा प्रदेश अन्तरगतका कार्यालयको जिम्वेवारीलाई दुर दराज गाउँसम्म नपुर्याउने र स्थानिय तहमा विज्ञ कर्मचारिको अभाव यसरी नै रहने हो भने कृषिको क्षेत्रको विकास दुर्त गतिमा बढ्ने कुरा कल्पना मात्रै रहन्छ । कृषि सम्वन्धि जिम्वेवार बिभिन्न कार्यालयको आवश्यकता र ‌औचित्यलाई मुल्याङ्कन गरी स्थानिय तह कृषि विकासका लागि कृषिविज्ञ मैत्रि बनाउनु पर्ने देखिन्छ ।

कमलामाई नगरपालिका वडा नं ५, सिन्धुली
*लेखक कमलामाई नगरपालिका कृषि शाखामा कार्यरत हुनुहुन्छ ।

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...