nic bank
himalayan everesat
Nmb bank

अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आइपीओ निष्काशन गर्ने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि प्राथमिक शेयर ९आइपीओ० निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारणलाई २७ लाख ३० हजार कित्ता जारी हुने इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सको आईपिओमा असार २५ गतेदेखि छिटोमा २९ गतेसम्म र ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन पाइने जनाइएको छ। जसमा न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ताको लागि आवेदन दिन सकिन्छ। आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

उक्त आइपीओलाई केयर नेपाल लिमिटेडले ग्रेड ४ रेटिङ दिएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष ७६र७७ को तेश्रो त्रैमाससम्म ३ करोड ५१ लाख खुद नाफा गर्न सफल भएको छ। आर्थिक वर्ष ७५र७६ को तेश्रो त्रैमास सम्म कम्पनीले २ करोड ६० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ छ भने बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ छ।

तेश्रो त्रैमाससम्म अजोड इन्स्योरेन्सले १८ करोड ४९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २९ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो। यसरी खुद बीमा शुल्क आर्जन करिव दोब्बरले वृद्धि हुन सफल भएको छ।

नयाँ कम्पनी मध्ये अजोड इन्स्योरेन्स आइपीओ निस्काशन गर्ने पहिलो कम्पनी भएको छ।

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

वि.सं.२०८० चैत २९ बिहीवार २३:३९

    मेटलाइफ नेपालले नेपालको विकट समुदायमा वित्तीय सचेतना कार्यक्रमको...

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत २९ बिहीवार २३:३६

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको...

स्वास्थ्य बीमा भुक्तानीलाई सरल बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

स्वास्थ्य बीमा भुक्तानीलाई सरल बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

वि.सं.२०८० चैत २५ आइतवार २१:०१

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल

प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल

वि.सं.२०८० चैत २० मंगलवार २३:०६

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड...

बीमा अभिकर्ताको तालिम सम्पन्न

बीमा अभिकर्ताको तालिम सम्पन्न

वि.सं.२०८० चैत १९ सोमवार ११:१८

    काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा चार लिने...

नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा गर्यो लगानी व्यवस्थापन सम्बन्धी जानकारीमुलक कार्यक्रम

नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा...

वि.सं.२०८० चैत १६ शुक्रवार २१:१०

  काठमाडौं ।  नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा...