CG Electronics
IME Life
NIMB

नेपाल वायुुसेवा निगमको जहाजहरू किन ढिलो र खाली उड्छन् ?

NIMB
Himalayan Bank

काठमाडौं – नेपाल वायुसेवा निगम (तत्कालिन शाही नेपाल वायुसेवा निगम)को आज भन्दा ६ दशक पहिले सरकारको पूर्ण स्वामित्व रहेको विक्रम सम्वत २०१५ साल असार १७ गते (तद्अनुसार १ जुलाई १९५८)स्थापना भएको हो । यसको प्रमुख उद्देश्य नेपालभित्र तथा विदेशमा सुरक्षित, कुशल, सुव्यवस्थित र किफायती हवाई यातायात सेवा पु¥याउनु हो । देशको पहिलो हवाई कम्पनी भएकाले यसप्रति आम नागरिकको ठूलो सरोकार र चासो रहेको छ ।

नेपाल वायुसेवा निगमका उडानहरू अधिकांशत ठीक समयमा उड्दैनन् भन्ने गुनासो प्रशस्त सुनिने गरेको छ । यसलाई गलत भन्न मिल्दैन । उडान ढिलो हुने कारण के हो भन्नेतर्फ कमैको मात्र ध्यान गएको हुन्छ, तैपनि उडानमा हुन जाने ढिलाइलाई लिएर निगमप्रति प्रशस्त टीकाटिप्पणीहरू हुने गरेका छन् । उडानमा हुने गरेको ढिलाइले यात्रुहरूलाई प्रशस्त मर्का पर्ने कुरामा कुनै शङ्का छैन, तैपनि उडान ढिलो हुनुका कारणहरूबारे केही जानकारी रहनुचाहिँ सबैका लागि आवश्यक छ ।

सबैलाई थाहा छ — नेपालको भौगोलिक र मौसमी स्वरूपमा विभिन्नता र विषमता छ । त्यसैले वर्षाको समयमा खास तवरले उडानमा अबेर हुने स्थिति सृजना हुन जानु स्वाभाविक हो । उडान सुरु गर्न विमानस्थलहरूमा खराब मौसम हुँदा विमानको प्रस्थान र आवागमनको समय फरक पर्न गई आवागमनमा समयको सन्तुलन बिग्रिन जान्छ । कहिलेकाहीँ मौसमको खराबीले गर्दा जहाजले निर्धारित मार्ग नै फेर्नुपर्ने स्थिति आइपर्छ र यसले पनि ढिलाइ हुन जान्छ । जस्तै ः काठमाडौँ र लुक्ला दुवै ठाउँमा राम्रो मौसम भएको रिपोर्ट प्राप्त भएको आधारमा काठमाडौँबाट जहाज लुक्लातर्फ उडछ । तर लुक्ला पुग्ने बेलामा त्यहाँको मौसम अप्रत्याशित रूपले बिग्रन गएको पाइयो भने जहाजले अन्यत्र ओर्लनुपर्छ वा काठमाडौँ नै फर्कनुपर्छ । काठमाडौँ र लुक्ला दुवै ठाउँको मौसमी रिपोर्ट अनुकूल रहेको थाहा पाएर काठमाडौँबाट उडान गर्न तयार भएको बेलामा काठमाडौँको मौसम अचानक खराब भई जहाज उड्न नसक्ने स्थिति पनि आउँछ । ती दुवै स्थितिमा अर्को ठाउँमा कुरेर बसेका यात्रुवर्गलाई कठिनाइ र असुविधा पर्न जान्छ । त्यस्तो बेलामा जहाज आफ्नो सेवा उपलब्ध गराउन असमर्थ हुन्छ । दुवै ठाउँमा कुरेर बसेका यात्रुवर्गचाहिँ वायुसेवाका कर्मचारीहरूको तीतो आलोचना गरिरहेका हुन्छन् । यस्तो अवस्थामा आन्तरिक उडानमा मात्र होइन, अन्तर्राष्ट्रिय उडानमा समेत बाधा पर्ने गर्छ ।
अर्को कुरा, कठिन भूक्षेत्र र विविध मौसमको अवस्थाले गर्दा विमान–सञ्चालनमा सुरक्षाको उच्चस्तरीय व्यवस्था कायम राख्नु अत्यावश्यक छ । जहाज विमानस्थलमा ओर्लिदा तथा हवाईग्राउन्डमा परिचालन गर्दा अझ बढी कठिनाइको सामना गर्नुपर्छ । दक्ष व्यक्ति र अतिरिक्त पाटपुर्जाहरूको प्रशस्त भण्डार राख्नका लागि अपेक्षाकृत बढी आर्थिक भार बहन गर्नुपर्दछ । ती कुराहरूको अभाव भएमा विमान त्यसै राख्नुपर्ने हुन्छ । त्यस्ता कुराहरूको सामना गर्ने सामग्री नहुँदा पनि पूर्वनियोजित उडानमा केही ढिलाइ हुन्छ ।

नेपाल वायुसेवा निगमसित देशभित्रका विभिन्न ठाउँहरूमा सुनियोजित उडान गर्नका लागि भएका जहाजहरूमध्ये प्रत्येक दिन केही उडानहरू पूरा गर्नुपर्छ । काठमाडौँबाट हुने पहिलो उडान मौसम–प्रविधि वा अन्य कारणहरूले ढिलाइ भएमा त्यसपछिका उडानहरू पनि स्वतः नियमित हुन सक्तैनन । त्यसैले पुग्नुपर्ने निर्दिष्ट ठाउँ वा बीचका ठाउँहरूमा जहाज ढिलो पुग्छन् । उडान सुरु हुने स्थानबाट कारणवश ढिलो भइदिएमा पुग्नुपर्ने तथा बिसौनीस्थलमा पनि समयमा पुग्न सक्तैन । यसबाट उडानहरूको पूर्वनिश्चित समय कायम राख्न कठिन पर्दछ । हिउँदको गाढा कुहिरो तथा वर्षायामको भीषण वर्षा पनि उडानमा ढिलो हुने कारणमा पर्दछ ।
कतिपय अवस्थामा उडान रद्द गर्नुपर्ने हुन्छ । सामान्यतः वायुको गति, कुहिरो, भीषण वर्षा, तुवाँलो आदिजस्ता मौसमी कारणहरूबाट देखिने असमान भूतल, स्पष्ट नदेखिने हवाईग्राउन्ड तथा चट्याङ्, मेघगर्जन आदि प्राकृतिक कारणले उडान रद्द गर्नुपर्ने हुन्छ । देशमा ५८ मध्ये ३४ वटा विमानस्थलहरू कच्चा छन् । वर्षायाममा धेरैवटा विमानस्थलको सेवा उपलब्ध गर्न सकिँदैन । बाँकी २४ वटा विमानस्थलहरू पनि अत्यधिक वर्षा भएको बेलामा हवाईसेवाका निमित्त उपयुक्त छैनन् । अर्को कुरा, पहाडी क्षेत्रका धेरैजसो विमानस्थलहरू मार्गनिर्देशक संयन्त्रले सम्पन्न नभएकाले ठीक–ठीक मौसमी विवरण पाउन कठिनाइ पर्छ वा ढिलाइ हुन्छ ।

 

नेपाल भरी राती उडान गर्न सक्ने ७ वटा विमानस्थल रहेको र धेरै जसो विमानस्थलको बत्ती र सञ्चारसम्बन्धी सहायक उपकरणको कमीले गर्दा पनि विमानसेवा दिउँसो मात्र चल्दछ । दिउँसो तेज हावा चल्ने हुँदा सारा उडानहरू बिहानको समयमा मात्र सञ्चालन गर्नुपर्ने पनि हुन्छ । उडानअघि नै मौसमसम्बन्धी ठीक विवरणको अभावले तथा यात्रु र विमानभित्रका कर्मचारीको सुरक्षा एवं मौसमले गर्दा उडानकै अवस्थामा बीचैबाट फर्कनुपर्ने कारणले हुने निरर्थक उडानलाई जोगाउन पनि उडान रद्द गर्नुपर्ने हुन्छ ।

मौसम बाहेक उडान रद्द गर्नुृपर्ने अन्य कारणहरू पनि छन् । पहिले नै अनुमान गर्न नसकिने प्राविधिक गडबडी एउटा कारण हो । धेरैजसो पूर्ण क्षमतायुक्त विमानस्थलहरू नभएको कारण र कठिन अवस्थाहरूले गर्दा यस्तो प्राविधिक गडबडी बढी नै हुने गर्दछ । समयमै आवश्यक पर्ने अतिरिक्त निगमसँग भएका जहाजहरुमा प्रयाप्त मात्रमा सामानहरूको न्यूनताचाहिँ अर्को कारण हो ।
प्रायजसो खाली विमान उडाएर लगेको गुनासो पनि सुनिन्छ । यसो किन हुन्छ भने टिकट बिक्री उडानभन्दा अगावै गरिसक्नुपर्छ र त्यस्ता टिकट किनिसकेका यात्रुहरूले कहिलेकाहीँ कारणवंश आफ्नो उडानको कार्यक्रममा परिवर्तन गर्ने गर्दछन् । यसरी कार्यक्रम परिवर्तन वा रद्द गरिएको जानकारी कतिपय कारणवश बेलैमा विमानसेवालाई सूचित गरिँदैन र विमानका सिटहरू खाली हुने गर्दछन् । ग्राहकहरूले कार्यक्रम परिवर्तन वा रद्द भएको सूचना बेलैमा दिने हो भने खाली हुन जाने सिटहरू अरू आवश्यक पर्ने मानिसहरूका लागि उपलब्ध गराउन सकिन्छ । तसर्थ निगमले विहान ६ः००बजे देखि सांझ ७–८ सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवामा २–३ कर्मचारी र संचारको सुब्यवस्था गरि सो प्लेनमा खाली जाने सिटहरुबाट सदुपयोग गर्न सकिने कुरामा दुई मत नहोला ।

अन्तर्राष्ट्रिय उडानसेवामा त स्थिति अझै जटिल छ । विदेशमा अनेक ठाउँबाट नेपाल आउन चाहने पर्यटकसमूह तथा यात्रुहरू कहिलेकाहीँ टिकट किनिसके पनि निश्चित समयमा विशेष कारणवश विमानस्थलमा पुग्न सक्तैनन् । अनि अन्तिम समयमा यात्रुहरू बटुल्न सम्भव नहुने भएकाले जहाजलाई थोरै यात्रुहरू लिएर समयमै उड्नुपर्ने बाध्यता हुन्छ । यस अवस्थामा पनि विमान खाली देखिनु स्वाभाविक हो ।
पहाडी क्षेत्रका विमानस्थलका धेरैजसो धावनमार्गको लम्बाइ छोटो भएको हुनाले विमान पूरा बोझ बोकेर उत्रन सक्तैन । यात्रुवर्गको सुरक्षालाई ध्यानमा राखेर विमानलाई बढी बोझ नपर्ने गरी हलुका उडाउनु पर्दछ, र यसो गर्दा पनि सिट खाली देखिन्छ ।

अधिकांश आन्तरिक विमानस्थलमा इन्धन आपूर्तिको सुविधा नभएको हुँदा विमानलाई फर्कन चाहिने इन्धनको समेत पहिले नै व्यवस्था गर्नुपर्छ । त्यसका लागि पनि विमानभित्रको बोझ सोही अनुपातमा घटाउनुपर्छ । त्यसैले खाली सिटहरूसहित नै विमान उडाइएको देखिए पनि बोझ बोक्ने क्षमताअनुसार नै विमान उडाइएको हुन्छ ।

जहाज ढिलो र खाली उड्नुका मुख्य–मुख्य कारणहरू यी मात्रै नभई अरू पनि हुन सक्छन् । तर सबै कारणहरू समाधान गर्नै नसक्ने खालका छैनन् । मूल कुरा राम्रो व्यवस्थापन, दृढ इच्छाशक्ति, सरकारी सहयोग तथा निगम र यात्रुवर्गप्रतिको उत्तरदायी र इमानदारी हो । ग्राहक नै निगमको सुसञ्चालनको प्रमुख आधार हो । त्यसैले ग्राहकप्रति उत्तरदायी र इमानदार बनेर प्रयास गर्नु निगमको कर्तव्य हो । सरकारी सहयोग लिएर व्यवस्थापन पक्षले इच्छाशक्तिका साथ प्रयत्न गर्ने हो भने समाधान हुन सक्ने खालका समस्याहरूको निदान नहुने कुरै छैन । प्राकृतिक विपत्तीहरूमाथि विजय प्राप्त गर्न नसके तापनि मानवले समाधान गर्न सक्ने समस्याहरूको समाधानतर्फ लाग्न निगमलाई कसैले रोकेको छैन । यसतर्फ निगमभित्रको व्यवस्थापन पक्षको ध्यान अवश्य जानेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...