नेपालमा संक्रमितको संख्या २३ सय १६ पुग्यो
Thursday Jun 04, 2020
वि.सं.२०७७ जेठ २२ बिहीवार ०८:५५

काठमाडौं –गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।
संक्रमित हुनेहरुमा बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । निसीखोला गाउँपालिकाका २२ र २९ वर्षका २ जना पुरुष र ३३ वर्षकी एक महिला पनि संक्रमित छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार, पर्वतको फलेबास नगरपालिकाका २१ वर्षीय २ जना पुरुष र बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । अन्य कोरोना पोजेटिभ देखिनेहरुमा स्याङ्जाको कालीगण्डकीका १८ वर्षीय एक किशोर र म्याग्दीको मंगलाका १९ वर्षीय किशोरमा कोरोना देखिएको हो ।
यो सँगै गण्डकी प्रदेशमा मात्रै संक्रमितको संख्या ५४ पुगेको छ । नेपालभर भने कुल संक्रमितको संख्या २३ सय १६ पुगेको छ ।






















