CG Electronics
IME Life
NIMB

प्रधानमन्त्री ओलीलाई राजिनामा नदिन सुझाव:योगश भट्टराई

NIMB
Himalayan Bank

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मन्त्री तथा स्थायी कमिटीका सदस्यहरुले उनलाई प्रधानमन्त्रीको पदबाट राजिनामा नदिन सुझाएका छन् । प्रधामन्त्री ओलीले आज बिहान आफ्नै निवास बालुवाटार बोलाएको बैठकका सहभागी नेताहरुले उक्त सुझाव दिएका हुन् ।

बैठकपछि संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगश भट्टराईले बैठकका सहभागीहरुले इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्न सुझाव दिएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै मन्त्री भट्टराईले बैठकका सहभागिहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन सुझाब दिएको उल्लेख गरेका छन् ।

त्यसैगरि पार्टीभित्र देखा परेको विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रम ओलीलाई बैठकका सहभागीहरुले सुझाब दिएका उनले जनाएका छन् ।

पार्टीभित्रको आन्तरिक कलह तर्फ संकेट गर्दै चिज साकारत्मक दिशामा जाने आशा रहेकोले प्रोक्सी वार बन्द गर्न उनले अनुरोध गरेका छन् । प्रधामन्त्री ओलीले बाँकी नेता र सदस्यहरुसँग पनि परामर्श गर्ने बताएको उल्लेख गर्दै नेता भट्टराईले त्यसलाई प्रधामन्त्रीको सकरात्मक कदम भनेका छन् ।

पार्टीको स्थायी समितिको मंगलबारको बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले बुधबार बिहानै मन्त्रीसहित केही नेताहरुलाई बालुवाटार बोलाएका थिए । दुवै पदवाट राजीनामा दिनुपर्ने माग उठेपछि प्रधानमन्त्री अफ्ठेरोमा परेका छन् ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...